Above News Title

थुक्क, तिम्रो झोले जिन्दगी 

थुक्क, तिम्रो झोले जिन्दगी 

तिमी त सांसद भयौ रे दाजु 
चिल्ला गाडीमा हिँड्छौ रे अचेल 
तिम्रो भाई त हो नि थुनिएको म
चिन्दिन भन्दै ढोल पिट्दै छौ रे अचेल 
थुक्क, तिम्रो झोले जिन्दगी ।।।

तिमी म हुर्के बढेको त गाउँ देहात नै हो नि दाजु 
तर तिमीलाई त उही राजधानी शहरप्रति माया बढ्यो रे अचेल 
सांसद हुनुअघि सबैलाई प्रणाम गर्दै हिँड्ने तिमी
सांसद भएपछि तिमीलाई मात चढ्यो रे अचेल 
थुक्क, तिम्रो झोले जिन्दगी ।।।

म त पहिचानको लागि लडें थुनिएको छु कोठरीमा 
मेरा छोराछोरी त भोकप्यासले एकापसमा लड्दै छन् रे अचेल 
तिमीले त चाट्न सिक्यौ, ढोग्न जान्यौ, सांसद भयौ
तिम्रा छोराछोरी त महंगा स्कुलमा पढ्छन् रे अचेल 
थुक्क, तिम्रो झोले जिन्दगी ।।।

तिमी त सांसद बन्यौ, आसेपासेले नोकरी पाए
गाउँमा त तिम्रा गाउँले भाइहरु बेरोजगार छन् रे अचेल 
अरुको ईशारामा नाच्छौ रे तिमी, बोल्यौ भने
मालिकले भन्छ, तिमी जस्ता त फालाफाल छन् रे अचेल 
थुक्क, तिम्रो झोले जिन्दगी ।।।

न पहिचान दिलायौ, न त अधिकार पायौ 
तिम्रो मुखमा त पैसाको बुजो लागेछ रे अचेल 
धिक्कार छ तिमीलाई, तिम्रो दासी जिन्दगी 
घर न घाटको हुँदै तिमी त, यताउता भाग्छौ रे अचेल 
थुक्क, तिम्रो झोले जिन्दगी ।।।

                           तिलोत्तमा नगरपालिका, रुपन्देही 

प्रकाशित:

१४२६ दिन अगाडि

|

१७ भदौ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३८८ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४२२ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४३२ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३८७ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३३६ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३९२ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३२५ दिन अगाडि

|

२७ मंसिर २०७९