चेपाङ बस्तिमा चिसिंदा

चेपाङ बस्तिमा चिसिंदा

१३०३ दिन अगाडि

|

१९ पुष २०७९

आध्यात्मिक प्रेम  

आध्यात्मिक प्रेम  

१३०५ दिन अगाडि

|

१७ पुष २०७९

प्रेममा मन कस्तो हुन्छ ? सिमलको भुवाजस्तै कोमल हुन्छ  नदीको पानीजस्तै कञ्चन हुन्छ  समुद्रको छालजस्तै तरंगित हुन्छ  हिमालबाट बहेको वायुजस्तै शीतल हुन्छ  मन त समयजस्तै हो  कुनै सिमाना हुँदैन  ब्रह्माण्डमा डुल्दछ आकाशमा दौडिन्छ शून्यतामा पौडिन्छ  वायुसँगै बग्दछ बर्षासँगै बर्सिन्छ  स्वच्छ र निर्मल हुन्छ  त्यही मनले प्रेमको लहर बनाउँदछ  त्यही लहरले पात्र खोज्दछ त्यही प्रेम प्रसारित हुन्छ तिमी र ममा  अनि, समयको चक्रकै बीचमा त्यही प्रेमले तन र मनको  सम्पूर्ण अस्तित्व एकाकार गरी  शून्य बनाइदिन्छ  तन बिछोडिएपनि मनको प्रवाहमा  जीवन्त बनेर प्रेम प्रवाहित भइरहन्छ  प्रिय,  तिमी साँच्चिकै निर्दयी बनिदिएको भए हुने तिम्रो प्रेममा अलिकति अधूरोपन  बाँकी राखिदिएको भए हुने नि  तनले त्यागेर गएपनि  अन्तरहृदयको गहिराइबाट  चुपचाप प्रेम प्रवाह गरिरह्यौ दूर क्षितिजबाटै पनि  मौनरुपमै तिमीले प्रेम गरिदियौ  त्यही प्रेमको लयमा  हामी एक भइरहेका रैछौँ नि  हेर त प्रिय,  युगौँको बिछोडमा तनले  उमेरको आफ्नो प्रकृति छोडेन  समयको चक्रमा पुलुक्क हेर्दै तिम्रो प्रेमीको तन बिसर्जित हुने आशामा  पर्खेर बसेका जीवले  अब के खालान् त ?  चिहान खनेर पनि के पाउलान् र ?  अग्निमा जलेर धुँवा बनी बहँदा पनि  वायुका जीवले केही नपाउने भए नि .  भौतिक अस्तित्व समाप्तिमा  आफ्नो जीवनको आधार बनाउने  धमिरा र कमिलाको भाग पनि बाँकी नराखीकन  मनले नै रित्याइदियौ तिमीले  ती आशाले हेरिरहेका नजरलाई निरास पार्दैै  सम्पूर्ण अस्तित्व खिचिदियौ तिमीले .  गिद्ध बलियो छ  स्यालहरु फूर्तिला छन्  हुँडारहरु कुइँकुइँ गरिरहेकै छन्  किराहरु सकपकाइरहेकै छन्  आफ्नो भाग आउने आशामा  तर ती सबैलाई तिमीले  निरास बनाइदिएकी छौ प्रिय   प्रिय,  तिम्रो ममताको मापन नै छैन  तिम्रै प्रेममा लीन भएर  तिम्रै प्रेममा बिलीन भएर  शून्य आकाशमा मनलाई डुलाइरहेको छु  धर्तीमा आशा गरेर बसिरहेका जीवलाई  निराश पारेर .  प्रिय,  तिम्रो प्रेमको प्रचण्ड रापले  हाड मक्किइसकेको छ  छाला चाउरिइसकेको छ  मांस डढिसकेको छ  नशा सुकिसकेका छन्  मस्तिष्क खुम्चिइसकेको छ  जीवन अस्तित्व मेटिइरहेको छ  अनन्त यात्रारम्भ अगाडि  दुई अस्तित्वको पुनर्मिलनको आशामा तिम्रा क्षितिजतर्फ हेर्दै नजरहरु पर्खिरहेका छन्   अब एकपटक फेरि फर्केर आऊ भो प्रिय,  अनन्तमा प्रस्थान हुनु अगावै अँगालोमा लपेटिएर  अनन्त आकाशमा कावा खाँदै  प्रेममा लीन हुन ।

छोराको जन्मदिनमा रेशम चौधरीको कविता ‘आभू तिम्रो जन्मदिनमा’

छोराको जन्मदिनमा रेशम चौधरीको कविता ‘आभू तिम्रो जन्मदिनमा’

१३०७ दिन अगाडि

|

१६ पुष २०७९

रेशम चौधरी तिमी आएपछि संसार उज्यालो भयो रात बिलाएर गयो सूर्य उदाएर आयो बिस्तारै किरणहरु पुञ्जभै फक्रिदै जाँदा आकाश मात्रै खुलेन, चरा चुरुङ्गीको चिरविराहटले जग गुञ्जायमान भएर आयो हामी मुस्कुरायौँ  तिम्रो बालसुलभ रुवाइमा कोख साटासाट गर्दै काखमा तिमी खिलेको क्षण स्वप्न स्वप्न झैँ रहेन स्वर्गानुभूतिको रस्स्वादनमा हामीले भरपूर रसपान गर्‍यौं – आभू, तिम्रो जन्मदिनमा नरुच्ने केही थिएनन् नपच्ने केही थिएनन् अमृतझैँ मानेर घुटुघुटु दूध पिउँथ्यौ तिमी पिठो होस कि लिटो कपाकप कुपुकुपु खान्थ्यौ तिमी सन्तोषले सातु खाएर होला तिमी मोटु बनेर गोलु कहलियौ बडेमान अजीव अजङ्गको गोलुलाई तिम्री आमाले गुन्द्रीमा बसाइदिँदा तिमी ढुनमुन्न भै पछारिन्थ्यौ पछारि“दा पनि नरुने गोलु देखेर हामी पेट मिचिमिचि हाँस्थ्यौँ आज जेलको एकान्तले यही सम्झिरहेछुँ – आभू, तिम्रो जन्मदिनमा हामी जन्मिदा जन्मदिन मनाउने चलन थिएन केक त कलेज पढ्दा मात्रै खाइएको हो तर तिम्रो जन्मदिन हाम्रा लागि हर साल उत्सव बनेर आउँछ एकदिनको भएपनि पर्व बनेर आउँछ संयोग यस्तै भो एकवर्ष तिमी दुईसालको थियौ क्या रे ! फूलवारी महोत्सवको उमङ्गमा कलाकार बाटिकाभित्र बरिष्ठ कालकार नीर शाह, कवि राजेन्द्र थापा, द्वन्द्व निर्देशक राजेन्द्र खड्गी महानायक राजेश हमाल, नायक आर्यन सिग्देलको बीचमा तिम्रो जन्मदिनको केक काट्ने सुरसार गर्दैथियौँ हामी रन्जिता र म आतिथ्यका लागि कतै अलमलिएको बेला मैनबत्ती नबुताई, तारतम्यै नगरी अगाडि राखेको केक बाल अन्जानले तिमी कपाकप खाइदिँदा मज्जाले हाँसेका थियौँ हामी आज त्यही सम्झेर डिल्लीबजार जेलमा खितखितिइ रहेको छुँ म – आभू, तिम्रो जन्मदिनमा एक विहानी मर्निङ वाकमा टीकापुरको खड्ग चोकमा अचानक ढल्यौ तिमी श्रावणको महिना झरिले हिलाम्यै बाटोमा लड्दा सकि नसकि समिपको अस्पताल पुर्‍यायाएँ तिमीलाई डाक्टरको प्रतिकृया आयो जत्ति छिटो नेपालगञ्ज लैजाउ आमाको कोखमा छटपटाउँदै तिमीले फुस्रो आँखा लगाउँदा हामी बाटोभरी डाँको छोडी–छोडी रोयौँ कुल देवता, इष्ट देवता, भएभरका देवता पुकार्‍यौँ त्यस भयङकर दिन दैवले पनि भयङकरै परीक्षा लियो, हामीसँग श्रावणको भेलले बर्दिया राष्ट्रिय निकुञ्ज भेलमय थियो त्यो भेलको भङ्गालोमा तिमीलाई कोखमा बोकेर तार्ने शक्ति कहाँबाट आयो कुन्नी ? ईश्वरको भरोसामा अस्पताल पुर्‍याउँदा एक इन्जेक्सनले तिमी तङ्ग्रिएको सम्झिँदा आजपनि सिरक गुटुमुटु पारेर भक्कानिन्छु – आभू, तिम्रो जन्मदिनमा समयको हुण्डहरुले झेल गर्‍यो तिमी काठमाण्डौं रह्यौ, म प्रवासमा लागेँ तिम्रो मागका अगाडि नतमस्तक हुने मेरो बानी थाहा भएरै यतैबाट एकदिन आफ्नो जन्मदिनको फर्माइसमा साइकल माग्यौं प्रवासमा पनि तिम्रो वचन मैले कसरी टार्न सक्थेँ र ? थाहा छ आभू ? तिम्रो त्यो साइकल उपहार प्राप्तिका लागि मैले कति गुहारेँ ? कति साथीसँग हातपाउ जोडेँ ? अन्ततः त्यो पुकार पनि मेरा दयालु मित्रले सुने र तिम्ले साइकल पायौ जन्मदिनको उपहारमा पाएको साइकल कुदाएको भिडियो पठाउँदा दिल्लीमा म कति भावुक भएँ – आभू, तिम्रो जन्मदिनमा आज म निर्दोष भएपनि सदरखोरमा छुँ तिमी कहिलेकाहीँ आउँछौ बाबा ! घर जाउँ भन्छौ म जेललाई होष्टल भनेर ढाँट्छु पढाइ सिद्धियो भने आउँछु, भन्छु कहिलेकाहीँ त बाबासँगै सुत्छु भन्छौ फकाइ फुल्याइ पठाउँछु पठाएपछि तिम्रा ममत्वले कत्ति छाती चिरिन्छ, थाहा छ ? जेलको जीवन न हो न डाँको छोडेर रुन सक्छुँ न हात समाएर तिमीसँग हिड्न सक्छुँ आखिर एक बाउ न हुँ ईश्वरसँग सदासर्वदा एउटै प्रार्थना गर्छु“ प्रभु ! दशरथ भएर मर्न नपरोस् यसपालीको तिम्रो जन्मदिनमा पनि ताली बजाउन पाइन हेप्पी बर्थ डे आभू भन्न पाइन पुस्तक बेचेको पैसा थोरै सँगालेर पठाइदिएको छुँ उपहार आफै किन्नु छोरा- आभू, तिम्रो जन्मदिनमा आशीर्वाद सदा कुशल, सक्षम रहनु धर्तीमा जुनी रहेसम्म इच्छाएका मनोकामना पूरा होस् आफूले सधैं चिताएसम्म दुबो झैँ जीवन होस् बेली झैँ सुगन्ध फैलोस् जन्मदिनको शुभकामना आभूषण तिमीलाई म, मेरो जुनी यस जगमा रहेसम्म ! शुभकामनाका लावा बनुन् मेरा यी अक्षर- आभू, तिम्रो जन्मदिनमा सुख शान्ति समृद्धिको सदा आगमन होस्- आभू, तिम्रो जन्मदिनमा !! सदरखोर, डिल्लीबजार, काठमाडौं  

७ औं राष्ट्रिय थारु साहित्य सम्मेलन बाँकेको फत्तेपुरमा हुने

७ औं राष्ट्रिय थारु साहित्य सम्मेलन बाँकेको फत्तेपुरमा हुने

१३११ दिन अगाडि

|

१२ पुष २०७९

७ औं राष्ट्रिय थारुसाहित्य सम्मेलन बाँकेको राप्ती सोनारी गाउँपालिका–६, फत्तेपुर सिधन्वामा हुने भएको छ ।  थारु लेखक संघ नेपालले थारु गोचाली समाज फत्तेपुर, बाँकेको सहकार्यमा आगामी माघ २०, २१ र २२ गते ३ दिने राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो ।  यस बर्ष बाँकेमा राष्ट्रिय सम्मेलन हुने भएपछि साहित्यमा रुझान रँखने बाँकेका थारु युवाहरु उत्साहित भएका छन् । राष्ट्रिय सम्मेलनको लागि सहआयोजक थारु गोचाली समाज फत्तेपुरले विभिन्न चरणमा तयारी बैठक थालेको छ । यसै क्रममा थारु गोचाली समाजका अध्यक्ष देखलाल थारुको अध्यक्षतामा शनिबार बसेको बैठकले थारु राष्ट्रिय साहित्य सम्मेलन आयाजेनाको मिति तय गर्नुका साथै सम्मेलनका लागि विभिन्न तयारी समिति गठन गरी जिम्मेवारी बाँडफाँट गरेको छ ।  थारु लेखक संघका सदस्य शेखर दहितको संयोजकत्वमा प्रस्तावना तयारी समिति, गोविन्द दहित चौधरीको संयोजकत्वमा ब्यवस्थापन समिति, सोमनाथ थारुको संयोजकत्वमा स्वागत सत्कार समिति, कालुराम थारुको संयोजकत्वमा समन्वय तथा सहकार्य समिति, सुन्दरलाल थारुको संयोजकत्वमा आर्थिक संकलन समिति, सुनिता थारुको संयोजकत्वमा साँस्कृतिक समिति गठन गरिएको थारु गोचाली समाजका महासचिव कालुराम थारुले जनाए ।  सम्मेलनमा झापादेखि कञ्चनपुर सम्मका थारु साहित्यकारहरुको सहभागिता रहने थारु लेखक संघ नेपालका केन्द्रीय सदस्य तथा जंग्रार साहित्यक बखेरीका केन्द्रीय अध्यक्ष सोम डेमनडौराले जानकारी दिए । सम्मेलनमा विभिन्न विधाका साहित्य वाचनसँगै सम्मेलन आयोजना हुने जिल्ला तथा स्थानीय स्तरको एजेण्डालाई विशेष प्राथमिकता दिएर ब्यापक बहस, प्यानल छलफल गरिने उनले बताए ।  ७औं राष्ट्रिय थारु साहित्य सम्मेलनमा समग्र बाँके जिल्ला र राप्ती सोनारीको मुख्य समस्या तथा समाधानको उपाय, शिक्षाको अवस्था, बरघरहरुको एजेण्डा, नयाँ जनप्रतिनिधिहरुको कामको प्राथमिकता लगायतका विषय उठान गर्न सकिने बखेरीका अध्यक्ष डेमनडौराको सुझाव थियो ।  तयारी बैठकमा थारु लेखक संघ नेपालका केन्द्रीय सदस्यद्वय शेखर दहित, बालिका चौधरी, सम्मेलनका संयोजक लक्ष्मी चौधरी, सहसंयोजक श्रीदेवी थारुलगायत स्थानीय युवाहरुको सहभागिता थियो । थारु लेखक संघ नेपालले प्रत्येक बर्ष फरक फरक जिल्लामा आयोजना गर्दै आएको राष्ट्रिय सम्मेलन सम्बन्धित जिल्लाका थारु समुदायसँग सम्बन्धित संस्था, क्लव तथा समूहलाई स्थानीय स्तरमा आयोजक तथा ब्यवस्थापनको जिम्मा दिने गरेको छ । यसमा प्यानल छलफ, संयुक्त रुपमा पुस्तक विमोचन, पुस्तक मेला, साहित्यकारहरुलाई पुरस्कार, सम्मान प्रदान गरिन्छ ।  दाङको घोराहीमा २०७३ सालमा पहिलो राष्ट्रिय थारु साहित्य सम्मेलन गरी कृष्णराज सर्वहारीको अध्यक्षतामा थारु लेखक संघ नेपाल गठन गरिएको थियो । दोस्रो राष्ट्रिय थारु साहित्य सम्मेलन कैलालीको पटेला, तेस्रो सम्मेलन बर्दियाको बढैयाताल, चौथो सम्मेलन रुपन्देहीको सैनामैना, पाँचौ सम्मेलन सुर्खेतको वीरेन्द्रनगरमा भएको थियो । त्यस्तै गत वर्ष २०७८ मा कञ्चनपुरको सिंहपुरमा छैठौ सम्मेलन भएको थियो । छैठौ सम्मेलनको स्मारिका प्रकाशनको तयारी भइरहेको थारु कल्याणकारिणी सभा, कञ्चनपुरकी जिल्ला अध्यक्ष सुनिता चौधरी सानुले जनाइन् ।   

मिलनको आशामा ....

मिलनको आशामा ....

१३२० दिन अगाडि

|

२ पुष २०७९

हिमालको सिरेटोमा अस्तित्वमा आई पहाडको काख र तराईको सम्म फाँटमा बाँचिरहेको जीवन धर्म र संस्कारका जञ्जालमा रुमलिइरहेर सामाजिक अस्तित्वको खोजीमा होमिएको जीवन जिन्दगी र समाजका चक्रमा बाँचिरहँदा पर क्षितिजबाट तिमीले हेर्यौ वल्लो क्षितिजबाट मैले नियालेँ अनि, समयको चक्रले हाम्रो अस्तित्व एकीकृत गरिदियो ... प्रिय, तिमीलाई थाहा छ – शून्य आकाशमा डुलिरहेका सबैभन्दा नजिकका मिल्कीवे आकाशगंगा र एन्ड्रोमेडा आकाशगंगाका बीच अस्तित्व एकीकृत हुँदै गर्दा कुनै अदृश्य शक्तिले छुट्याइदियो अहिले पुनः मिलनको आशामा ब्रह्माण्डमा चक्कर लगाइरहेका यी दुई अस्तित्व पाँच अरब बर्षमा एक हुनेछन् ... प्रिय, हाम्रो अस्तित्व एकअर्कामा अन्तरघुलित नहुँदै समयको अर्को चक्रले घर्षण गराएर अनन्तकालसम्म मिलन नहुने गरी अलग–अलग अस्तित्वमा हुत्याइदियो हामी पनि यिनै दुई आकाशगंगाका प्रतिनिधि पात्र थियौँ क्यारे तिमीले पृथ्वी रहेकै मिल्कीवे आकाशगंगामै बस्ने सौभाग्य पायौ म एन्ड्रोमेडा आकाशगंगामा हुत्याइएँ ... प्रिय, एकाकार हुँदाहुँदै पनि छुट्टिएका यी आकाशगंगा पाँच अरब बर्षमा फेरि जोडिने आशामा नजिक सर्दै आइरहेका छन् हिजोको मिलनमा घर्षण भएर उछिट्टिएका अस्तित्व अबको मिलनमा एकअर्कामा समाहित हुने तरंगमा लम्किरहेका छन् बिशाल ब्रह्माण्डमा ... प्रिय, मिल्कीवेका दुई खरब तारा, एक खरब ग्रहहरुका माझ जीवन अस्तित्व बिद्यमान सानो ग्रह पृथ्वीकी तिमी बासिन्दा उछिट्टिएर दस खरब ग्रह र ताराहरु भएको एन्ड्रोमेडामा पुगेको मेरो अस्तित्व पुनर्मिलनको आशामा पर्खेर बसिरहेको छु ... मिल्कीवेबाट फैलिरहेका तिम्रा मुस्कान हेर्दै तिमीलाई कुरिरहेछु – अब मिलन हुँदा तिम्रो प्रेमको अनुभव र अनुभूति पाउने मलिनो आशामा ... प्रिय, पाँच अरब बर्षसम्म तिमीलाई पर्खिरहँदा अनन्तको मार्गमा डुलिरहन्छु जहाँ शान्ति छ, प्रकृति छ ईश्वरीय अस्तित्वसँग भलाकुसारी छ यही अनन्त ब्रह्माण्डको सानो कुनाबाट तिमीलाई नियाल्दै पुनर्मिलनको अभिलाषामा पर्खिरहन्छु ... पर्खिरहन्छु ...

'म रेशम चौधरी'

'म रेशम चौधरी'

१३२५ दिन अगाडि

|

२६ मंसिर २०७९

-बलराम तिमल्सिना म रेशम चौधरी तपाईले सोच्नु भयो म केवल हलियाको बच्चा ! तपाईले खटाएको खेतमा खुरु खुरु जोत्न जानु पर्ने मैले तपाईले दिएको बाली खुरुखुरु थाप्नु पर्ने मैले कसले उकास्यो खै मलाई मैले त तिम्रो खेत अब जोत्दिन भनिदिएँ मैले त मलाई थरुवान चाहियो भनिदिएँ म रेशम चौधरी कस्तो अनाडी मान्छे त है मालिक ? दोश्रा ठूला एकीकरणकर्ता श्री ३ जङ्गबहादुरले अङ्ग्रेजको गुलामी गरे वापत थुक विर्ता पाएको म नयाँ मुलुकको हलिया मैले अलि होस गर्न पर्थ्यो कि जोशमा होस गुमाएँ सायद र मैले टेकेको पुरानै मुलुकको यो जमीन मेरो पनि हो भनिदिएँ ! म त जाँड खाएर सुत्नु पर्ने भाइ भाइ मारामार गर्नु पर्ने भाइ भाइको किचलो मिलाउन हजुरलाई ठेकी कोसेली बुझाउनु पर्ने मैले त थारु थारु एक होऔं भनि दिएँ मैले त आफ्नो निसाफ आफै गर्छु भनि दिएँ मालिकको रबाफ पनि नचिनी मुखै मुख जबाफ फर्काउने म रेशम चौधरी मालिक ! मान्छेहरूले भने देशमा गणतन्त्र आयो रेशम अब दिल खोलेर बोल्नु पर्छ मान्छेहरूले भने सङ्घीयता पनि पो आएको छ रेशम अब थरुवान पनि माग्नु पर्छ समावेशिताका पनि कुरा छन अब राज्यका हरेक निकायमा थारुहरूले पनि भाग खोज्नु पर्छ आफू त इमान्दार थारुको बच्चा होला होलाझैं लाग्यो नलागोस पनि कसरी सङ्घीय गणतन्त्र नेपाल भनिएकै छ यो ठग्नलाई गरिएको ठग घोषणा हो भनेर कहिलै ठग्न नजानेको म थारुको सन्तानले कसरी मानौं मालिक ? थरुवान पनि मागेकै हो हाम्रो भाग पनि खोजेकै हो तपाईकै कानून अनुसार चुनाव लडेर भव्य मतले सभासद भएकै हो तर म सभासद बनेको तपाईलाई चित्त बुझेन मालिक मलाई के थाहा तपाईभित्र जङ्गबहादुर छ भनेर ? म रेशम चौधरी जेलको चिसो छिंडीमा बसेर देखिरहेछु नयाँ सपना म बस्ने कोठरीमा हजुर हुनुहुदो रैछ रे म हजुरलाई भेट्न हातमा फलफूल बोकेर गेटमा रहेछु रे मालिक सपना पनि कस्तो डरलाग्दो है ? माफ गर्नु होला मालिक सपना भनेको सपनै त हो कतै सपनै देखेको कारणले अर्को मुध्दा नलागोस है मालिक !                 कविता संग्रह 'मामुली मान्छे' बाट