Above News Title

खेलको भित्री कथा

खेलको भित्री कथा

 

थियो त्यो समय, धारा प्रवाहको 
थियो त्यो समय, एक आन्दोलनको ।
आह्वान थियो आवाजविहीनहरु जुर्मुराउने 
भाषण थियो पहिचान दिलाउने 
विभेद र शोषण मेटाउने ।
आहा क्या थियो त्यो
त्यो एक सपना थियो ।।

कर्मशील भूमिपुत्र 
जसलाई बुझाइयो पहिचान के हो भनेर
सम्झियो आफ्ना दुःखका दिन
सोच्यो अरु जस्तै समान हुने जीवन
लाग्यो त्यो पनि पहिचान पाउने ठानेर
नेताहरुले भनेको जस्तै मानेर 
हुइ टो हुइ, नाइ हुइ टो नाई हुइ
लाग्यो अब फरिया कसेर ।

तर
त्यो एक खेल थियो
जाल झेल र षड्यन्त्रको
दृश्य थियो “सपना”, 
अदृष्य थियो “नियम”
कालो नियमको अखण्ड निसाना 
प्रहार हुने योजना छ ।
जो जनताको मुटुजस्तै प्यारो थियो 
राज्यको नजरमा तारो बन्यो
जसको आवाजमा संगीत गुञ्जन्थो
जसको व्यवहारमा साझा संस्कृति झल्किन्थो 
उ थियो आन्दोलनलाई बोक्न सक्ने 
उ थियो अनेकलार्ई एकमा जोड्न सक्ने 
उ एक क्रान्ति थियो ।
जो सानैदेखि सबैको प्यारो थियो 
तर शासकको राज्यलार्ई तगारो भयो ।
उसले आफूलार्ई थारु मात्र सोचेन
शाषकले उसलाई थारुबाहेक अरु देखेन 
खेल मैदानबाट 
जनताको छोरोलाई पाता कसेर लगियो
खेल बन्द गरियो 
दमन र अत्याचारले सिमा काट्यो 
अदृष्य नियमको अदृष्य अपराध चल्यो 
भूमिपुत्रलाई जेलनेलको डर तेस्र्याइयो
सपना देखाउनेहरु नै नौला शाषक भए
नीति सिद्धान्त र कानुन भजाएर खाने
नौला ठेकेदार भए
पहिचान अब केवल शब्द रह्यो 
पहिचानले शाषकको हिसाबमा 
नाफा घटाउने भयो ।
कसैको नखानु, कसैको नबिराउनु 
न्यायमा अन्याय 
मनभित्र आगो थपियो ।
‘‘
शाषकले समयसंगै 
अर्को खेलको आयोजना गर्यो ।
“चुनाव”
नेपाली जनताले खेल्न नजानेको परिचित खेल
यो खेलको दृश्य थियोः “विकास र समृद्घि”
अदृष्य थियोः “सत्ता”
विकासले पैसा बाँड्यो
सत्ताले शक्ति देखायो 
पैसा र पावरले 
खेल मेदानको प्रतिस्पर्धा भव्य भयो ।
भव्य मैदानमा सभ्य नागरिकको उपस्थिति
शाषकको कल्पना भन्दा बाहिर थियो ।
अब
हिजोको सबै परिदृष्य एक भएर आयो
मनमुटाव एकजुटमा परिणत भयो 
हल्ला नगरी सल्लाह भयो
साहसी भइ सभ्य भए
सहनशील भइ विवेकी भए 
त्यहाँ जनता लडाउने कोही नेता थिएन
आपसमा लड्ने कोही जनता भएन
कसैको सुनेनन्, आफ्नो सुने
कसैको भएनन्, आफ्नो भए
मत विश्वास थियो
विश्वास मत भयो 
परिणाम जित थियो ।
शाषकको खेल जनताको जित 
नेपाली इतिहासमा सुनौलौ दिन ।।
त्यसैले, 
जनविश्वासको अगाडि 
अन्यायको हत्कडी धेरैबेर टिक्ने छैन 
जनताको खेल जनताले जित्नु पर्छ 
                                           कैलाली 

प्रकाशित:

१४८२ दिन अगाडि

|

१० भदौ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७३ दिन अगाडि

|

२७ मंसिर २०७९