बूढो घर

बूढो घर

११४४ दिन अगाडि

|

१३ साउन २०८०

मनाङको त्यो टोपी खस्ने उकालो

मनाङको त्यो टोपी खस्ने उकालो

११४४ दिन अगाडि

|

१३ साउन २०८०

मोतीराम चौधरी ‘रत्न’ मनाङ भन्ने बित्तिकै जो कोहीलाई झट्ट सम्झना आउँछ– हिमाल पारीको देश भनेर । तराईको मान्छे यो पङ्क्तिकारलाई हिमाल पारीको देश घुम्ने हुटहुटी थियो ।  त्यो इच्छा नेवार भाषा सर्वेक्षण यात्राले जुराइ दियो । हामी काठमाडौँबाट सर्वेक्षणको यात्रामा थियौँ । काठमाडौँबाट गोर्खा, मनाङ, मुस्ताङ, जुम्ला हुँदै आफ्नो गृह जिल्ला कैलाली पुग्ने योजना थियो ।  काठमाडौँबाट नाइट बस चढी गोर्खातिर लागियो । मनकामना पुग्दा केबलकार चढ्नेहरू हुलका हुल देखिन्थे । केबलकारले मेरो पनि मन लोभ्यायो । एक मन त बसबाट ओर्लेर केबलकार चढी हाल भन्दै थियो।  तर, बसबाटै एक दुइटा फोटो खिचेर मन शान्त गरियो । अर्को यात्रामा आउँछु है भन्दै चित्त बुझाइयो । साँझतिर गोर्खा पुगियो ।  हामी गोर्खा पुगेर भाषा सर्वेक्षणको काम ठाँटी राखी गोर्खा दरबार घुम्नमा व्यस्त भयौँ । गोर्खा दरबारको शिल्पकला देखेर काठमा बुट्टा कुँद्ने कालीगढको कलालाई ‘वाह’ भन्न कर लाग्यो । दरबारबाट देखिने चाँदीको घेराजस्तो उत्तरतिरको हिमाली शृङ्खला देखेर मनमुग्ध भइयो ।  संसारको पाँचै अग्लो हिमाल मनास्लु यही भेकमा पर्छ । यहाँबाट धवलागिरिदेखि गणेश हिमालसम्मको मनमोहक दृश्य देखिन्छ । यस्तै, घना जंगल तथा हरिया पहाड, हिमालदेखि कलकल गर्दै बग्ने नदीनाला, सम्म मैदान र फाँटहरू, शीतोष्ण हावापानी, शान्त वातावरण आदिले यहाँ आउने जो कोहीको पनि मन छुन्छ । गोर्खा र लमजुङको सिमानामा रहेको छ दूधपोखरी । यही पोखरीबाट निस्केको पानी आज चेपे नदी बनी गोर्खा र लमजुङ जिल्लाको सिमाना छुट्याउँछ । नारद पोखरीबाट निकास भई गोर्खाको बीच भागबाट दरौदी नदी बगेको छ, जसलाई धर्मनदी पनि भनिन्छ । यसैको तिरैतिर गयौं हामी ।  बाटोमा लोभलाग्दो रूपमा फ्राई गरेर बेच्न राखेको माछा देख्दा भोक जाग्यो । बस रोकिने बित्तिकै माछाको स्वाद लिन बसबाट ओर्लियौ ।  भाषाको सर्वेक्षणको लागि नयाँ साँघु भन्ने ठाउँमा पुग्नुपर्ने थियो । लोकल बसमा चढ्यौ तर यात्रुको चापले बस खचाखच थियो । साँझ पर्दै थियो, सबैलाई जानै पर्ने थियो । कोचाकोचमा हामी जसोतसो गन्तव्यमा पुग्यौ । गोर्खाको बारपाक पुग्ने धोको चाहिँ यसपालि पूरा हुन सकेन । त्यो राती हामी पोखरामा साथी प्रकाश भट्टको डेरामा एक रात कटायौ । पोखराबाट एकाबिहानै बस चढेर मनाङतिर लाग्यौ । मनाङको नामको अर्थ खोज्दा मनाङ शब्द तिब्बती भाषाको ‘म्हनाङ’ शब्दबाट अपभ्रंश भएर आएको पाइयो । तिब्वती भाषामा ‘म्ह’को अर्थ सहायता र ‘नाङ’को अर्थ देउ भन्ने हुँदो रहेछ । अर्थात् विकट भौगोलिक परिवेशमा रहेको र बाह्य सहायता बिना अति कष्टकर हिमाली जीवनशैली रहेको भन्ने अर्थमा बुझ्नुपर्ने हुन्छ ।  लामो बसको यात्रापछि बेशीशहर पुगियौ । त्यहाँबाट ठुलो बस मनाङ नजाँदो रहेछ । त्यसैले, धारापानीमा बस्ने एक जना दाइ क्षेत्रबहादुर गुरुङको सम्पर्कमा एउटा सानो गाडी हाम्रो प्रतीक्षामा घण्टौँ पर्खिरहेको थियो । हामी लगभग ३ बजे पुग्यो र नास्ता खाएजस्तो गरेर गाडीमा बस्यौ ।  पछाडि सामान लोड गरेको बोलेरो गाडीमा ड्राइभरलगायत हामी ७ जना थियौँ । सुरुमा यात्रा रमाइलो थियो । मर्स्याङ्दी नदीको तिरैतिर जाँदा विभिन्न छाँगाछहराबाट कलकल पानी बगेको देख्दा मनै खुसी हुन्थ्यो । एक ठाउँमा निकै आकर्षक छाँगा देखियो । त्यहाँ खाजा, नास्ता पनि पाइने भएकाले गाडी रोक्यौँ । अनि, झरनाको फोटो आआफ्नो मोबाइलमा कैद गर्न थाल्यौ ।  त्यहाँ इन्टरनेटको नेटवर्क राम्रो थियो । त्यसैले, कैलालीमा रहेकी आफ्नो जीवन संगिनीलाई भिडियो कलबाट त्यो मनोहर दृश्य देखाएर खुसीयाली साटेँ । लोभलाग्दो दृश्य देखेपछि अर्कोपल्ट त्यो ठाउँ म पनि जाने है भन्दै लाडिइन् । हुन्छ त भनियो । तर आफू नै यो ठाउँ पुनः आउने टुङ्गो छैन । मेरो मनको कुरा छेउमा बगिरहेको मर्स्याङ्दी नदीको सुसाईमै बिलायो ।  हामी फेरि यात्रा सुरु गर्‍यौँ । चिसो अलिअलि बढ्दै थियो । सुरुमा झ्यालतिर फोटो खिच्न बसेको एक जना साथी एकाएक डर मान्न थाले । उनले सँगै बसेको दिदीसँग सिट साटे । किनकि झ्यालबाट बाहिर हेर्दा मन सिरिङ्ग हुने मर्स्याङ्दीको गहिरो खोँच देखिन्थ्यो ।  अर्कोतिर बाटो एकदमै साँगुरो, अर्कोतिरबाट गाडी आयो कि गाडी ब्याक गरी साइड दिनुपर्ने । बीच बीचमा ड्राइभरले ठाउँ इंगित गर्दै यो ठाउँमा पहिरो आउँदा गाडीसमेत मर्स्याङ्दी नदीले निल्यो भनेर अझ डरका मात्रा बढाइरहेका थिए । त्यसैले, बाँचेर सकुशल गइन्छ कि यही मर्स्याङ्दी नदीमै जीवन विलीन हुन्छ जस्तो लाग्थ्यो । बल्ल तल्ल हामी राती ११ बजे धारापानी पुग्यौ । गुरुङ साथी त्यहाँ पर्खिरहेका थिए । चियाले स्वागत गरे । को कसरी, कहाँ कहाँ जाने भनेर उनले सबै बेलीबिस्तार लाए ।  हामीले सोचेका थियौ, अब त गन्तव्यमा पुगियो । तर, गुरुङ साथीको बेलीबिस्तारले थाहा भयो, हाम्रो यात्रा त अझै धेरै बाँकी पो रहेछ । हामी त भर्खर मनाङको अलिकति मात्र भित्र आएका रहेछौँ । फेरि अर्को गाडी खोज्नुपर्ने भयो । उहाँले धेरै गाडी रोक्नुभयो तर बेशीशहरबाट माथि आउने सबै गाडी भरिएको थियो । रात छिप्पिँदै थियो । चिसो बढ्दै थियो । अन्ततः गाडी नपाइएपछि त्यही बस्ने निर्णय भयो ।  मर्स्याङ्दी नदीको ढिकमै सानो घर थियो, बास बसेको ठाउँ । नदी सुसाएको कोठासम्मै आवाज आउँथ्यो । सिमसिमे पानी पर्न सुरु गरेको थियो। हामीले बाटोमा धेरै घर बगाएको दृश्य देखेका थियौ । त्यसैले, डरले मनमा चिसो पसेको थियो । तर, दिनभरिको थकानले निद्रादेवीको काखमा मस्तराम भयौँ ।  अर्को बिहान हामी ९ बजेतिर पो उठ्यौँ । उठ्दा नास्ता तयार भैसकेको थियो । नास्तापछि गाडी खोजियो तर कुनै गाडी पाइएन । अन्तिममा कुनै विकल्प नभएर हिँडेर जाने निर्णय गरियो । साथीले पनि २र३ घण्टा मात्र लाग्छ, रमाइलो पनि हुन्छ । हिँडेर जानुस् भनेर बाटोको नक्सा बनाइ दिएर बिदाइ गर्नुभयो ।  बाटोको लागि केही खानेकुरा, पानी बोकेर हामीले पैदलै यात्रा सुरु गर्‍यौँ । सुरुमा त रमाइलो भयो। बीच बीचमा फोटो खिच्दै, गफिँदै रमाइलो लागिरहेको थियो । तर लास्टै उकालोले हलुंगो झोला बिस्तारै गह्रौ हुन थाल्यो ।  बाटोमा आक्कल झुक्कल घर, पसल देखिन्थ्यो । लामो हिँडाइपछि एउटा सानो होटल देखियो । थकाई मार्न र नास्ता गर्न पस्यौँ । होटल मालिकलाई जाने ठाउँबारे सोध्यो । उनले त अझै २र३ घन्टा लाग्छ पो भने । हामीलाई अचम्म लाग्यो, जबकि हामी २ घन्टा हिँडेर यहाँसम्म आइपुगेका थियौँ ।  नास्तापछि तुरुन्तै यात्रा सुरु गर्‍यौँ । हिँडाईको स्पीड बढायौं । तर, झन् झन् उकालो बाटो पो आउन थाल्यो । उकालोमा आफ्नै झोला भारी भैरहेको थियो । म पुरै थाकिसकेको थिए । साथीहरू हिँडौँ हिँडौँ भन्दै अगाडि बढ्दै थिए ।  मेरो बोतलको पानी सकिन आँटेको थियो । त्यसैले, घाँटी मात्रै भिजाएर जोगाएर राखे । बाटो ठाह्रै उकालो मात्रै होइन, ठाउँ ठाउँमा निकै घुमाउरो पनि थियो ।  साथीहरू अगाडि बढे पनि म भने एकछिन थकाई  मार्न बसेँ ।   उकालोले न माथि चढ्न सकिन्छ, न तल झर्न । यहाँबाट अब घर फर्किन सकिन्छ कि सकिन्न । किन यस्तो ठाउँमा आइयो । मनमा निराशा छायो । मनमा नाना थरिका कुरा खेल्न थाल्यो । सुनसान साँगुरो बाटो, केही गरी लडियो भने साथीहरूले मेरो हाडखोर पनि भेट्ने छैनन् भन्ने विचार मनमा आउँदा पनि जिउ सिरिंग भयो । उता, साथीहरू माथिबाट आवाज दिइरहेका थिए । म बोल्न पनि सकिरहेको थिइनँ । अनायास आँखाबाट आँसु झर्न थाल्यो । भक्कानो छाडेर रुन मन लाग्यो । तर, लोग्ने मान्छे भएर रुन हुन्न भन्ने गीत सम्झिँदै मन बुझाएँ ।   म नहिँडेपछि साथीहरू माथिबाट फर्केर मलाई लिन आउनु भयो ।  पानीको बोतल अनि झोलाबाट केही खानेकुरा निकालेर दिनु भयो । अलिकति बल अनि ढाडस पाइयो । सँगै उकालो चढ्न लाग्यौ । केही छिनपछि हामी अलि समथर ठाउँमा पुग्यौ । थकाई मार्दै, निरन्तर हिँडाइ जारी राख्यौ ।  निकै लामो हिँडाइपछि बल्ल २र३ वटा घर देखियो । बाटोभरि मानिसहरूको नामोनिसान देखिएको थिएन । बल्ल एकजना अधबैँसे पुरुष भेट्यौ ।  हामीलाई देखेर उहाँ हामीकहाँ आउनु भयो ।   हजुरहरू कहाँबाट आउनु भयो रु यसरी हिँडेर त कोही आउँदैन भन्नु भयो ।  जंगलमा जंगली जनावर  हुन्छन् ।  डराउनु भएन रु भनी सोध्नु भयो ।   ती होटलेको प्रश्नले हामीलाई अहिले पो डर लागेर आयो । हामी थकान मार्न र चिया नास्ता गर्न उहाँको सानो पसलमा अडियौँ । चियासँगै गफिन थाल्यौँ ।  त्यहाँ ३र४ घर थियो । गाउँको सबैजना यार्सागुम्बा खोज्न गएका रहेछन् । हेरालु उनीमात्रै रहेछन् । उनको मात्रै ३०० अनि गाउँको ६०० गरी ९०० भेडा रहेछन् । २ जना भेडा चराउन गएका रहेछन् ।  मलाई अचम्म लाग्यो, ९०० भेडा चराउने २ जना मात्रै गोठाला रु  मलाई याद आयो, हाम्रो घरमा ६ वटा बाख्रा पाल्न ४ जनालाई मुस्किल थियो । उहाँहरूको मेहनतको कदर गर्नैपर्ने हो भन्दै हामीले धेरै बेरको सुस्ताई पछि पुनः यात्रा सुरु गर्‍यौँ ।  बाटोमा एक जना साथी पुरनबहादुर गुरुङको घर पर्थ्यो । करिब २ बजेतिर हामी उहाँको घर पुग्यौ । अरू साथीहरू त्यहाँ जम्मा भएका थिए । उहाँहरूसँग त्यहाँ बोलिने भाषाबारे कुरा गर्‍यौँ । खाना खाइसकेपछि हामीले तुरुन्तै बिदा लियौँ ।  उहाँहरूको भनाईअनुसार अझै २, ३ घन्टाकै उकालो हाम्रो गन्तव्य थियो । हिँड्नु सिवाय अरू कुनै विकल्प थिएन । ४ बजेपछि आक्कल झुक्कल गाडी आउन सुरु गर्‍यो तर यात्रुहरूले भरिभराउ त्यो दिन गाडी चढ्ने भाग्यमा थिएन । हिँड्दा हिँड्दै लखतरान भएका हामी लगभग बेलुकी ७ बजेतिर गन्तव्य स्थान चामे पुग्यौँ । गन्तव्य चामेले ज्यान चाम्रो बनाइसकेको थियो । तर, मनाङ जति दुर्गम थियो, त्यति नै सुन्दर पनि लाग्यो । ....... मलाई जहिले जहिले मनाङको याद आउँछ, त्यही उकालोले भयभित तुल्याउँछ । तारानाथ शर्माको घनघस्याको उकालो शायद यति गाह्रो थिएन होला ।  

फल्कहान छोटका

फल्कहान छोटका

११५५ दिन अगाडि

|

२ साउन २०८०

पुस माघके जुर बयाल ओहो ! कत्रा जार हुइल ।  फल्कहान छोट्कवक् छावा डुनु हाँठ छातीम्  मन्के चप्क्वाइल । मुक्त कमैया फल्कहान छोट्कवाहे  छावाहे सुफ्लैना  कौनो जवाफ नै रहिस ।  छावा बाबाहे जार हुइल  सुनैलक अर्थ  डंडुर झुल्वा माँगटा कना  फल्कहान छोट्कवाहे  मजासे पटा बटिस ।  मने का कर्ना  ना टे ओकर कौनो खेतवारी  ना टे कौनो ठेक्का बटिस  कहाइके मतलव ऊ  वेकम्मा बा ।  छावक् जारसँगे ओकर फेन जार बह्रलिस   ऊ कौह्रा टापे छिमेकीक्  खेरन्ह्वाओर नेंगल ।  पिठ खोलल्  झुक्काहस्  अन्य छाँहि फेन  आगि टप्टि रहिट ।  भेभवा, सुख्ला, मंगलवा, पण्डवा  ओकर मुक्त कमैया संघरियन्  मानो ओइने आँखिक् शानले बट्वइटि बटाँ ।  का करी  अढिया खेती कसिक लगैना हो जिमडरवा छाइ कमलह्रिया माँगठ  ना लगाउँ पेट रोटी माँगठ  यी उपरी जार टे  दिन उचियाइटसम कम हो जाई मने पेट भित्तरके जार  इहि कैसिक डंडुर बनैना   फल्कहान छोट्कवक् ठेन  यकर कौनो जवाफ नै हुइस ।  डोसर ढम्मरढुस छाँहि  एक्फाले हाँठ बह्राइठ ओ खोखठ्  “फेन कमैयाँ बैठ्लेसे हो गैल झे ।” फल्कहान छोट्कवक पैला  हेर्टि हेर्टि ओहे छाँहीक्सँगे  हेरा जाइठ । 

चलो रे हंसा ओहे देश...

चलो रे हंसा ओहे देश...

११५५ दिन अगाडि

|

२ साउन २०८०

सेवा भट्टराई  गीत सङ्गीतमा धनी छ, थारू समुदाय। शुभकार्यमा मागर, दशैंमा बर्कीमार र सखिया, माघीमा धमार र मघौटा। सन्दर्भ अनुसार बेग्लाबेग्लै गीतहरू यो समुदायमा पाइन्छन्। त्यति मात्र नभएर पूर्वदेखि पश्चिम तराईसम्म फैलिएको थारू समुदायमा ठाउँ पिच्छे फरक फरक गीत पनि पाइन्छन्। तिनैमध्ये केही विधा व्यवसायीकरणसँगै अझ लोकप्रिय बनिरहेका छन् भने केही विधा ओझेलमा छन्। थारू गीत गाएर नाम कमाएकी दाङकी बसन्ती चौधरीले यी सबै किसिमका गीत गाउने गरेकी छन्। उनीसँगको कुराकानीमा आधारित रहेर यहाँ थारू समुदायमा गाइने केही गीतको चर्चा गर्दै छु। नचाउने झुम्रा दशैं लगायत चाडबाड र अन्य रमाइलो अवसरमा गाइने गीत हो, झुम्रा। विगतमा झुम्रा नाच पुरूषले मात्र नाच्ने गर्थे। हुन त थारू समुदायमा महिला ननाच्ने होइनन्। समूहमा जम्मा भएर गाउँभरका केटीहरू सखिया र बर्कीमार जस्ता नाचमा रमाउने गर्छन्। तर, झुम्रा रमाउनका लागि नभई प्रदर्शनका लागि नाच्ने गरिन्छ। यसको अर्थ हो, थारू समुदायमा ‘उत्सव’ र ‘प्रदर्शन’ का नृत्यमा फरक छ। “सखिया वा बर्का नाचमा सबै साथीहरू सँगै नाच्दा कुनै समस्या हुँदैनथ्यो, तर झुम्रामा दुई जना मात्र नाच्ने हुँदा अभिभावकहरू पठाउन चाहँदैनथे,” बसन्ती भन्छिन्, “त्यसैले झुम्रा गीतमा पुरुषले नै महिलाका लुगा लगाएर सबैलाई मनोरञ्जन दिने प्रचलन रहेको थियो।” अचेल झुम्रा गीतमा सबै जना नाच्ने गर्छन्। थारू गीतको बजार बढ्दै जाँदा बसन्तीले थुप्रै झुम्रा गीत रेकर्ड गराएकी छन्, जुन चाडबाड र उत्सवमा बजाउने गरिन्छ। साथै, यात्रामा जाँदा गाडीमा पनि सुन्न पाइन्छ। आफ्नी हजुरआमाबाट प्रभावित भएर झुम्रा नाच्न थालेको बताउँछिन् बसन्ती। “मेरी आमाकी आमा आफ्नो जमानामा निकै अगाडि हुनुहुन्थ्यो। उहाँ चाहिं मादल बजाएर, हार्मोनियम बजाएर सबलाई नचाउनुहुन्थ्यो, तर अरू चाहिं केटा मात्रै नाचेको देख्थें। उहाँलाई नै सम्झिएर पछि मैले पनि झुम्रा नाच्न र गाउन थालें,” उनी भन्छिन्। अचेल थारू चलचित्र र महोत्सवमा समेत झुम्रा निकै लोकप्रिय भएको छ। यूट्युबमा पनि यसका भिडिओहरू पाइन्छन्। “झुम्रामा रङ्गीन दुनियाँ छ किनभने सबैलाई नचाउन र रमाइलो गर्न यो गीत गाउने गरिन्छ,” बसन्ती भन्छिन्। व्यावसायिक रूपमा उनले गाएको एउटा झुम्रा गीत यस्तो छः केटा लागि टे लागि कलक्टर भर रूपियाँ रूपनी बठनियाँ नहिँ छोरबु। केटी नचदी अँगनामे अँगिया सौंपिदेहबुँ   रूपवा रूपिया लेके सटबुँ। केटा बक्साभरि रुपैयाँ लागे पनि लागोस्, राम्री केटी छोड्दिनँ केटी आँगनमा आँग हल्लाएर नाचिदिन्छु तर रूप चाहिं रुपैयाँ लिएर मात्र साट्छु।० ‘सजना’ जोगाउने प्रयास बसन्ती आफ्ना समुदायका गीत जोगाउने काममा पनि सक्रिय छिन्। अहिले उनी सङ्गीत उत्सव ‘इकोज् इन द भ्याली’ को सहयोगमा अरू सङ्गीतकारहरू सिम्मा राई र हिसी डोल्मा शेर्पासँग मिलेर सजना भाका जोगाउन लागिपरेकी छन्। बसन्तीका अनुसार माघको सरस्वती पूजादेखि भदौको हरेरी पूजासम्म गाइने गीत हो( सजना भाका। “यो गीत पानी नपरेको वेला पानी पार्न गाइन्छ वा बैरागिएकी महिलाले आफ्नो माइती याद गर्दै श्रीमान्, नन्द, आदिलाई सुनाउन पनि यो गीत गाउँछन्,” बसन्ती भन्छिन्। सजना भाका जोगाउने क्रममा बसन्तीले सिम्मा र हिसीलाई थारू गीत जान्ने निर्मलासँग भेट गराएकी थिइन्। निर्मलासँग मिलेर यी तीन जनाले सजना भाका सिकेर रेकर्ड गराए जुन अहिले यूट्युबमा उपलब्ध छ। साथै, तीनै जनाले गत चैतमा काठमाडौंमा भएको ‘इकोज् इन द भ्याली’ उत्सवमा पनि यो गीत गाएका थिएः अरी मछरी मरन हम्रे गइलि ना  री मरली राप्ती लदिया अरी अंगरीमे काटि अंगरकटवा ढिकवा बैठल रोइबुँ भौजी मोरे लेलिन टपिया ना री ननदी लेलिन हेलका भौजी मरलिन रैनी मछरिया ननदी झिंगा झोकलिन। हामी माछा मार्न राप्ती नदीमा गयौं औंलामा अंगरकटुवा कीराले टोक्यो, नदीतिरमा बसेर रोएँ। भाउजूले टपिया ९एक खालको भाँडा० लिइन्, नन्दले हेलका ९एक खालको भाँडा० लिइन् भाउजूले रैनी माछा मारिन्, नन्दले झिंगा माछा छोपिन्। नदीमा माछा मार्न जाने थारू महिलाको दैनिकी यो गीतमा वर्णन गरिएको छ। यस्ता केही गीतले नयाँ श्रोता पाउन थाले पनि थारू समुदायका रीतिरिवाजमा प्रयोग गरिने र ‘विशेष’ अवसरमा मात्र सुनिने गीत भने समुदायमै सीमित भएको पाइन्छ। ओझेलमा गम्भीर गीत थारू सङ्गीत परम्परामा मनोरञ्जन मात्र छैन, जीवनका गूढ रहस्य बोकेका भजन पनि छन्। त्यस्तै एउटा भजन बसन्तीले पनि गाएकी छन्। कोही कसैको मृत्यु भएपछि उसको घरमा गएर गाइने यो भजनले दक्षिणएशियामा लोकप्रिय निर्गुण दर्शनको सार खिचेको छ। चलो रे हंसा वहि देश जहाँ सट्गुरू बालम बसे हंसा हो हंसा कउने बने लेहतो बसेरा भूलिगयो टु मायाके बखेरा हंसा हो चलो रे हंसा वहि देश जहाँ सट्गुरू बालम बसे आधा पापि किनारे लागे आधा पार्थिव मझेढार हो चलो रे हंसा ओहे देश जहाँ सट्गुरू बालम बसे। बसन्तीले सुनाएको यो भजनको अर्थ यस्तो छ( जसको श्रीमान् वा श्रीमती बितिसक्यो, आधा गयो भने आधा घरमै छ, उसलाई कसरी खुशी पार्नेरु आधा शरीर यहाँ छ, आधा त गइसक्यो। हाम्रो पार्थिव शरीर पापी त हो। एक दिन यहाँ छ, अर्को दिन त गइजान्छ नि। जन्मेपछि मरण अवश्य छ।’                                                                                                                                        गायिका बसन्ती चौधरी “थारू संस्कृतिका भजन एकदमै मन छुने छन्। उजाडिएको जिन्दगीलाई हामी त्यही गीत(सङ्गीतको माध्यमबाट जगाउन सक्छौं,” बसन्ती भन्छिन्। बसन्तीले भने जस्तै यो गीतले पार्थिव शरीरलाई पापी एवं नाशवान् र आत्मालाई अमर एवं पापबाट मुक्त मानेको छ। गीतमा संसारलाई मायाजाल, झमेला भनिएको छ भने मृत्युलाई मुक्ति। यो पापी संसारबाट छुटकारा पाएर ‘हंस’ दैवी शक्तितर्फ जानुमै खुशी छ। गीतमा ‘निर्गुण’ भन्ने शब्दको प्रयोग गरिएको त छैन, तर शरीर र आत्मालाई अलग रूपमा बुझ्ने दक्षिणएशियाको निर्गुण परम्पराको भाव बोकेको छ। यो परम्परामा मृत्युलाई अन्त्यभन्दा पनि परिवर्तनको प्रक्रियाका रूपमा लिइन्छ, जहाँ आत्माले पापी संसारबाट मुक्ति पाउँछ र आध्यात्मिक यात्रामा जान्छ। दक्षिण एशियाका हिन्दू समुदायमा निर्गुण परम्पराको लामो इतिहास छ। सांसारिक गतिविधिलाई ‘झमेला’ वा ‘दुःख’ मान्ने, संसारलाई ‘पापी’ र ‘मोहमायायुक्त’ मान्ने, सांसारिक दुःखबाट मुक्ति खोज्ने, शरीरलाई क्षणिक र आत्मालाई अमर मान्ने, यो परम्पराका केही विशेषता हुन्। पूर्वीय दर्शनमा महाभारतको भागवद् गीतादेखि लिएर बुद्धको दर्शनसम्ममा यो अवधारणाका जराहरू पाइन्छन्। नेपालमा भानुभक्तको रामायणमा लगायत विभिन्न रचनामा यी अवधारणा उल्लेख गरिएका छन्। ‘निर्गुण’ भन्ने शब्द प्रयोग नगरे पनि यस्तो बृहत् दर्शनलाई यो गीतले सटीक ढङ्गले समेटेको छ। सङ्गीत मनोरञ्जन मात्र नभई मानव जीवनका विविध पक्ष दर्शाउने माध्यम पनि हो र यो भावनाको गहिराइमा पुग्न सक्छ भन्ने उदाहरण पनि हो यो गीत। आत्माको अमरता सांसारिक जीवनको क्षणभङ्गुरता, जीवन र मृत्युको चक्रबाट मुक्तिको इच्छा र अलौकिक, दैवी शक्तिसँग एकाकार हुने चाहना यो गीतमा व्यक्त गरिएको छ। थारू भाषाका थुप्रै मनोरञ्जनात्मक विधाको व्यवसायीकरण र प्रचारप्रसार भइरहँदा यस्ता दर्शन बोकेका गीत भने समुदायमा मात्र सीमित छन्। “कसैको मृत्यु भएको छ भने हामी त्यो घरमा पालैपालो सुत्न जान्छौं। त्यति वेला यस्ता गीत गाएर परिवारका मानिसलाई सान्त्वना दिन्छौं,” बसन्ती भन्छिन्, “यो गीतलाई मराठी भजन भनिन्छ र यो थारू गीत अहिलेसम्म कसैले रेकर्ड गरेको मलाई थाहा छैन।” यस्ता गीतको ‘गम्भीर’ विषय र समुदायमा विशेष प्रयोजनका कारणले यो सन्दर्भ बाहिर यी गीत लोकप्रिय हुन नसक्लान् कि भन्ने एउटा पूर्वधारणा हुन सक्छ। तर, छिमेकी देश भारतमा भने यस्ता दर्शन बोकेका गीतले चलचित्रमा र शास्त्रीय सङ्गीतमा ठाउँ पाएको पाइन्छ। त्यसैले यी प्राचीन दर्शन पनि नयाँ पुस्तामाझ पुगिरहेका छन्। कबिरले रचेको मानिने गीत ‘उड जाएगा हंस अकेला’ नेटफ्लिक्समा प्रदर्शनमा आएको चलचित्र कलामा समावेश गर्नु यस्तो अभ्यासको पछिल्लो उदाहरण हो। जग दर्शनका मेला उड जायेगा हंस अकेला। बसन्तीको गीतले यस्ता गीत नेपालमा पनि छन् भन्ने उदाहरण दिन्छ। विडम्बना प्रचारप्रसारको अभावमा ती ओझेलमा परिरहेका छन्। थारू समुदायमा आफ्नो भाषाका गीतको बजार विकास भइरहेको छ। त्यो त्यस्तो आधुनिक बजारमा धेरैजसो मनोरञ्जनात्मक विधा, लय र शब्द पुगे पनि जीवन दर्शन बोकेका गीतले ठाउँ पाइरहेका छैनन्। हिमालखबरबाट  

मोज गर् मास्टर

मोज गर् मास्टर

११७८ दिन अगाडि

|

९ असार २०८०

किशन थापा ‘अधीर’ कसलाई सुनाउँछस् मास्टर ? सुनाउन पाए पनि के नै हुन्छ र ! आफूलाई सुमसुम्याउँछु अनि ऐनाअगाडि उभिन्छु र भारी फुकाउन थाल्छु– पहिल्यै दुविधामा पर्छु, कतै यो फ्रस्टेसन त हैन ! जसले जेसुकै भनोस्, हो त मेरै कुरा, मैले यति पनि राख्न पाउँदिन र सबभन्दा इमानदार साथीसित ! शिक्षक भनेको मैनबत्ती हो जसले आफू जलेर अरूलाई ज्योति दिन्छ भनेर साह्रै पुलकित पारिएको छस् ज्योति दिने हिसाबले कहिल्यै लालटिन भनिन्नस् जसलाई बल्न मट्टीतेल चाहिन्छ ! तेरो हैसियत भनेकै यति न हो– उहिलेउहिले गुरु पनि हुन्थिस् अब गोरुसमान छस् एक मुठी चनामै मजाले जोतिन पाउँछस् ! स्याबासी विद्यार्थीहरूको आँखामा त पाउँछु भनेर धाक नदे नि फेरि तिनले त तेरो औकात देखाइदिने गरेकै छन् दिनकादिन गृहकार्यको कापी मागिरहन पाउनु पनि कम ठूलो कुरो हो यो त भिखारी हुन पाउने सौभाग्य पो हो त बाबै विद्यार्थी जताजता, हात फैलाउँदै त्यतैत्यता सम्झाउनेदेखि फकाउनेसम्मको क्रममा अभागी भिखारी भइदिँदा गालीको ‘ग’सम्म नि नझारेस् नि ! राम्रो गरे—टाउकोमा हात राखेर ‘स्याबास् छोरी !’ आशीर्वाद पनि नदिएस् नि ! आजका चाउचाउ जेनेरेसनलाई खोल खोल्नेबित्तिकै पाइने तयारी उत्तर दे नत्र सिर्जनात्मकता खोज्न थालिस् भने चाँडै फुलाउने सुई खाएका चल्लाहरूको चाचुचु अनि मौका ढुकिबसेका मिडिया तक्माहरू भिराउन गर्जंदै आइपुग्लान्— टच, सेक्सुएल ह्यारेसमेन्ट, बालहिंसा…आदिआदि भौ…भौ ! यो दृश्य नभए कालो परीक्षाफल हात पर्दा गुनासो हानिँदै आउला एकैचोटि कल्याइमेक्स—पढाउन/सिकाउन केही जान्दैन, घोक्रेठ्याक लगाइदिऊँ यस डेटस्पायर मास्टरलाई ! यहाँ मिडिया गायब ! किनभने ती सवारीसाधनले मान्छे हैन, मान्छेले सवारीसाधन किचेको समाचार बनाउन उत्सुक छन् । त्यो एकादेशको कथा थियो जति बेला शिष्यहरूबाट पनि गुरुले सिक्न पाउँथे आज त असली गुरु भएको छ—इन्टरनेट ! जहाँबाट शिक्षकले नसिकाएको कुरा बढी सिक्ने चलन आयो अनि तँ केमा फुर्ती लाउँदै छस्, यतिका शिष्यहरूलाई शिक्षित तुल्याउन पाएँ भनेर ? को शिक्षित ? के तिनै हुन्, सपना जसको विदेशमा मात्र हुन्छ पूरा ? कि तिनै हुन् जसले तँलाई पढाउने नोकरका रूपमा मात्र व्यवहृत गर्ने प्रयास गर्छन् ? साँच्चै तँ कसलाई शिक्षित तुल्याउन चाहन्छस् ? आजका तिनै विद्यार्थीलाई जसले कहिलेकाहीँ कक्षामा सुनिदिएर कृपा गरिदिन्छन् तँमाथि कि शिक्षकलाई जोकर ठान्नमा पुरुषार्थ सम्झनेहरूलाई ? होला कतै शिक्षक भनेको वैज्ञानिक, डाक्टर, इन्जिनियर जन्माउने भनेर आदरले हेरिने व्यक्तित्व तर तँ त यहाँ छस् यहाँ जहाँ आकाशको फलबारे घाँटी फुलाएर सिकाउँदो होस् नि कक्षामा । हजारौँ दक्ष व्यक्ति उत्पादन गर्ने शिक्षकमा यो निराशा … देशका कुनचाहिँ ठेकेदारलाई छ मतलब हँ ! जे होस्, विदेशका लागि सित्तै श्रमिक उत्पादन गर्ने महान् कार्यमा त सहभागी छस् यस्तोमा माटाको प्रेम चढाउने गरिस् भने अरू त अरू, विद्यार्थीहरूसमेत उल्टी गर्न थाल्लान् है वाकवाक गर्दै । अरूतिर अयोग्य भएर त आएको होस् नि तँ यता तँजस्ताको त जीवनै के हो र पटकपटक लात्ती खाएर हुत्तिने फुटबल हुन पाएकै छस् गोल गर्न तेरै सामु आउँछन् संसार यो भन्दा के चाहियो र अरू उपलब्धि ! मोज गर् मास्टर मोज गर् कतिले तरबार छुनसम्म पाएका हुन्नन् तैँले त तरबारको धारमा हिँड्न पाउँदै छस् लौ, मोज गर् मास्टर मोज गर् ।

तेश्रो राष्ट्रिय थारू चलचित्र महोत्सव सम्पन्न,  १ सय ५ जनालाई सम्मान

तेश्रो राष्ट्रिय थारू चलचित्र महोत्सव सम्पन्न,  १ सय ५ जनालाई सम्मान

११८६ दिन अगाडि

|

२ असार २०८०

थारू चलचित्र उद्योगको उत्थान र प्रवद्र्धन गर्ने उद्देश्यसहित सुनसरीको झुम्कामा तेश्रो राष्ट्रिय थारू चलचित्र महोत्सव विहीवार सम्पन्न भएको छ ।  थारू चलचित्र तथा सांस्कृतिक संघको आयोजनामा भएको २ दिने महोत्सवमा थारू चलचित्र उद्योगमा विभिन्न माध्यमबाट योगदान पुर्याउने १ सय ५ जनालाई सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष परशुराम चौधरीले जानकारी दिए । सम्मान कार्यक्रमबाट रेणु चौधरी, निलम चौधरी खवास, सोनु थारु, लक्ष्मी चौधरी, जानकी चौधरी, श्रीनिवास चौधरी, राजेन्द्र भगत, राजु राजदेव चौधरी, कुलदिप चौधरी, केशव रायमाझी, राजकुमार श्रेष्ठ, अरुण कुमार प्रधान, सुवास संकल्प, मेनुका माझी, जय चौधरी, देव कृष्ण बिश्वास, जनक चौधरी, कृष्णदोषी चौधरी, सोमा चौधरी, एण्डिसा चौधरी, वीर चौधरी, हिरा चौधरी लगायतलाई सम्मान गरिएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, पूर्व उपप्रधानमन्त्री विजय कुमार गच्छदारले सम्मानित हुनेहरुलाई सम्मान पत्र प्रदान गरेका थिए ।  यो महोत्सव तथा सम्मान कार्यक्रम पूर्वदेखि पश्चिमसम्म छरिएर रहेका थारू समुदायको कला, संस्कृति र पहिचानलाई फिल्मको माध्यमबाट उजागर र जगेर्ना गर्ने थारू चलचित्रकर्मीहरुको महाउत्सवको रुपमा लिइएको अध्यक्ष चौधरीले बताए ।  महोत्सवमा २०४७ सालमा निर्माण भएको पहिलो थारू चलचित्र ‘करम’सहित हालसम्म निर्माण भएका १ सय १५ वटा थारू फिल्म तथा ८० वटा छोटो फिल्मको एकमुष्टमा परिचयात्मक भिडियो प्रस्तुत गरिएको थियो ।