Above News Title

आज तिम्रो गोली खाँदैछु

आज तिम्रो गोली खाँदैछु

धेरै सन्धि सम्झौता भए
अनेकौं लोभ लालच देखायौ
त्रास दियौ, प्रताडित गरायौ
तर मातृभूमिलाई अगाध प्रेम गर्ने म थारु 
एक इन्च पनि पछि हटिन 
र त, आज तिम्रो गोली खाँदैछु ।

शिक्षाबाट बञ्चित गरायौ
मेरो धर्म संस्कृति नष्ट गर्यो
ममाथि तिम्रो मनगढन्ते धर्म संस्कार लाद्यौ
म विवश थिए, म अन्धभक्त भएँ 
बल्ल आँखा खुल्यो 
क्रोधले म चिच्याएँ 
र त, आज तिम्रो गोली खाँदैछु ।

अधिकारको लागि लड्न सिकायौ
पहिचानको परिभाषा तिमीले सिकायौ
तिम्रै उक्साहटमा लड्नु पर्यो
घरी घरी मर्नु पर्यो
तिम्रो धुर्त्याई नबुझ्नु भूल रहेछ 
त्यही बदलाको क्रोधले विद्रोह गर्दैछु 
र त, आज तिम्रो गोली खाँदैछु ।

आन्दोलन गर्न उत्तेजित बनायौ
आफ्नै झोले, साइबर स्याले खटायौ
ममाथि गोली बर्सायौ, 
प्रहरी मारिए, बालकलाई पनि छोडेनौ
तर सबै दोष म थारुमाथि थोपर्यो
त्यही दोष चिर्ने प्रयास गर्दैछु 
र त, आज तिम्रो गोली खाँदैछु ।

म थारु यो देशको भूमिपुत्र 
जति पीडा दियौ दियौ
अब सहन सकिँदैन हेर
यदि अत्याचार गर्न छोड्दैनौ भने
होस गर जल्लादहरु
थारु अघि बढ्यो भने 
पछाडि फर्किन जान्दैन ।
          तिलोत्तमा, रुपन्देही  
 
प्रकाशित:

१४३९ दिन अगाडि

|

५ भदौ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३८९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४२३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४३३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३८८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३३७ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३९३ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३२६ दिन अगाडि

|

२७ मंसिर २०७९