छोट खिस्साः डाई

छोट खिस्साः डाई

१४१४ दिन अगाडि

|

३० भदौ २०७९

संगीतकार सन्तोष श्रेष्ठको उपन्यास फरैना सार्वजनिक

संगीतकार सन्तोष श्रेष्ठको उपन्यास फरैना सार्वजनिक

१४१७ दिन अगाडि

|

२७ भदौ २०७९

गिनिज बुकमा रेकर्ड कायम गरेका संगीतकार सन्तोष श्रेष्ठको फरैना उपन्यास सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रमबिच अभिनेता राजेश हमाल, सांसद शान्ता चौधरी, गीतकार कृष्णहरि बराल, अधिवक्ता भीमार्जुन आचार्य तथा लेखक श्रेष्ठले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन् ।  लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय श्रेष्ठको यो पहिलो उपन्यास हो । थारु समुदायकी कमलरी महिलाले भोग्नु परेको समस्यालाई केन्द्रमा राखेर लेखिएको फरैना पढ्दा आफू रोएको सुनाइन् सांसद शान्ता चौधरीले । उनले भनिन्, ‘उपन्यास पढ्दै गर्दा मैले हरफ हरफमा आफ्नै चित्र भेटेँ, निरन्तर आँसु बगिरह्यो ।’ गीतकार कृष्णहरि बरालले उपन्यासमा मानवीय संवेदना र प्रकृतिको सुन्दर चित्रण गरिएको सुनाए । अभिनेता राजेश हमालले मान्छेका हरेक संवेदनाहरुको चित्रण उपन्यासमा गरिएको भन्दै फरैना उपन्यासबारे भने, ‘संवेदनालाई सरलीकरण गरिएको सुन्दर नमुना नै यस उपन्यासको विशेषता हो ।’ त्यस्तै संविधानविद् भीमार्जुन आचार्यले श्रेष्ठको उपन्यासको बनोट र बुनोट लोभलाग्दो भएको टिप्पणी गरे । लेखक सन्तोषले उपन्यासलाई आफ्नो संवेदनाको प्रतिरुपका रुपमा अर्थ्याउँदै भने, ‘मेरो मानसपटलमा लामो समयदेखि सल्बलाएको चेतनाले आख्यानको यो आकार ग्रहण गरेको हो ।’ इन्डिगो इन्कबाट प्रकाशित यो उपन्यासको मूल्य ३ सय ९९ रुपैयाँ राखिएको छ ।

लोककथाः हलो जोत्ने माछा

लोककथाः हलो जोत्ने माछा

१४१७ दिन अगाडि

|

२६ भदौ २०७९

रुम टु रिडद्वारा प्रकाशित कृष्णराज सर्वहारीको लोककथा हलो जोत्ने माछा एकादेशमा बनको किनारमा सानो झुपडीमा बुढाबुढी बस्थे । उनीहरूको सानो बारी र झुपडी बाहेक बाल बच्चा कोही पनि थिएन ।      एकदिन बुढीले भनिछे–  ‘सुन्यो बुढा, मेरो लागि हेल्का बुन्दिनु । म माछा मार्न जान्छु ।’ बुढाले भने – ‘हुन्छ हुन्छ, बुन्दिउला, सधैं पानीको झोल मात्रै ख्वाउँछे, बडो माछा मार्ने भा’की ।’ बुढिया च्याँट्ठिई– ‘फाटेको हेल्का भएपछि कसरी माछा मार्नु त ? ।’ यति भन्दै उनले हुक्का  तान्न थालिन् ।      बुढाले एउटा नयाँ हेल्का बुनिदिन्छ, आफ्नो बुढीको लागि । बुढी खुशी हुँदै खोलामा माछा मार्न जान्छे । तर दिनभरि माछा मारेर एउटा टेङना माछा मात्रै मार्न सकी । डोरी बाँट्दा बाँट्दै बुढीलाई आउँदै गरेको देखेर बुढाले सोध्छ – ‘खै खै तैले मारेको माछा हेरूँ, कति धेरै मा¥यो ।’ – ‘कहाँ पाउनु, एउटा टेङना माछा मात्रै पाएँ ।’ भन्दै बुढीले चटनी भए पनि बनाउनुप¥यो भनेर त्यो माछालाई मार्न थाली । अचम्म त्यो माछा करायो– ‘बुढी आमा, बुढी आमा मलाई नमार । मैले तिमीलाई मेरो कमाई ख्वाउछु ।’ – ‘तिमी माछाको जात के कमाई ख्वाउछौं’ भन्दै बुढीले त्यो माछा मार्न बुढालाई अह्रायो । जब बुढाले मार्न जान थाल्यो, माछाले फेरि बिन्ति बिसाउन थाल्यो– ‘बुढा बा, बुढा बा मलाई न मार । म तपाईहरूलाई साँच्चिकै कमाई ख्वाउछु ।  त्यसपछि बुढा बुढीले त्यो माछालाई नमारेर आफ्नो बच्चाझैं हुर्काउन थालेछन् ।  एकदिन माछाले बुढालाई भन्यो– ‘बुढा बा, बुढा बा मेरो लागि गोरू किनिदिनु र हलो बनाईदिनु । म हलो जोत्छु ।’ बुढालाई बिश्वासै लागेन र भन्यो – ‘तँ माछाको जात कसरी हलो जोत्न सक्छस् ?’ माछाले भन्यो– ‘जोती हाल्छु नि । पहिले सरजाम बनाई त दिनु ।’ बुढाले कुरा फाल्न नसकी पीरा र धौरा नामक गोरू किनिदियो र हलो पनि बनाइदियो । माछा खुशी हुँदै हलोमा गोरू नारेर जोत्न हिंड्यो । उ हलोको चरामा बसेर गीत गाउँदै हलो जोत्न थाल्यो । कोही मान्छे आयो भने खेतको हिलोमा कुदेर लुकिहाल्थ्यो । मान्छे टाढा पुगेपछि फेरि हलोको चरामा बसेर जोत्न थाल्थ्यो ।      सोही समयमा राजाले गाउँको खबर बुझ्नको लागि आफ्नो सिपाहीहरूलाई खटाएका थिए । मान्छे बिनाको आफै हलो जोती रहेको देखेर सिपाहीहरू दङ परेर भन्न थालेछन्– ‘आहा, कति सिपालु गोरू रहेछन्, बिना मान्छेको हलो जोतिरहेका छन् । हामीले राजालाई देखायो भने कति खुशी हुनेछन् ।’ यस्तै बिचार गर्दै उनीहरू गोरूलाई फुकाएर लैजान्छन् ।      ओठ बिगारेर माछा घर आउँछ । माछालाई बिना गोरूको देखेर बुढीले सोध्छे – ‘खै त बाबु गोरू, कहाँ गए ?’  माछाले सबै कुरा बतायो, अनि भन्यो – ‘बुढी आमा, बुढी आमा मेरो लागि सातु बनाइदिनु । म जान्छु गोरू खोज्न ।’ ‘माछाको जात कहाँ जान्छस् खोज्न ? भो न जा । उतै भुलेर हराउलास्, बरु अर्को हल गोरु किनौला ।’ बुढाले भने ।  माछा बुढाबुढीको अगाडि रिसाउन थाल्यो । यो देखेर बुढाले भने– ‘बनाई दे न त के भो । गोरू खोज्न जान खोजीरहेको छ भने जान दे । खोज्न सक्छ कि त हेरौं न ।’ माछा सातुको पोको पारेर गोरू खोज्न हिंड्यो । जाँदा–जाँदै एउटा नदीको किनारमा रहेको रूखको सित्तलमुनि पानीमा सुस्ताउन थाल्यो । त्यहीको रूखमा लागेको माहुरीहरूले सोध्छन्– ‘कहाँ जान लागेका छौ माछा दाई ? एकदमै निरास देखिन्छौ नि ?’  माछाले भन्यो– ‘अरे के भन्नु माहुरी भाई, मेरो पीरा र धौरा गोरू हराए । अनि म तिनीहरूकै खोजमा निस्केको छु ।’ माहुरीको नाइकेले भनि– ‘माछा दाई हामीलाई पनि लानुस्, हामी पनि जान्छौं नि तपाईलाई सघाउन ।’  माछाले खुशी हुँदै भन्यो– ‘ जाउँ त साथीहरू, एकबाट दुई भयौं भने झन राम्रो ।’ उनीहरू जाँदा–जाँदै एउटा रूखको छाहारीमा बिसाउन थाल्छन् । त्यहीबेला त्यही रूखमा लागेका बारूलाले सोध्छन् – ‘कहाँ जान लागेको माछा दाई ? एकदमै उदास देखिनुहुन्छ नि ?’  – ‘अरे बारूला भाइ मेरो पिरा र धौरा गोरू हराएका छन् अनि खोज्न हिंडेको ।’ उसले भन्यो । – ‘दाई हामीलाई पनि पर्खनुस, हामी पनि संगै जान्छौ ।’ संगै जान बारूलाहरू पनि तयार हुन्छन् । माछा अझ रमायो– ‘ जाउँ त दुईजना भन्दा तीनजना भयौ भने झन राम्रो ।  जाँदा–जाँदै एउटा नदीको किनारमा पानी खाएर बिसाउन थाल्छन् । झाडीमा रहेका सारा ( बारूलाझै बिषालु कीरा) हरूले सोध्छन्– ‘कहाँ जान लागेको माछा दाई ?’ माछाले फेरि त्यही उत्तर दिन्छ । अनि साराहरू पनि संगै जान तयार भैहाल्छन् । माछाले भन्छ – ‘जाऔं त भाइहरू तीनबाट चार भइयो भने झन राम्रो ।’     जाँदा–जाँदै उनीहरू राजाको शहर नजिकै पुग्छन् । शहरको किनारमा रहेको नदीमा एक धोबी राजाको कपडा धुन आएको हुन्छ । माछा बिस्तारै पानीमा पस्छ । माहुरी, बारूला र सारा त्यही नजिकै भएको रूखमा बस्छन् । जब धोबीले कपडा भिजाउन थाल्छ, त्यसैबेला माछा गीतको लयमा¬ बोल्छ–  ‘धोबी रे धोबी, रून्छस् कि धुन्छस् ? कि रूदै धुने ?  कि आफ्नै शहरको राजा बोलाउँछस् । यसै घाटबाट गरूँ लडाई’  कपडा भिजाउँदा भिजाउँदै धोबी रोकिन्छ, अनि मनमनै भन्छ – ‘आज को हो बोले जस्तो गर्छ ।’ अनि फेरि लुगा भिजाउन थाल्छ । अनि फेरि उही गीतरूपी आवाज गुन्जिन थाल्छ ।  गीत गाउने कोही नदेखेपछि धोबीले आफूले सुनेका सबै कुरा राजासमक्ष गएर भन्छ । अनि राजाले आफ्नो फौज तयार गरी बन्दूक, गोला बारूद बोकी त्यही ठाँउमा आँउछन् । राजाले लल्कार्छ – ‘को हो मलाई आज हेप्ने ? हिम्मत छ भने सामुन्ने आइज ।’ माछा बिस्तारै बोल्छ – ‘हजुरका सिपाहीहरूले मेरो गारू ल्याएका छन् । म ती गोरू लिन आएको । चुपचाप देऊ, होइन भने म लडेर भए पनि लैजान्छु । राजा फेरि पनि गर्जन्छ – ‘ल त आफ्नो शक्ति देखा । पठा आफ्नो फौज ।’ माछा हिम्मतको साथ बोल्छ– ‘तिमी चलाउ गोला बारूद कति शक्तिशाली छौ ?’ राजाले आफ्नो सिपाहीलाई आदेश दिन्छ । गोली पर्र पर्र चल्न थाल्छ । तर माछा काठको फट्के मुनि लुक्छ । उसलाई केही पनि हुँदैन । जब राजाको गोली सकिन्छ अनि बोल्छ– ‘अब छोड माछा आफ्नो फौजलाई ?’ शुरूमा माछाले माहुरीलाई छोर्छ । माहुरीले सिपाहीहरूलाई टोक्न थाल्छन् । त्यसपछि बारूलालाई पठाउँछ, बारूलाले पनि टोक्न थाल्छन् । सिपाहीहरू छटपटाउँदै यताउती भाग्न थाल्छन् । सबभन्दा पछि सारालाई छोर्छ, अनि सिपाहीहरू ढल्न थाल्छन् । राजा हार स्वीकारेर माछाको गोरू फिर्ता दिन्छ ।  माछा आफ्नो सबै साथीहरूसँग घर फिर्ता हुन्छ । बुढाबुढी गोरू सहित माछारूपी छोरालाई पाँउदा दंग हुन्छन् । टेङना माछा फेरि हलो जोत्दै खेतीपाती गर्न थाल्छ । र, बुढाबुढीलाई पाल्न थाल्छ ।  

टेँर्ह्वा हँर

टेँर्ह्वा हँर

१४१७ दिन अगाडि

|

२६ भदौ २०७९

खालि बटोल अस  कोच्क्याइल गाल  टुट्लि खट्यक डौँरि अस चट् चट् टुट भिरल हाँठक नस नम्ठोर्हि गौहोक छल्रा अस  गडौरि  पानी नि पाक डरार फाटल बर्खैह्या खेट्वाअस पौलि हुँकाहार अगहन मैन्हँम  खेट्वक मेर्वम  रौवन्या फुुुलल अस कपार बिन् चप्पलिक ग्वारा साइट हुँकाहार लुहाकिक हु हिन फट्लि कट्टु ओ झुुल्वा साइट जरावर किन्डिह सेक्ना किउ नि हुहिन मै सोच्ठुँ अप्नहँ अप्नहँ टर एकडिन भ्याँट हुइल म म्वार छावा अम्रिका बा काठ्मन्डुम घर बा  काजे कहल हुहि ? मेै यि बाट सोच्क फे  स्वाँच नि स्याकल रनहुँ एकडिन मै हुँकाहार घर गिल म उ मनैयाँ बगर्व ठे ठर्ह्याइल रलह ओ कहटलह म्वार जन्नि महिँ छोर्क गिलि लाल मोरै लिहे टभुन म्वार सङ्घर्या नि गिल म्वार छाई डमन्डोक घर गिल टभुन उ नि गिल म्वार छावा पटोइहेक पाछ लागल अम्रिका गिल टभुन यि  नि गिल काजे कि यि  म्वार म्वटु हो म्वटु जर्मलसे आस सम  कब्बु म्वार साठ नि छ्वारल हो मै रुइबेर रुइट यि  मै हाँसबेर हाँसठ यि मै सज्ना गाइबेर गाइट यि मै पानिम भिजबेर भिजठ मै घाम मुअबेर घाम मुअठ आस सम कब्बु म्वार सङ  नि लगम नि कहल हो काजे कि म्वार जात्तिक जन्नि, जात्तिक लर्का यिह हो यिहि आपनसे ढ्यार  मैयाँ बाटिस  म्वार हुइना ट म्वार छल्रा फे  टेरिकट लुगा आगिम परबेर  कोच्कोच्याइल अस कोच्कोच्याइल बा टभुन एक सुटा फे खियाइल नि हो टर उ म्वार लाक खियाइट खियाइट अख्रिनअस पाट्टिर हो रहल उ म्वार सङ्घर्या म्वार म्वटु महिसे आग ना जाए कठु  लाल मोरै लिहे काजे कि वाकर जस्ट  महि साठ डिहुइया वाकर ओत्रैह्यँ ढ्यार महि मैयाँ करुइया यि डुन्यँम किउ नि हो उ बुर्हाइल मनैयाँ बगर्वम ढरल  खख्खाइल  टेँर्ह्वा हँर  डेखैटि कहटलह ।

थुक्क, तिम्रो झोले जिन्दगी 

थुक्क, तिम्रो झोले जिन्दगी 

१४२६ दिन अगाडि

|

१७ भदौ २०७९

तिमी त सांसद भयौ रे दाजु  चिल्ला गाडीमा हिँड्छौ रे अचेल  तिम्रो भाई त हो नि थुनिएको म चिन्दिन भन्दै ढोल पिट्दै छौ रे अचेल  थुक्क, तिम्रो झोले जिन्दगी ।।। तिमी म हुर्के बढेको त गाउँ देहात नै हो नि दाजु  तर तिमीलाई त उही राजधानी शहरप्रति माया बढ्यो रे अचेल  सांसद हुनुअघि सबैलाई प्रणाम गर्दै हिँड्ने तिमी सांसद भएपछि तिमीलाई मात चढ्यो रे अचेल  थुक्क, तिम्रो झोले जिन्दगी ।।। म त पहिचानको लागि लडें थुनिएको छु कोठरीमा  मेरा छोराछोरी त भोकप्यासले एकापसमा लड्दै छन् रे अचेल  तिमीले त चाट्न सिक्यौ, ढोग्न जान्यौ, सांसद भयौ तिम्रा छोराछोरी त महंगा स्कुलमा पढ्छन् रे अचेल  थुक्क, तिम्रो झोले जिन्दगी ।।। तिमी त सांसद बन्यौ, आसेपासेले नोकरी पाए गाउँमा त तिम्रा गाउँले भाइहरु बेरोजगार छन् रे अचेल  अरुको ईशारामा नाच्छौ रे तिमी, बोल्यौ भने मालिकले भन्छ, तिमी जस्ता त फालाफाल छन् रे अचेल  थुक्क, तिम्रो झोले जिन्दगी ।।। न पहिचान दिलायौ, न त अधिकार पायौ  तिम्रो मुखमा त पैसाको बुजो लागेछ रे अचेल  धिक्कार छ तिमीलाई, तिम्रो दासी जिन्दगी  घर न घाटको हुँदै तिमी त, यताउता भाग्छौ रे अचेल  थुक्क, तिम्रो झोले जिन्दगी ।।।                            तिलोत्तमा नगरपालिका, रुपन्देही 

‘छुटि गइला नैहरके लोगे, छुटल सब नगरि’

‘छुटि गइला नैहरके लोगे, छुटल सब नगरि’

१४२७ दिन अगाडि

|

१७ भदौ २०७९

भावुक मुद्रामा ‘मनके मजा लागल बा । खुसि बटुँ । अट्रा भारि–भारि मनैन्से भेट हुइ पैलुँ । ढेर मनैन्से चिन्हजान हुइल । बहुट मजा लागल बा हजुर !’ । मै लिखल पह्रल नै हुँ, ... !      यी माथिका शब्द हुन्, कार्यक्रममा सम्मानित व्यक्तित्व ६० वर्षीय निर्मला चौधरीका । उहाँ दाङदेउखुरी गढवा गाउँपालिका–२, महदेवाकी वासिन्दा हुनुहुन्छ । एघार वर्ष पार गरी १२औं वर्ष प्रवेशको अवसरमा ‘लावा डग्गर’ त्रैमासिक पत्रिकाको प्रकाशक संस्था थारू भाषा तथा साहित्य संरक्षण मञ्च दाङले २०७७ फागुन ८ गते उहाँलाई सम्मान गरेपछि, आप्mनो मन्तव्यमा अरुलाई धर्धरी रुवाउने गरी माथिका कुरा बोल्नु भएको थियो । नौलो सुरुवात      कार्यक्रमका लागि थारू कल्याणकारिणी सभा रातोडाँडा लमही देउखुरीको सभाहलमा बिहान ११ बजे बोलाइएको थियो । पूर्व रूपेन्देहीदेखि पश्चिम कैलाली–कञ्चनपुरसम्मका पाहुना एवं सहभागीहरूको उपस्थितिमा ढिलो गरी कार्यक्रम सुरु भयो । ब्यानरको अगाडि मञ्चमा चारवटा मात्र कुर्सी राखिएको थियो । हाम्रो चलन अनुसार लाग्थ्यो, सभा अध्यक्ष, प्रमुख अतिथि र दुईजना विशिष्ट अतिथिलाई मात्र मञ्चमा बसालिने योजना रहेछ । तर त्यसो होइन रहेछ ।      कार्यक्रम सञ्चालक लावा डग्गरका सह–सम्पादक रामप्रकाश चौधरीले प्रधान सम्पादक छविलाल कोपिलालाई सभाअध्यक्षको आसन ग्रहण गराउँदा उहाँ प्mलोवर मै बस्नु भयो । प्रमुख अतिथिलाई यथास्थानमा आसन ग्रहण गराएपछि मैले बुझिहालेँ, कि ती कुर्सीमा पुरस्कृत स्रष्टाहरूलाई बसालिने रहेछ, त्यसै गरियो । पुरस्कृत युवा गायक दोषहरण चौधरी सोही दिन काठमाडौंमा कार्यक्रम भएको कारण उपस्थित हुन नसकेको जानकारी गराइयो । कार्यक्रमको सुरु      अध्यक्षले स्वागत मन्तब्य र कार्यक्रमबारे जानकारी गराएपछि सिधै पुरस्कार तथा सम्मान वितरण गरियो । पुरस्कृत बर्दियाका युवा साहित्यकार सोम डेमनडेउडा र कैलालीका सीताराम चौधरीले कृतज्ञता मन्तब्य दिएपछि पुरस्कृत युवा गायक बसन्ती चौधरीको सुरिलो स्वरले हल नै जुरुक–जुरुक बनायो ।      अबको पालो थियो अग्रज गायक निर्मला चौधरीबाट सजना र माँगर गीत सुन्ने । सम्बोधन बिना नै सुरुमा उहाँले ‘मै मजासे बोले नै जान्ठुँ, जे जसिन बोल्बुुँ, मजेसे बुझडेबि कना अर्जि बा’ भन्नु भयो । बोल्दै जाँदा गीत गाउनु पूर्व, ‘हमार डाइ–बाबा लिखल पर्हल नै रहिँट, ओस्टक हम्र फे लिखाइ पर्हाइ स्कुल नै पठैलाँ । मैं पर्हल रहटुँ टे गिट लिखके ढरटुँ, बेन मुटुमे (छातीमा हात राख्दै) लिख्के ढर्लक एक डुइठो गिट सनाइ जाइटुँ’ भनेर अँह...भन्दै गला सफा गर्नु भयो । निर्मलाले सजना सुनाउन थाल्नु भो, ....      हरे, भुखे पियासे काम करलि रे,      खखला बखला पसना      चाहे कोहि माने न माने      ढरटि बटाँ साँछि ।      हरे, बाबा छुटल महटरिया न रे      छुटल भाइ–बहिनि      हरे छुटि गइला नैहरके लोगे      छुटल सब नगरि ।      उता युवा गायक बसन्ती भने धर्धरी रुनु भयो । पुरस्कृत हुँदा ओढाएको दोसल्लाले आँसु पुछ्दै सुँक्क, सुँक्क धेरैबेर भावुक बनेर अगाडि हेर्नै सक्नु भएन । सजनाको एक टुक्रापछि निर्मलाले फेरि विगततिर फर्कदै त्यो बेलाको भाषा, साहित्य, कला, संस्कृति, परम्परा, दैनिकी र साथीसंगीबारे चर्चा गर्न थाल्नु भयो, यसले बसन्तीलाई मात्रै होइन, सबैलाई भावुक बनाएको थियो ।                                                                       गायिका बसन्ती चौधरीलाई पुरस्कार दिदै साहित्यकार कृष्णराज सर्वहारी फेरि माँगरको एकटुक्रा गीत सुनाएर एउटा सूर्यले संसार उज्यालो बनाउँछ, तपाईं हामी सबैको मन सधैँ यस्तै उज्यालो रहिरहोस् शुभकामना ‘डेहटि विडा मागटुँ, जय गुर्बाबा’ भनेर बिसाउनु भयो । पूर्व घोषित वक्ताहरू      अनुसन्धाता उदयराज आलेले थारू भाषाको शब्दकोश निर्माणमा मौलिक शब्दहरू संकलनमा गरिएका अनुभव, विशिष्ट अतिथि सुशील चौधरीले थारू भाषामा साहित्य र प्रमुख अतिथि डा.कृष्णराज सर्वहारीले थारू भाषामा पाठ्यपुस्तकको बारेमा बोल्ने भनेर जानकारी गराइएको थियो ।      सोहीअनुसार विगत चार वर्षदेखि शब्दकोश सम्पादन गर्दै आउनु भएका आलेले शब्द संकलन, उच्चारण, क्षेत्रगत प्रभाव, स्वर, वर्ण, आयातित र अन्य भाषाको बोलीमा मौलिक ठेट थारू शब्दको खोजीबारे चर्चा गर्नु भयो । जस्तै थारू गीतमा बढी प्रयोग हुने ‘अलबेलि’, आम प्रयोगमा आउने ‘नमस्कार, अंग्रेजीमा बोलिने गुडबाइ’ लगायतका शब्दको थारुमा प्रयोग बारेमा जानकारी गराउनु भयो ।      सुशील चौधरीले नेपाली (सिंजाली), मैथिली, अवधिपछि थारू भाषा भनिए पनि क्षेत्र र जनसंख्याको हिसावले थारू भाषा दोस्रोमा पर्दछ । केही भाषाहरू निश्चित क्षेत्रमा मात्र बोलिन्छ तर थारू भाषा मेचीदेखि महाकालीसम्मका तराई भागमा बोलिन्छ भन्नुभयो ।      थारू भाषाको साहित्य वृहत् छ, यसको समालोचनात्मक समीक्षा हुन सकेको छैन, यही नै हाम्रो कमजोरी रहेको छ । हजारौं वर्षदेखि बोलिदै आएको थारू भाषा अझै कामकाजी भाषा बन्न नसक्नु दुःखको कुरा हो । जेठो पुस्ता सकिदै जाने र लिपि गरेर राख्न नसक्नु कमजोरी रह्यो । त्यसैले आज हाम्रो पुस्तामा ठूलो जिम्मेवारी आएको छ भन्दै शब्दकोश निर्माण गर्नु, मानक बनाउनु, खोज अनुसन्धानमा लाग्न अब ढिला गरिनु हँुदैन भन्नु भयो ।      डा.कृष्णराज सर्वहारीले पुरस्कृत स्रष्टाको चर्चा गर्दै वि.सं २०२८ सालदेखि नै हाम्रा अग्रजहरूले ‘गोचाली’ पत्रिका मार्फत थारू भाषाको संरक्षण, प्रवर्धन र विकासमा लिखित रूपमै सुरु गर्नु भएको थियो । उहाँहरूप्रति हाम्रो सम्मान छ भन्नु भयो । आज ५० वर्ष पुग्दासम्म पनि हामीले थारू भाषा कामकाजी भाषा बनाउन सकेनौ । यसमा दोहोरो समस्या देखिएको छ । स्थानीय सरकारले कार्यान्वयन नीति बनाउन नसक्नु र कार्यालयमा थारू कर्मचारीको पहुँच नपुग्नु नै अहिलेको समस्या हो भन्दै यसका लागि स्थानीय सरकारसंग परामर्श गरेर यसै शैक्षिक सत्रदेखि लागु हुनेगरी साथीहरू पाठ्यपुस्तक तयार गर्न जुट्नुहोस्, मेरो पूर्ण सहयोग रहने छ भनी भाषा साहित्यको क्षेत्रमा लागेका युवाहरूलाई सुझाव दिनुभयो । रचना वाचन र शुभकामना मन्तब्य प्रमुख अतिथिको मन्तब्यपछि रचना वाचन र शुभकामना मन्तब्य सुरु भएको थियो ।      माटो पोलेपछि लाल बन्छ,      धागो बुनेपछि जाल बन्छ,      राम्ररी प्रयोग गर्न जान्यो भने,      कलम पनि बन्दुकको नाल बन्छ ।      कैलालीका युवा कवि जीतबहादुर चौधरी ‘ट्रासन’ले झट्का दिने खालको मुक्तक वाचन गर्नु भयो । त्यसै गरी देउखुरीका सूर्यराज गौतम, सल्यानकी मीना खड्का, रूपन्देहीका केवलप्रसाद थारू, कैलाली, गदरियाकी लक्ष्मी राना थारू, हिमलाल चौधरी लगायतले मीठा र मर्मस्पर्शी रचना वाचन गर्नु भयो ।      रूपन्देहीका बमबहादुर चौधरीले नवलपरासी, रूपन्देही र कपिलवस्तु तीन जिल्लालाई समेटेर आपूmले थारू भाषा शब्दकोश लेख्दै गरेको जानकारी दिनु भयो । आख्यानकार शेखर दहितले हाम्रो घर नै पहिलो विश्वविद्यालय हो, हाम्रा बाजे बज्यै शिक्षक हुन्, उहाँहरूले दिएको शिक्षा हामीले लिपिबद्ध गरेर राख्न नसक्नु हाम्रो कमजोरी हो भन्नु भयो ।      उद्घोषकले समय छोट्याउन २ मिनेट घोषणा गरे पनि थारू कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीले ४० मिनेट खर्चेर मुख्य मन्त्रीदेखि मेयरसम्मको चर्चा गर्दै थारू भाषालाई कामकाजी बनाउन ६ महिना नगरपालिकालाई स्वयमसेवक थारू कर्मचारी दिन्छौ भन्दा पनि काम हुन सकेन भन्ने पीडा पोख्नु भयो । त्यस्तै थाकस देउखुरी क्षेत्रका सचिव बालगोविन्द चौधरीले विगतमा ‘मधेस एक प्रदेश’ रोक्न भूमिका खेलेको चर्चा गर्दै अब छिटै थाकस देउखुरीबाट तीन भाषामा थारू शब्दकोश सार्वजनिक गरिने जानकारी दिनु भयो ।      शुभकामना मन्तव्य दिनु हुनेहरू छन्द कवि गंगानाथ कोइराला, राप्ती साहित्य परिषद दाङका उपाध्यक्ष नगेन्द्र गुरु, प्रलेस पूर्व केन्द्रीय सदस्य रामप्रसाद जैशी, देउखुरी साहित्य मञ्चका हरि पोख्रेल र भक्ति थापा स्मृति प्रतिष्ठान दाङका अध्यक्ष नीमबहादुर थापा लगायत हुनुहुन्थ्यो । मलाई दुई मिनेट त लागेन होला ! मैले बोलेको यत्ति हो, शब्द पनि यिनै हुन्– सम्पूर्णलाई एकमुस्ट हार्दिक अभिवादन गरें, सम्मान गरें, १२औं वर्ष प्रवेशको अवसरमा लावा डगर पत्रिकालाई बधाई छ, शुभकामना, पुरस्कृत र सम्मानित पाँचै जनालाई हार्दिक बधाई एवं शुभकामना छ ।      अन्तिम वक्ता हुनुहुन्थ्यो राप्ती साहित्य परिषद केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनाल । उहाँको भनाइ थियो, कार्यक्रममा नयाँ प्रयोग राम्रो लाग्यो । ‘क’ वर्गको लावा डगर पत्रिकाले थारू भाषा तथा साहित्य संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने छ । भाषा बचाउने सबैभन्दा ठूलो माध्यम जनजिब्रो नै हो । थारू विद्यार्थीहरूलाई आप्mनो भाषा बोल्नमा निरुत्साहित होइन, उत्साहित गराउनमा शिक्षक वर्गको महत्वपूर्ण भूमिका रहन्छ । यसरी उहाँको सम्बोधनपछि कार्यक्रम समापन भयो । र, अन्तमा कार्यक्रमपछि मैले सोधें, ‘बसन्ती छोरी ! निर्मला बहिनीले मन्तब्य दिंदा तिमी किन रोएको ?’      बसन्तीले भनिन्, ‘उहाँ अन्टीले बोलेका कुराले मन छोयो, उहाँले पढ्न नपाएको पीडा व्यक्त गर्नु भो । समय र प्रविधिको प्रयोग गर्ने ईच्छा त सबैलाई हुँदोरहेछ नि । आखिर समयले कसलाई पख्र्यो र यिनै भावनाहरू मेरो मनमा भूमरी खेल्न थाले र मैले आप्mनो मनलाई थाम्नै सकेन अंकल ।’      निर्मलाको भावले यसो भन्थ्यो, समयले आफूलाई धेरै पछाडि छाडिसकेको छ । अहिले लेखिएका बोलिएका शब्द, भाव, विचार, गीत, गायन जे पनि सुरक्षित रहन्छन् । स्रष्टाको मुखबाट निस्क्यो कि कहीँ न कहीँ कैद भइहाल्छ । कलमले कापीमा कोर्यो कि कहीँ न कहीँ लिपिवद्ध भइहाल्छ । तर पहिले हाम्रो पालामा जे थियो, मनमा हुन्थ्यो । जे थियो मनबाट निस्कन्थ्यो । त्यसैले, त्यस्ता मान्छेहरू आफू मात्रै मर्दैनन्, उनीहरूसंगै हाम्रो भाषा, साहित्य, कला र संस्कृति पनि मरेर जान्छ । अतः आजको पुस्ताले यसलाई संरक्षण गरेर बचाइराख्नु आजको आवश्यकता हो । सम्मानित बहिनी निर्मला चौधरीका शब्द सापटी लिएर राख्दै बिट मार्न चाहन्छुः      ‘जस्टके एकठो सुरज संसार ओज्रार कराइठ, ओस्टके अपने ओ हम्रे सक्कुजन्हनके मन ओज्रार रहल करे, सुभकामना डेहटि विडा मागटुँ ।’ लावा डग्गर त्रैमासिक पूर्णाङ्क–४५ बाट

एक ‘ननभर्जिन केटी’ को ‘निसाफ’ सार्वजनिक

एक ‘ननभर्जिन केटी’ को ‘निसाफ’ सार्वजनिक

१४२८ दिन अगाडि

|

१५ भदौ २०७९

धनगढी   आफ्नो एक लेखमार्फत आफूलाई ‘नन भर्जिन केटी’को रुपमा चित्रित गरेकी कैलालीकी पत्रकार कालीमैया चौधरी (उन्नती)ले नयाँ कृति सार्वजनिक गरेकी छिन् । आफ्नो लेखहरुको संग्रह ‘निसाफ’ एक कार्यक्रमकाबीच बुधबार सार्वजनिक गरेकी हुन् । सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिष्टार एवं शिक्षाविद डा. हेमराज पन्तको प्रमुख आतिथ्यता तथा नाष्ट कलेज धनगढीका प्रवन्ध निर्देशक शिवहरि मुडभरिको विशिष्ट अतिथ्यमा सो पुस्तक विमोचन गरिएको हो । कैलालीको कैलारी गाउँपालिका घर भइ २०६४ देखि पत्रकारितामा क्रियाशील उनको यो पहिलो कृति हो । १६९ पृष्ठको पुस्तकल पाँच अध्यायमा छ । यसमा २५ वटा लेख तथा फिचर स्टोरी संकलित छ । म ननभर्जिन केटी, एक पिस योनी हुनुको सकस, कोही किन बर्बाद होस्, टीकापुर आएर त हेर, संस्कृतिमाथिको खेलवाड, मृत्यु पर्खदाको त्यो क्षण, सीमाले दिएको चोटलगायत केही मुख्य लेख यसमा समेटिएका छन् । पुस्तकवारे टिप्पणी गर्दै शिक्षाविद पन्तले यो पुस्तकमार्फत् लेखिकाले आफ्नो जीवन भोगाइ, समाज हुने हिंसालाई निसंकोच बाहिर ल्याएको बताए । समाजशास्त्र अध्ययरनत विद्यार्थीहरुका लागि पुस्तक प्रभावकारी सन्दर्भ सामग्रीको रुपमा रहेको उनले औंल्याए । यसैबीच पुस्तककी लेखिका चौधरीले पुस्तकमा समावेश केही लेख आफ्नो जीवनको भोगाइ रहेको समेत बताएकी छिन् । केही काल्पनिक विषयवस्तुरहेको बताउँदै उनले केही खोजी स्टोरीहरु रहेको उल्लेख गरेकी छिन् ।