Above News Title

‘चाइनाज इमरजेन्स इन नेपाल्ज इन्फ्रास्ट्रक्चर’ पुस्तक विमोचन

‘चाइनाज इमरजेन्स इन नेपाल्ज इन्फ्रास्ट्रक्चर’ पुस्तक विमोचन

नेपालमा चिनियाँ लगानीको इतिवृत्त समेटिएको ‘चाइनाज इमरजेन्स इन नेपाल्ज इन्फ्रास्ट्रक्चरः स्टाट्स, इस्सु एण्ड च्यालेन्जेज’ अर्थात् नेपालको पूर्वाधारमा चीनको उदयः स्थिति, समस्या र चुनौतीहरु पुस्तक शुक्रबार विमोचन भएको छ ।

पुस्तकका लेखकहरु तथा सरकारका पूर्व सचिवद्वय लालशंकर घिमिरे, दीपेन्द्रनाथ शर्मा, आइआइडिएसकी निर्देशक डा सुचिता प्याकुरेल, विश्व वैंकका बाहिरी मामिलाका पूर्व वरिष्ठ अधिकारी राजीव उपाध्याय, सेसिफका अध्यक्ष विजयकान्त कर्ण तथा सेसिफका अनुसन्धान सल्लाहकार अजयभद्र खनाल लगायतले  पुस्तक संयुक्त रुपमा लोकार्पण गरेका थिए । 

सेन्टर फर सोसल इन्क्लुजन एण्ड फेडेरालिज्म (सेसिफ)ले प्रकाशन गरेको पुस्तक अमिशराज मुुल्मी, अर्पण गेलाल, अनिल गिरी, रौनवसिंह खत्री र मिलन आचार्यले लेखेका हुन् ।

सो अवसरमा सेसिफका अध्यक्ष विजयकान्त कर्णले भने, ‘बीआरआई बारे धेरै दुविधा छ । चिनियाँ कन्ट्रेक्टर र नेपाली निर्णयकर्ताहरुको स्थानीय एजेन्टहरुबीचको सम्बन्धबारे नेपाली मिडियामा कहिलेकाहीँ आउँछ । तर, चिनियाँ कम्पनी र ठेकेदारहरुसँग नेपालले कसरी संलग्नता देखाएको छ यसबारे खासै अध्ययन भएको देखिएन । त्यही अध्ययनस्वरुप यो पुस्तकले पूर्णता पाएको हो ।’ 

६ अध्यायमा विभाजित नेपालको पूर्वाधार क्षेत्रमा चिनियाँ संलग्नताको डरलाग्दो पाटो तथ्यसहित पुस्तकमा विश्लेषण गरिएको छ ।

विश्वको बदलिँदो भूराजनीतिक परिस्थितिमाझ नेपालका छिमेकी चीन, भारतदेखि जापान, अमेरिका, बेलायत जस्ता मुलुकहरुले पूर्वाधारमा गर्दै आएको लगानीभित्र कसरी तिनको स्वार्थ गाँसिएका हुन्छन् भनेर पुस्तकमा समेटिएको पुस्तक लेखक मध्येका एक अमिशराज मुुल्मीले बताए ।

पुस्तक लोकार्पणसँगै पूर्व सचिवद्वय लालशंकर घिमिरे, दीपेन्द्रनाथ शर्मा, आइआइडिएसकी निर्देशक डा सुचिता प्याकुरेल, विश्व वैंकका बाहिरी मामिलाका पूर्व वरिष्ठ अधिकारी राजीव उपाध्यायसँग अजयभद्र खनालले नेपालमा बाह्य लगानीबारे छलफल चलाएका थिए । 

छलफलका बक्ताहरुले कुनै पनि राष्ट्रले विना स्वार्थ लगानी नगर्ने विचार व्यक्त गरेका थिए । संझौताको क्रममा लगानीकर्ताहरुले आफ्नो संविधान बढी च्यापेको तर नेपाल लगानी भित्र्याउने नाममा नतमस्तक हुने गरेको आरोप लगाए । 

प्रकाशित:

११४८ दिन अगाडि

|

१२ साउन २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३८ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७२ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८२ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३७ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८७ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४३ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७५ दिन अगाडि

|

२७ मंसिर २०७९