विजय कुमारको सम्झनामा ४० वर्ष पहिलेको दाङको मसोट खोला

विजय कुमारको सम्झनामा ४० वर्ष पहिलेको दाङको मसोट खोला

५८० दिन अगाडि

|

१ फागुन २०८१

विद्यालय स्तरबाटै थारु संस्कृति जगेर्नाको प्रयास

विद्यालय स्तरबाटै थारु संस्कृति जगेर्नाको प्रयास

५८३ दिन अगाडि

|

२७ माघ २०८१

दिवाकर पोखरेल दाङको लमही नगर पालिका १ नर्तीको सुर्य विनायक माविमा अध्यनरत छात्रा अरुणीमा चौधरी र उहाँका साथीहरु लठ्ठी नाचमा नाच्दै छन् । शिक्षक छत्र चौधरी र विनोद कुमार चौधरीले मादलको ताल दिइरहँदा हातमा लठ्ठी लिएका छात्राहरुले एक आपसमा लठ्ठी ठोक्काउँदै नाच्दैछन् ।  मञ्चमा नाच भइरहेको छ । अन्य छात्र छात्राहरु डिग्री, खरिया, वरिया लगायतको थारु परिकार बनाउँदै अतिथिहरुलाई खुवाइरहेका छन् । थारु पोषाकमा सजिएका शिक्षक शिक्षीका र छात्र छात्राहरु हेर्दा झट्ट हेर्दा चिन्न अप्ठेरो छ । नजिकै स्टलको व्यवस्था गरि थारु संस्कृति झल्काउने पूराना सरसामान राखिएको छ ।  यो दृश्य  माघ २५ गते  दाङको लमही नगरपालिका ६ मा अवस्थित आदर्श नमुना मावि देउपुरको हो । स्थानीय संस्कृतिलाई संरक्षण गर्ने उदेश्यका साथ विद्यालय स्तरबाटै यसको अभ्यास थालिएको छ । लमही नगरपालिकाको आर्थिक सहयोग र आदर्शन नमूना माविको आयोजनामा थारु संस्कृति र परिकारको प्रदशैन गरिएको हो । प्रथम थारु कल्चरल एण्ड फेस्टीभल कार्यक्रम २०८१ नाम दिएको उक्त कार्यक्रममा आफ्नो संस्कृति सहितको नृत्य प्रदर्शन गर्न र पोशाकर परिकार प्रदर्शन गर्न पनि छात्रछात्राहरु एक आपसमै प्रतिस्पर्धा गरेजस्तै देखिन्थे । थारु संस्कृतिका जानकार तथा अनसन्धानकर्ता उदयराज आलले यस्ता कार्यक्रमले विद्यार्थीले विद्यालय स्तरमै स्थानीय सस्कृतिबारे जानकारी लिने भएकाले स.स्कृति संरक्षणमा महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘संस्कृति संरक्षणको विभिन्न उपाय मध्येको एउटा महत्वपूर्ण कार्यक्रम पुस्तान्तरण पनि हो, जानेकाले दोस्रो पुस्तामा हस्तान्तरण गर्ने कार्यक्रमलाई प्रयोगात्मक रुपमा प्रदर्शन गर्दा निकै प्रभावकारी हुन्छ ।’ आदर्श नमुना माध्यमिक विद्यालयका शिक्षक गृहराज चौधरीले पाठ्यपुस्तकमा लेखिएको कुरा भन्दा विद्यार्थीले प्रत्यक्ष सहभागि हुँदा शिक्षण सिकाई झनै प्रभावकारी हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘शिक्षीकाहरुसँग विद्यार्थीलेसँगै परिकार पकाएका छन् सँगसँगै नाचेका छन् थारु संस्कृति झल्कने समाग्री आफैले प्रदर्शन गरेका छन् यस्ले संस्कृति संरक्षणमा ठूलो टेवा दिएको छ ।’ स्थानीय सरकारले पनि स्थानीय संरक्षण गर्ने काममा लगानी गर्न थालेको छ । लमही नगरपालिका प्रमुख जोगराज चौधरीले विद्यार्थीलाई सधै एउटै पुस्तकबाट एकै खालको कुरा भन्द्या प्रयोगात्मक हिसावले फरक विषयवस्तु शिक्षण गर्दा प्रभावकारी हुने भएकाले स्थानीय सरकारले यस्तो कार्यक्रममा लगानी गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ल हेर्नुस यो कार्यक्रमले अन्य समुदायको लागि पनि सिक्ने अवसर त भयो नी, अनी हाम्रो नयाँ पुस्तालाई आफ्नो संस्कृति यस्तो रहेछ भनेर केहि जानकारी देखेरै थाहा भयो ।’  लमही नगरपालिकाले कार्यक्रमको लागि एकलाख रुपियाँ आर्थिक सहयोग गरेको रकम अपुग भए विद्यालयले लगानी गर्ने आदर्श नमूना मावि देउपुरका शिक्षक तिलक गिरीले जानकारी दिनुभयो । गोरखापत्रबाट

लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनीका लागि आयोजक समिति  गठन

लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनीका लागि आयोजक समिति गठन

५९२ दिन अगाडि

|

१८ माघ २०८१

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देहीको संयोजनमा फागुन १० गतेदेखि १४ गतेसम्म लुम्बिनी ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ का हुन गइरहेको छ । प्रदर्शनीका लागि माघ १८ गते शुक्रवार ४१ सदस्यीय मूल आयोजक समिति तथा विभिन्न उपसमिति गठन गरिएको छ ।  प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख तथा लुम्बिनी प्रदेश समन्वय समिति संयोजक दिनेश्वर महतोका अध्यक्षतामा बसेको भेलाले गठन गरेको समितिमा नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देहीका अध्यक्ष दिलीप रसाइली सह–संयोजक रहेका छन् । त्यस्तै, भेलाले कार्यकारी उपसमिति, डिस्प्ले उपसमिति, आर्थिक व्यवस्थापन, कलाकृति सङ्कलन, स्वास्थ्य/सुरक्षा/स्वयंसेवक/अतिथि सत्कार, विविध कला गतिविधि उपसमितिसमेत गठन गरेको छ ।

‘थारु भाषाके बाइपास करैले नै पाववै’

‘थारु भाषाके बाइपास करैले नै पाववै’

६०० दिन अगाडि

|

११ माघ २०८१

मधेस प्रदेशको कामकाजको भाषामा थारु भाषालाई नसमेटिएपछि बिरोधको स्वर गुन्जिएको छ ।  यसै क्रममा सप्तरीको सुरुङ्गा नगरपालिका कदमहा चोकमा ‘थारु सुमदायमे बाजै वला थारु भाषाके बाइपास करैले नै पाववै’ लगायतको प्लेकार्डसहित कोणसभा गरिएको छ । माघ ११ गते शुक्रवार भएको सभामा सुरुङ्गा नगरपालिकाकी मेयर गीता चौधरी लगायतले सम्बोधन गरेकी थिइन् ।  यसैबीच थारु समुदायको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस)ले यस कदमको विरोध गरेको छ । थाकसका महामन्त्री मिनराज चौधरीद्वारा जारी प्रेस विज्ञप्तिमा मधेश प्रदेश सरकारद्वारा मधेश प्रदेश संसदमा २०८१ माघ ९ गते पेश गरिएको “प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१” मा नेपाली भाषाका अतिरिक्त मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजी भाषालाई मात्र प्रदेश सरकारी कामकाजको भाषाको रुपमा व्यवस्था गरी प्रस्तुत गरेको विधेयकप्रति थाकसको घोर आपत्ति सहित गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ । विज्ञप्तिमा अगाडि भनिएको छः मधेश प्रदेशमा ४.१७ प्रतिशत नागरिकहरुको मातृभाषाको रुपमा रहेको थारु भाषालाई सरकारी कामकाजको भाषाको रुपमा समावेश नगरिएको मधेश सरकारको विभेदपूर्ण कार्यले नेपालको संविधान, वीर शहिदहरुको बलिदानी, जनआन्दोलन, थरुहट, आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, महिला लगायत परिवर्तनका लागि भएका सबै आन्दोलनबाट प्राप्त उपलब्धि, लोकतन्त्र एवं संघीयताको मूल मर्म भावना विपरित मधेस सरकारले वदनीयतपूर्ण तवरबाट ल्याएको विधेयकले थारु भाषा संस्कृतिमा निर्मम प्रहार गरेको छ । यसप्रति थाकस खेद व्यक्त गर्दै घोर भत्र्सना गर्दछ । ०.२३ प्रतिशतको मातृभाषीको रुपमा रहेको हिन्दी भाषा एवं ० प्रतिशत रहेको अंग्रेजी भाषालाई समेट्नु तर नेपालको आदि मानवको रुपमा रहेको आदिवासी थारु समुदाय लगायतको जनबोलीको रुपमा रहेको ४.१७ प्रतिशत थारु भाषालाई विधेयकमा कुनै स्थान नदिनु निकै निदनीय एवं खेदपूर्ण कार्य भनिएको छ ।  यो विधेयकले थारु भाषाभाषीहरुको उपहास गर्दै, मानव अधिकारसमेत हनन गरेको छ भने अन्तराष्ट्रिय श्रम संगठन महासन्धी १६९, आदिवासी जनजाति सम्बन्धमा संयुक्त राष्ट्र सघंको घोषणा पत्रको समेत उलङ्घन गरेको छ । मधेश प्रदेश सरकारले ल्याएको विधेयकमा तुरुन्त संशोधन गरी सरकारी कामकाजको रुपमा “थारु भाषा” समावेश गर्नको लागि मधेश सरकार र मधेश प्रदेश सभाका सांसदहरु संग जोडदार माग गरिएको छ । यसैबीच, चौतर्फी विरोधपछि मधेश प्रदेश सरकारले भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ फिर्ता लिएको छ । शुक्रबार प्रदेश सभामा बोल्‍दै शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले उक्त विधेयकको फिर्ता लिने प्रस्ताव गरेकी हुन् ।

लुम्बिनी प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक अगाडि बढाउने सरकारको तयारी

लुम्बिनी प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक अगाडि बढाउने सरकारको तयारी

६३१ दिन अगाडि

|

९ पुष २०८१

                                                                                                                                        लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशभित्र ललितकलाको थप अध्ययन, संरक्षण र विकासका लागि साझेदारी गरेर अघि बढ्न प्रदेश सरकार तयार रहेको जानकारी दिएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, सदस्यसचिव देवेन्द्र थुम्केली, प्राज्ञ परिषद सदस्यहरु प्रदीप अधिकारी, दिनेश्वर महतो, सौरगंगा दर्शनधारी, पाल्साङ्मो लामालगायत प्रतिनिधिसँग मंसिर ९ गते मंगलवार  बिहान भएको छलफलमा मुख्यमन्त्री आचार्यले प्रदेशभित्रको कला, संस्कृति, साहित्य, सीप, ज्ञानविज्ञान तथा सम्पदाहरूको संरक्षण गर्न साझेदारी गरेर अघि बढ्न तयार रहेको बताएका हुन् । मुख्यमन्त्री आचार्यले प्रदेश प्रज्ञा प्रतिष्ठान गठनका लागि विधेयक अगाडि बढाउने तयारी भइरहेको जानकारी दिए । ‘प्रदेश पज्ञा प्रतिष्ठान गठनका लागि विधेयक अगाडि बढाउँछौं’, उनले भने, ‘प्रदेशभित्रको कला, साहित्य, संस्कृति, सम्पदा संरक्षणका लागि सरकार प्रतिबद्ध छ ।’ कुलपति हार्तम्छालीले प्रदेशमा ललितकलाको अध्ययन, अनुसन्धानको विषयलाई प्राथमिकतामा राख्न अनुरोध गरे । कलाकृतिहरूको सृजना तथा तिनको प्रदर्शन गर्नुका साथै कलाहरूको विविध विधामा अध्ययन, अनुसन्धान र अन्वेषण गर्न जरुरी रहेको उनले बताए । भेटमा ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र थुम्केलीले दाङको गढवालाई सेरामिक्स हब बनाउने गरी कार्यक्रम अघि बढाएको जानकारी दिए । देशकै सेरामिक्स हब गढवा बन्ने, यहाँको माटो र माटोबाट बनेका भाँडा विश्वबजारमा पुर्याउने, वार्षिक रु १० देखि १५ करोडको कारोबार गर्न सकिने सम्भाव्यता अध्ययनले देखाएको छ । यसका साथै प्रादेशिक ललितकला प्रदर्शनीको आयोजना गर्न थालिएको बारेमा समेत जानकारी गराइएको छ । रासस   

ए साथीः एकछिन बिसाउनुस् न भारी 

ए साथीः एकछिन बिसाउनुस् न भारी 

६३६ दिन अगाडि

|

३ पुष २०८१

                                                                                                                                                                     तस्विरः कृष्णराज सर्वहारी केवी चौधरी ए साथी, एकछिन बिसाउनुस् न भारी यो चौतारीमा बसेर  लालुपातेको फूलसंग  धित मरुन्जेल बात मारौ  परको त्यो उखुबारीमा पारिलो घामसंगै  उखुको रस सरि  प्रेमको अनुभूति गरौं  प्लस र माइनसको दुःखद जन्जाल त्यागेर  यादहरुको बिच्चबाट एउटा रुमानी कथा सम्झिदै  वर्षौदेखि हराइरहेको कालपारे दाइलाई सम्झना गरौ हामीले खेलेका  छुर र घोरबासाको लय लाई नकुल्चिकनै  वर्तमानको यो दौडलाई गति दिने सल्लाह गरौ म होइन  हामीले नै गुर्बाबाले निर्माण गरेको  बाँसघारी पारीका सुन्दर बस्तीहरुलाई सजाउने प्रण गरौ  महत्वाकांक्षाको भीडबाट टाढा कतै  सरलताको छहारीमा  शितलताको बहस गरौं  खेन्वाको डिलमा बसेर  दिलको गहिराइबाट  एक मुठी मुस्कान मिसाएर  छब्वा मिन्ही संगै भिउँरामा माछा मार्ने सल्लाह गरौ  र बर्सेनि आउने माघको  यो टिट्त्याउने  जाडोलाई   सर्लक्कै ओढेर  अधुरो त्यो बसन्तको कल्पना गरौ । ए साथी, एकछिन बिसाउनुस् न भारी                              गुलरिया, दाङ 

माटो, पसिना र मेरा बा

माटो, पसिना र मेरा बा

६३८ दिन अगाडि

|

२ पुष २०८१

यो धर्तीमा सुन फलाउने मेरा बाको पसिना र कोदालो त्यस्तै शित्तलता दिने रातो कमिज र हँसिया कसले लुकायो ? कसैलाई थाहा छैन बा,का हृदयमा सजाइएका राता सन्देशहरु पल–पल सम्झिरहने दमनमा बलिरहेका आगोबाट कसरी सफल भयो, अक्टोबर क्रान्ति ? जब बर्सिन्छन् बर्षातहरु बा,का आँखाबाट आँसु झर्छन् सावन–भदौका बर्षा जस्तै जहाँ हरेक आँसुका बुँदा–बुँदामा क्रान्तिका भुइचालो आउँछन्, ज्वारभाँटा र ज्वालामुखी बिष्फोट हुन्छन् र, संग–संगै म देख्छु सामन्तहरुका दरबार ढलिरहेको भ्रष्टहरुका किल्ला भट्किरहेको । तर, म यो पनि देखिरहेछु मेरा बा,ले बनाएको यो सुन्दर इतिहास किन कसैले लेख्दैन ? भेगवा, अगुच्छा, फेटा पारेर नाङ्गो शरीर र भोको पेट र, भुत्तिएको कोदालीले कति दिन यो माटो खनिरहनु होला ? खिया लागेका हँसिया र छिट्रिएका हथौडाले कसरी ती झारहरु हटाएका होलान् ? मेरा बा,ले कहिल्यै मार्क्स, लेनिन र माओका नाम सुनेका छैनन् तर, बा,लाई यत्ति कुरा जरुर थाहा छ माटो खनेपछि उर्वर हुन्छ पानी सिंचेपछि चिस्यान आउँछ र, सिर्जनाका हजारौं रंगहरू उम्रन्छन् पसिनाका कैयौं दानाहरू फल्छन् ।