गिनिज बुकमा रेकर्ड कायम गरेका संगीतकार सन्तोष श्रेष्ठको फरैना उपन्यास सार्वजनिक भएको छ ।
शुक्रबार एक कार्यक्रमबिच अभिनेता राजेश हमाल, सांसद शान्ता चौधरी, गीतकार कृष्णहरि बराल, अधिवक्ता भीमार्जुन आचार्य तथा लेखक श्रेष्ठले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन् ।
लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय श्रेष्ठको यो पहिलो उपन्यास हो । थारु समुदायकी कमलरी महिलाले भोग्नु परेको समस्यालाई केन्द्रमा राखेर लेखिएको फरैना पढ्दा आफू रोएको सुनाइन् सांसद शान्ता चौधरीले । उनले भनिन्, ‘उपन्यास पढ्दै गर्दा मैले हरफ हरफमा आफ्नै चित्र भेटेँ, निरन्तर आँसु बगिरह्यो ।’ गीतकार कृष्णहरि बरालले उपन्यासमा मानवीय संवेदना र प्रकृतिको सुन्दर चित्रण गरिएको सुनाए ।
अभिनेता राजेश हमालले मान्छेका हरेक संवेदनाहरुको चित्रण उपन्यासमा गरिएको भन्दै फरैना उपन्यासबारे भने, ‘संवेदनालाई सरलीकरण गरिएको सुन्दर नमुना नै यस उपन्यासको विशेषता हो ।’ त्यस्तै संविधानविद् भीमार्जुन आचार्यले श्रेष्ठको उपन्यासको बनोट र बुनोट लोभलाग्दो भएको टिप्पणी गरे ।
लेखक सन्तोषले उपन्यासलाई आफ्नो संवेदनाको प्रतिरुपका रुपमा अर्थ्याउँदै भने, ‘मेरो मानसपटलमा लामो समयदेखि सल्बलाएको चेतनाले आख्यानको यो आकार ग्रहण गरेको हो ।’
इन्डिगो इन्कबाट प्रकाशित यो उपन्यासको मूल्य ३ सय ९९ रुपैयाँ राखिएको छ ।
प्रकाशित:
१४१७ दिन अगाडि
|
२७ भदौ २०७९
१९ घण्टा अगाडि
|
१३ साउन २०८३
३ दिन अगाडि
|
११ साउन २०८३
५ दिन अगाडि
|
९ साउन २०८३
९ दिन अगाडि
|
५ साउन २०८३
११ दिन अगाडि
|
३ साउन २०८३
१२ दिन अगाडि
|
२ साउन २०८३
१३ दिन अगाडि
|
१ साउन २०८३
१३८८ दिन अगाडि
|
२५ असोज २०७९
१४२२ दिन अगाडि
|
२१ भदौ २०७९
१४३२ दिन अगाडि
|
१२ भदौ २०७९
१३८७ दिन अगाडि
|
२६ असोज २०७९
१३३६ दिन अगाडि
|
१५ मंसिर २०७९
१३९२ दिन अगाडि
|
२० असोज २०७९
१३२५ दिन अगाडि
|
२७ मंसिर २०७९