राप्ती साहित्य परिषदबाट दुई दर्जन स्रष्टा पुरस्कृत हुँदै

राप्ती साहित्य परिषदबाट दुई दर्जन स्रष्टा पुरस्कृत हुँदै

५१६ दिन अगाडि

|

५ वैशाख २०८२

प्रज्ञा-प्रतिष्ठानको पुस्तक प्रदर्शनीमा ४०देखि ६० प्रतिशतसम्म छुट

प्रज्ञा-प्रतिष्ठानको पुस्तक प्रदर्शनीमा ४०देखि ६० प्रतिशतसम्म छुट

५१८ दिन अगाडि

|

३ वैशाख २०८२

"सबै भाषा,सबै ज्ञान,सबैको प्रज्ञा-प्रतिष्ठान"भन्ने उद्घोषसहित नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानको भानुभक्त कक्षमा पुस्तक प्रदर्शनीको समुद्घाटन रातो रिबन काटेर गर्नुभएको थियोे। उक्त पुस्तक प्रदर्शनी वैशाख २ गतेदेखि १८ गतेसम्म रहने छ। उक्त प्रदर्शनीमा २०७० सालअघि प्रकाशित भएका पुस्तक तथा पत्रिकाहरू६०% छुट र २०७१ सालयता प्रकाशित भएका पुस्तकहरू खरिद गर्ने व्यक्ति वा संस्थाका लागि विशेष ४० %को छुट दिइएको छ । प्रदर्शनीमा अमरकाेश,नेपाली साहित्यकाेश,काैटिल्यकाे अर्थशास्त्र ,जाँ ज्याक रुसको कन्फेसन्स, ईषाादि नोै उपनिषद्, ग्रिक महाकवि हाेमरको ओडिसी, हरेराम जाेशिकाे प्राचीन अभिलेख, गुमानसिंह चाम्लिङकाे एरिस्टाेटल र उनका काव्य शास्त्र 'पेरी पाेइएतिकेस' लगायतका पुस्तकहरू प्रदर्शनीमा राखिएको छ। साथै नेपाली भाषा, साहित्य ,संस्कृति, कला ,इतिहास, दर्शनशास्त्र र समाजशास्त्र लगायतका पुस्तकहरू प्रदर्शनीमा राखिएको छ।प्रज्ञा-प्रतिष्ठानका पुस्तकहरू पाठकसामू पुर्याएर पठन संस्कृतिलाई विस्तार गर्न उक्त प्रदर्शनीले सहयोग पुर्याउने छ।प्रदर्शनीमा अनुसन्धानात्मक , संस्कार र संस्कृति तथा विभिन्न भाषाका काेशहरू राखिएको छ।

लवका वरिस, जुरशीतल आ बरका मेला

लवका वरिस, जुरशीतल आ बरका मेला

५२० दिन अगाडि

|

१ वैशाख २०८२

मुना चौधरी लवका वरिसमे चैतके निन्हलाहा वैशाख १ गतेअर्थात् लवका वरिसके दिन खाइछै । चैतके अन्तिम दिन बरी, कचरी, पकौरी, बैगनी, चप, पियाजी बनाइछै । या फोफी फुलाइछै । सजुवाइन, अलहु, परोरके तरूवा तरैछै तेलपौर रोटी, दाइल बला रोटी, खिर, पुरी,  ठकुवा या जिलेबि बनाइछै । साझतकमे मर मेजवानसब झरैले लागैछै ।  लवका वरिसमे आफन्त सब एक दोसरके घर मेजवानी जाइछै  । मर मेजवानसब आबैछै तेकरवाद मर मरमेजवान या घरवैसा मिलके खाना खाइछै या पुरनका सालके बिदाह करैछै। बिहानके के परोसिया या आफन्तसब  येक दोसरसे  लवका वरिसके शुभकामना आदानप्रदान करैछै । तेकरबाद जलखैमे चैतके निन्हलाहा तरूवा बगहरूवा या तेलपौर रोटी खाइछै । येकरे कहैछै चैतके निन्हलाहा वैशाखमे खेनाइ । बिहाने घरघरमे छगरा, खसी काटैछै । भातमे बास्मती चौरके भात, खसीके मौस, रहाइरके दाइल, अलहुके सनुवा या तरू वावगहरूवा, बरी कचरी खाइछै  । मर मेजवान या घरवैसासब मिलके मासु भात ख्याके सिरहा जिल्लाके लहान भोटियाटोलके सलहेश फुलवाइर मेला देखैले जाइछै । आइ मेलाके फुलवारी मेला सोहो कहैछै। सलहेश फुलवाइरके गहवर अगारीके गाछमे चैत मैहनाके अन्तिम दिन फुलके कोपिला टुसाइछै या वैशाख १ गते फुल फुलैछै । यहया जादुमय फुल या मेला  देखैले नेपालभितरके या भारतीय दर्शनार्थीसब आबैछै । यी मेला दुई दिन लागैछै । चैत मैहनाके अन्तिम दिन लागैवला मेलाके कनकि मेला कहैछै । वैशाख १ गते लागैवला मेलाके बरका मेला कहै छै । यहै दिन मणिक दह, पताइर पोखैर, सिरहा बजार, कमल दहमे या गाम गाममे मेला लागै छै । मेला देखके आबैछै तेकरबाद । गाममे राइतभोइर नाच हैछै । गामके सबकोइ राइतभोइर जाग्राम रैहके नाच देखके लवका वरिस मनाइछै । बिहानके घरके बुज्रुक सब आपन शाखा सन्तानके मुरीमे जुर पाइन द्याके सैब दिन शान्त या शीलत रहे कैहके आशिर्वाद दैछै । बुज्रुकसबके टाङमे जुर पाइन द्याके गोर लागैत शाखा सन्तान सब बुज्रुकसबसे आशिर्वाद थापै छै । येकरे कहै छै जुरशीतल । वैशाख २ गते  लहान न. पा.  मे  पकडियागढ मेला लागैछै । लवका वरिसके दोसर दिन सक कोइ पकडियागढ मेला देखैले जाइछै  । तेकरवाद वैशाख मैहनाभोइर सप्तरी जिल्लामे शम्भुनाथ मेला लागै छै । मैहना भोइर मेला देखके  या आफन्त सबके भेटके तराईबासीसब लवका वरिस मनाइछै । यहाँ सब लवका वरिस कनङ्खे मनाइचियै ? प्रतिक्रियामे कहु ।

वर्तमानको ‘लौटल मनिया’ कथासंग्रहको परिचर्चा सम्पन्न

वर्तमानको ‘लौटल मनिया’ कथासंग्रहको परिचर्चा सम्पन्न

५२२ दिन अगाडि

|

३० चैत २०८१

आख्यानकार गणेश वर्तमानको थारु भाषाको कथासंग्रह ‘लौटल मनिया’को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । चैत ३० गते शनिवार कीर्तिपुर, पाँगास्थित बरघर रेस्टुरेण्टमा ठुम्रार साहित्यिक बखेरीको १०३औं भागको श्रृंखलामा उक्त पुस्तकको परिचर्चा गरियो ।  पुस्तकबारे साहित्यकार डा कृष्णराज सर्वहारीले आख्यानकार वर्तमानका प्रायः सबै कथाको लेखनी आत्मपरक शैलीमा एकै धर्रामा आएकाले लेखनशैलीमा विविधता आउनु पर्ने बताए । उनले कथाको दृष्य, वातावरण पनि आख्यानकारको बर्दिया, ठाकुरद्वारा, गोब्रैला गाउँको वर्णनमा सीमित रहेकोमा यसको दायरा फराकिलो बनाउनुपर्ने धारणा राखे । उनले कथा संग्रहमा समग्रमा बाबु छोराको कथामार्फत् द्वन्द्वकाल, थारु समुदायको अन्धविश्वासको चिरफार गर्न सफल भएको बताए ।  आख्यानकार मानबहादुर पन्नाले थारु कृतिको समालोचना हुन नसकेकोमा यस्ता कार्यक्रम गरी नवप्रतिभाहरुलाई हौसला दिनुपर्ने राय व्यक्त गरे । शत्रुघन चौधरीले कथामा केही नेपाली तथा अंगे्रजी शब्द पनि परेकोमा मौलिकता दिन औंल्याए । कथाकार गणेश वर्तमानले ९औं थारु साहित्य राष्ट्रिय सम्मेलनमा पुस्तक विमोचन गर्नैपर्ने दवावका कारण केही कथा हतारमा लेखिएकाले आफैलाई चित्त नबुझेको बताएका थिए । उनले आउँदो कृति प्रकाशन गर्न हतार नगर्ने जनाए ।  कार्यक्रममा भूमिका थारु, शत्रुघन चौधरी, मानबहादुर पन्ना, गणेश वर्तमान, रामधनी चौधरी, नन्दुराज चौधरी, इन्द्र चौधरी, जगत वाशिष्ठलगायतले रचना सुनाएका थिए । त्यसैगरी, थारु विद्यार्थी समाजको हालै नवलपरासीमा सम्पन्न महाधिवेशनबाट विजयी नवनिर्वाचित अध्यक्ष विमल चौधरी, वरिष्ठ उपाध्यक्ष दिनेश दहित, उपमहासचिव अर्नव चौधरीलगायत पदाधिकारीहरुलाई ठुम्रार साहित्यिक बखेरीका संयोजक डा सर्वहारीले खादा ओह्राई सम्मान गरेका थिए ।  त्यस्तै, कार्यक्रममा द भ्वाइस अफ नेपालको सिजन ६ को उत्कृष्ट ३ मा परेका बर्दियाका दृष्टिविहीन गायक विकास थारुले आपूmलाई भोट माग्दै थारु र नेपाली गीत सुनाएका थिए । हेर्नुहोस् गीतको लिंकः  https://www.youtube.com/watch?v=lDiN7mhQxx4

किन गरिदैछ सवाल कसको हो टीकापुर ?

किन गरिदैछ सवाल कसको हो टीकापुर ?

५५५ दिन अगाडि

|

२६ फागुन २०८१

टीकापुर साहित्य महोत्सवमा हरि शर्माको विद्वत प्रवचन कसको हो टीकापुर ? भन्ने प्रश्नको सेरोफेरोसंगै घुमे । हो, मेरो मानसपटलमा पनि यो प्रश्न त छ नि ? उत्तर कुन कोणबाट खोज्ने ? पहिचान  के आधारमा दिने ? यावत प्रश्नहरु एक हिसावले स्पष्टताको लागि उठाइएको पक्कै होइन । यहाँ को पहिला आए अथवा को पछि आइपुगे ? भन्ने वहस त साँचिक्कै नहुनुपर्ने हो । लोकतन्त्रको सिद्धान्त अझ लोकतन्त्रका हिमायति थारुलाई नपढाए हुने हो । पश्चिमा ज्ञान मिमांशाले परिभाषित गर्ने लोकतन्त्रबारे सिलसिलेवार मिलाएर थारुले भन्न नसक्लान तर लोकतन्त्रको मुल्य र मान्यता अनुसार सहनशिलता सशक्त औजार रहेको बताउन कुनै आइतवार पर्खिनु पर्दैन थारुलाई । यी सबका बाबजुद जब कसको हो टीकापुर ? भन्ने सवाल तेर्साउने काम गरिन्छ अनि टीकापुर थारु विद्रोहको वैधता प्रति प्रश्न उठाएको मलाई भान हुन्छ । जे होस् यसमा म सोह्रै आना गलत हुन पाउँ । रैथाने थारुको लागि टीकापुर धर्तिमाता हो तर त्यहीं बाहिरियाको लागि टीकापुर वस्तु भएको छ । रैथाने थारु टीकापुरलाई पूजा गर्दा हुन तर बाहिरिया प्लटींग गरेर बेच्दा हुन । कर्णाली किनारका जमीन उपर गिद्धेदृष्टि लगाउनेको कमी छैन । रातारात धनि बन्ने चिन्तन बोकेका मानिसहरु टीकपुर चिन्न सके, जसरी मौजुदा राज्यसत्ताले चिनाउन चाहेका थिए । मालपोत र नापी कार्यालयको मिलोमतोमा नगर विकास समितिका पदाधिकारीको फेहरिस्त लामै होला तर यसलाई पनि ढाकछोप गर्न सेटिंगमा काम हुन थाले । त्यसैले, टीकापुरलाई मृत बनाउन लोकतन्त्रको खोल ओढेरै काम कारवाही अगाडि बढाएका हुन । अझ लामो समयसम्म राज्यधारी सम्भ्रान्त समुहकै नेतृत्वमा टीकापुर हेर्दा हेर्दै उजाड बने कारण २०६९ सालपछि मात्र थारुले पूज्ने धर्ति माता टीकापुर वेसहारा बनेको उनीहरुलाई विश्वास भयो । न्याय, स्वाभिमान, पहिचान लुटिएको महसुस भयो । अनि अस्तित्वको लागि लड्नुपर्छ भन्ने बोध भयो । यी सब हरि शर्माले भर्खर टीकापुर साहित्य महोत्सवमा मात्र महसुस गर्न पाउनु भएको हो जस्तो लाग्यो र विशिष्टताको जगलाई नजरअन्दाज गर्दै आफ्नै प्रश्नको उत्तर दिन अलमलिनु भयो । पश्चिमा ज्ञानको उपभोक्ता बने पश्चात लिनियर वे मा तर्क गरिन्छ तर जिरो सम गेम परिणाम हात लाग्ने विषय बिर्सिन भने हुँदैन ।

जोतहनके गाउँ जोतपुरसे सिखे पर्ना सिख्खा

जोतहनके गाउँ जोतपुरसे सिखे पर्ना सिख्खा

५६३ दिन अगाडि

|

१८ फागुन २०८१

जट्टिक कलसे जोतपुर जोतहनके गाउँ हो, जे आपन पस्नम, आपन श्रमम विश्वास कर्ठ । उ गाउँक हर मनै किउ कलमसे जोट्ठ, किउ भाषणसे जोट्ठ, किउ आपन माटीम कोड्रा चलाक रकट चुहाक धर्ति फरगर करैठ । गाउँ सुधारक लाग औरक अस्या लागक नैपरट कना उदाहरण हो जोतपुर, जहाँ सबजे सचेत हुई एक हुई, पछ्गुरलपनह हटाइकलाग एकगठ होक समाज सुधार कर्ना कैख संस्था खोल्ठ । थारु समुदायक हर सवाल उठान करक लाग लागमेर कर्ठ । एक आपसम छोटसे बर मनैन्ख सम्मान कर्ठ, एक सभ्य गाउँ, एक अनुशासित गाउँ, जहाँक ठँर्यन आपन गाउँक लर्कन मजा डगर नेंगाइक लाग सुर्टा हरदम सुर्टा लेठ । ढ्यार दिनसे एक बात मनम काँटा गरहस चसकचसक कर, थारु साहित्य राष्ट्रिय सम्मेलन कर जाइटि, देशदुन्यासे कबिलन बलाइटि,कहुँ मेजमानीम कमि हुइ ट ? कठ ‘एक दिनके खान, सौ दिनके बखान’ । मनो ओकर ठिक उल्टा हुइल, रस रस यी सुर्टाह चुट्कीसे छुमन्टर करडेल जोतपुर गाउँक कबिलन । दुरदुरिक कबिलनके बैठाइसे लैख, खानपीन, नाचखोर डेखाक हमार मन हलुक कराडेल । राजापुर नगरपालिकाके सहयोग अतुलनिय रह, थारु भाषा, साहित्य, संस्कृतिम नगरप्रमुखके लगाव देख्ख फोँहि लागल । यूनिक नेपालके चाक्कर ओज्रार अंगनम गहजर गहजर मन्ड्रक नाच हेर्टी सुहावन रह । थारु लोक कला साहित्य, संस्कृति बचाईक लाग करल युनिक नेपालके बखान म्वर यी शब्दसे कर्लसे न्याय नै हुइ । जोतपुर जोधनक गाउँ ठर्हल, सक्कुजे एकगठ होक यी सामाजिक जुम्मा मान्ख एक्को झन्झट नै मन्ल । देवदुर्गनके पुजापाठ समझ्क, रात बिराट कबिलनके रेखदेख, स्यावा, सुरक्षम ध्यान डेहल देख्ख बहुट सुरक्षित लाग । जोतपुरके बारेम एक्ठो बाबु महा लिरौसीसे बखान कर्लि । गाउँक जग्घक चक्लाई, घरकुर्या, मनैनके जनसंख्या सक्कु मेरिक । उ तथ्यांक सुन्क ट लागट महि, आब राजापुर नगरपालिका केल नाई बर्दिया जिल्लम सब्बे शिक्षित गाउँ कौन हो कलसे सब्के मुहमसे जोतपुर निक्रने बा का कर कि घर घरसे निजामति सेवा, शिक्षा सेवा, उच्च ओहदाके सरकारी अधिकृति ओह जोतपुरके बिल्गठ । कला, संस्कृति, नाचखोरम फे महा आघ बाट गाउँक मनै, मर्डन ओ जल्यावन सब मिल्ख समाबेशीक केल नाही, बल्कि कामक जुम्मा फे महा लोभलग्टिक लागल । लर्का फे किउ कम नै ठर्हल, उ गाउँक हर लर्का शैक्षिक सामाग्री बनाख प्रदर्शनी कर्ल रल्ह । आब्बहसे आपन लर्कन थारुन्क हस्तकला, मौलिक चित्र बनाइ सिखाइट । कठ जस्ट ब्वाँट लगैबो ओस्ट त फारा फरि, आज उ गाउँक मेलमिलाम, सद्भाव, संस्कार डेख्ख मै नाजवाफ बाटु । थारु भाषा साहित्य साधनम लागन ढ्यार साहित्य सर्जकके पोस्टक घुर्घुट खोलाई हुइल । साहित्यक फँट्वाह फर्गर करुइया, आपन रकट पस्ना मिलुइया मैगर डाडु सुशिल चौधरीह थारु साहित्यक पुरस्कार ओ दर्जनौ अनाथ बच्चनके डाई सानु चौधरीह प्रतिभा महिला सशक्तिकरण पुरस्कारसे मानमर्जाद कर पाक फे मनम फोँही उठल । थारु समुदायसे ६ ठो विद्यावारिधि करुया थारु विद्धानहुकन फे सम्मान कर पैली, जिहिसे यी ९वौ थारु साहित्य राष्ट्रिय सम्मेलनके इतिहासम लौव कामक ढर्का खिच गैल । हर बरस हमार थारु साहित्य सम्मेलनके उद्देश्य रहठ, जौन ठाउँ कर्बो, उ ठाउँ परिबेशसे नखाईल मुद्दा, सवाल उड्गराक सम्बन्धित निकाय, सरोकारवालनके ध्यान खिच्ना । ओह ओर्से शिक्षा क्षेत्रम मजा संभावना बोकल राजापुरके शिक्षक डगरम विषयगत विद्धानहुकनसे मुरी माठ लरागैल । राज्यके नजरसे ढुंगिल बिल्गैना उ बिकासके कटबेन्ह्वा कसिन हटैना बातम फे दन्त बझान हुइल । ओत्र केल नाही, थारु लोक गाथा बर्कीमार ओ पन्डावनके चरित्रम फे गुरसुरावन हुइल । द्वन्द्वकालके उ दर्दनाक घटना जहाँ ६८० ठो द्वन्द्व पीडितके केक्रो हत्या कैगिल त किहुँ बेपत्ता पारगैल ओ १०२ जे ट आपन शरिल सह्यार नैसेक्ना अपांग होगिल, ओइनके सवालम फे थारु आयोग ओ स्थानीय सरकारसे जवाफ खोज्गैल । युनिक नेपाल जे सामाजिक रुपान्तरणके बर्वार काम कर्टि आइल बा, ओकर बखान कर्क नै डटकर्लि । दिनभरिक बुद्धिबिलाससे डट्करल मनह हलुक बनाइक लाग देशभरसे आईल ठँर्यन्क गीत, गजल, मुक्तक सुन्क मन हहराइल, अंगना चम्पन लागल ।  ड्वासर दिन बिन्ह्यसे १२ ठो सफल मनैनके जिवन्त अनुभव सुन्ख मनम काँटा फुल, आँग झमझमाए, बल चुरचुराए कि मै फे ओस्ट बनम । अपांग रहल मनैन हम्र सड्डभर हिउहैबो लेकिन फरक क्षमता रहल अल्लु अर्जुनके संघर्षसे बहुट भेम्ह्रल युवनके निंद खोल डिहल ।  द्वन्द्व पीडितके दुख सुन्ख आँस नै रोक सेक्गैल, महा पस्टो लागल कास उ सब मनैन जे मारगैल, बेपत्ता पारगैल, अपांग बनागैल, ओइन उ पीडासे बचाइसेक्जाइठ ट ? युवा उद्यमी, पर्यटन व्यवसायी, जनप्रतिनिधि, शिक्षक, सेना, आयोगके आयूक्त हुकनके जीवन संघर्ष ओ प्रभावशाली कथासे मनैन हुरचुला डेहल ।  हमार संम्मेलनह देश बिदेशसे एक कप चिया, पठुइया सक्कु मैगर कबिलन सम्झली ओ धन्यवाद डेली । ओत्र केल नाही, यी एक कप चिया गाला कलक राज्यह प्रतिकात्मक पेंचमर्ली कि कैह्यासम हम्र सवट्यक लर्कनहस रना ट ? ठुम्रार बसघरा बातचितम पुरुबसे पच्छिउक घरगोस्यन खोब गाला उरैल, आपन डुखडुख्वास साटफेर कर्ल ।  थारु भाषा, साहित्य, संस्कृतिह मैया करुइया राजधानीक नामुद सलिमा बनुइया मनै फे आपन प्रबचनसे हमार सम्मेलन आउर चोखा करैल । सलिमा का बनल, का नैबनल ? पैढारम थारुन्के साहित्यिक खेट्वा क्वार बा, अभिनसम किउ हरफार जोट्ल नैहुइट, यी काजे पर्टि ढर्ना कैख हम्र  खोब डक्लावा पैली । ३०० से ढ्यार मनैनक जुट्ह्याला महा गुड्गर रह, जहाँ पूर्व मन्त्री, आयोगके आयूक्त, नगरप्रमुख, संस्कृतिविद्, विषयगत ज्ञाता, शिक्षक, बरघर, साहित्यकार, लेखक, पत्रकार, ठँर्यन, जल्यावन, लर्कापर्का सबमेरिक मनैनके कचहेरी रह, जहा हर मनै आपन मनमौजी बात पुछ पाइठ, आपन बात लिरौसीसे ढार पाइठ । उ सक्कु मनैन फेर्को म्वर ओर्से धन्यवाद बा जे आज हमार साहित्यिक आङ्ग हल्क्वा डेहल । देशभरिक कबिलन जे आपन अमुल्य समय ओ आपन कृति, रचना लैख उपस्थित हो डेहल,  उद्यमी ओ समाजसेवीन जे आपन सामाजिक जिम्मेवारी समझख यी सम्मेलनम आर्थिक जुटा डेहल,  पत्रकारन जे आपन कलमसे हमार सनेस देशदुन्या छिट्का डिहल,  जोतपुरक बरघर बगाल जे हमार खानासे लैख बैठना व्यवस्था एकदम मजा बना डेहल,  यूनिक नेपालके टिम जे आपन श्रोतसाधन, प्रविधि, आर्थिक सहयोगसे यी सम्मेलनह लिरौसी बना डेहल, राजापुर नगरपालिका जे थारु भाषा, साहित्य, लोक कला, संस्कृति, परम्परा, इतिहासक सहचिन बचाइक लाग बहुट भारी योगदान करल । यी सक्कु बाट सुनाख आज म्वर मन रुवाहस हलुक हुइल बा, यी हमार साहित्यक महाअभियानम सङ्ग नेंगुइयनक हर उ पउलीक माटीक टिका लगाख सुरबाद लेहटु । जयगुर्बाबा  

थारू साहित्य राष्ट्रिय सम्मेलनको कठिन यात्रा 

थारू साहित्य राष्ट्रिय सम्मेलनको कठिन यात्रा 

५६६ दिन अगाडि

|

१४ फागुन २०८१

१. विषयप्रवेश मेरा घनिष्ट मित्र सुशील चौधरी इन्सेकको जागिरको सिलसिलामा २०७१ सालमा काठमाडौं उक्लिए । उनलाई स्वागत गर्ने क्रमसँगै थारू कविता वाचन कार्यक्रम २०७१ माघ २३ गते मेरो डेरा कीर्तिपुरमा राखियो, जुन डेरामा म २४ वर्ष बसें । यसरी कविताको बौछारबाट मित्र सुशीलको स्वागतपछि थारू कविता वाचन कार्यक्रमले मासिक रूपमा निरन्तरता पायो । कोरोना कालमा श्रृंखलाले निरन्तरता नपाए पनि ऐतिहासिक एक सय श्रृंखला पार गरिसक्यो ।  हरेक महिनाको अन्तिम शनिवार कीर्तिपुर, पाँगाको बरघर रेस्टुरेन्टमा भैरहेको श्रृंखलालाई ठुम्रार साहित्यिक बखेरी नाम दिइएको छ । बखेरीबाट थारू साहित्यको सामयिक संकलन ‘परगा’ प्रकाशन गरिएको छ । यो आलेख भने थारू साहित्य राष्ट्रिय सम्मेलनको यात्रा वृत्तान्तमा केन्द्रित छ, जसको सुरुवाती आधार कीर्तिपुरको ठुम्रार साहित्यिक बखेरी थियो, जसको पिलर थिए मित्र सुशील । २. पहिचानको लडाईंमा भाषाको कुरा २०७२ भदौ ७ गते टीकापुरमा भएको थारू आन्दोलनकारी र प्रहरी बीचको भीडन्तमा ८ प्रहरी र एक नाबालकको मृत्यु तथा अर्को दिन कफ्र्यूका बीच थारू समुदायका व्यक्तिहरूको घरमा छानी छानी आगजनीको घटनाले मित्र सुशील र मलाई नराम्ररी हल्लायो । टीकापुरमा भएको थारू आन्दोलनकारीको एउटै  उद्धेश्य थियो, टीकापुर नगरपालिकाको कार्यालयमा थरुहट स्वायत्त प्रदेशको ब्यानर टाँग्नु र कोणसभा गर्नु । तर, अनावश्यक हस्तक्षेपपछि नसोचेको स्थिति उत्पन्न भयो ।   भाषा हराए संस्कृति हराउँछ, संस्कृति हराए पहिचान । हामीलाई लाग्यो, थारू भाषा, संस्कृतिको संरक्षण नहुँदासम्म आन्दोलनकारीहरूले माग गरेको नाम मात्रको ‘थरुहट प्रदेश’को औचित्य रहन्न । मित्र सुशीलसँग बिहान, बेलुकाको कैयौ कफी गफको निश्कर्षमा दसैंको छेको पारेर काठमाडौंबाट कञ्चनपुरसम्म जनमत बुझ्न थारू साहित्यिक गोरपासु (अभियान) लिएर जाने योजना बन्यो । र, हामी दौडियो गोरपासुमा ।   ३. थारू साहित्यिक मेलाको परिकल्पना २०७२ दसैंको छेकोमा काठमाडौंबाट कञ्चनपुरसम्म थारू साहित्यिक गोरपासु (अभियान) ले दाङदेउखुरी, बाँके, बर्दियासम्म पाइला टेक्दै ५ स्थानको साहित्यिक कार्यक्रममा सहभागिता जनायो । कैलाली, कञ्चनपुरको यात्रा अपुरो रह्यो । तर, यस अभियानको ठूलो उपलब्धिको रूपमा थारू साहित्यिक मेलाको परिकल्पनाले मलजल पायो । फाइन प्रिन्ट लगायतले ‘एनसेल लिटरेचर फेस्टिभल’को परम्परा बसालिसकेका थिए । त्यस्तो सुरुवात थारू साहित्यकेन्द्रीत किन नगर्ने भन्ने सवालमा सबैले गर्नैपर्ने सुझाए । सोहीअनुरूप राजधानी फर्किएलगत्तै हामीले २०७२ सालबाटै प्रत्येक वर्ष थरुहट क्षेत्रको जिल्लामा थारू साहित्यिक मेला आयोजना गर्ने गृहकार्य थाल्यौं ।  ४. थारू साहित्यिक मेलाको सुरुवात २०७२ चैतको अन्तिम साता दाङको घोराहीमा पहिलो थारू साहित्यिक मेला तय गरियो । तर, विविध कारणवश २०७३ वैशाख ३ र ४ मा कार्यक्रम सार्नु पर्यो । उद्घाटन घोराही तथा सेसन सत्र राजपुर गाउँमा गरिएको पहिलो थारू साहित्यिक मेलामा थारू कविता, आख्यानदेखि दाङ र कैलालीको थारू साहित्यको अवस्थाबारे पनि कार्यपत्र प्रस्तुत गरिएको थियो ।  त्यस्तै, लावा डग्गर थारू साहित्यिक त्रैमासिकको यात्रा र जंग्रार साहित्यिक बखेरीको साहित्यिक अभियान, थारू भाषामा मानकताको प्रश्न गरी ६ वटा कार्यपत्र प्रस्तुत गरिएका थिए ।  कार्यक्रममा थारू भाषाको पहिलो पत्रिका गोचाली (२०२८) का संस्थापक महेश चौधरी, भगवती चौधरी लगायत चारजनालाई सम्मान गरियो । यसै कार्यक्रममा थारू लेखकहरू संगठित हुनुपर्ने महसुस गरी यसै पंक्तिकारको संयोजकत्वमा थारू लेखक संघ नेपाल पनि गठन गरियो । अहिले जिल्ला प्रशासन कार्यालय, कैलालीमा थारू लेखक संघ नेपाल दर्ता गरिएको छ । यसका ४ दर्जन संस्थापक सदस्यहरुसँगै आजीवन सदस्यता लिनेहरूको चासो बढेको छ ।  थारू लेखक संघमा अक्षय कोष खडा गरी थारु साहित्य पुरस्कार तथा थारु महिला प्रतिभा सशक्तिकरण पुरस्कार स्थापना गरिएको छ, जसको राशी क्रमशः ५० हजार र २५ रुपैया रहेको छ । प्रत्येक वर्ष पुरस्कारको राशी बढाउँदै लैजाने योजना रहेको छ ।  थारू साहित्यिक मेलाको दोश्रो भाग कैलालीको पटेला (धनगढीबाट ५ किमी पूर्व) मा २०७३ चैत १९ र २० गते गरियो । दोस्रो कार्यक्रमबाट हामीले कार्यपत्र प्रस्तुतिको फर्मेट हटाएर अन्तरसंवाद कार्यक्रमलाई जोड दियौँ  । बोझिलो कार्यपत्रभन्दा अन्तरसंवाद कार्यक्रमले सहभागीलाई बढी जाँगरिलो बनाएको हामीलाई महसुस भयो । थारू पृष्ठभूमिमा निकै कथा लेखिसकेका रामलाल जोशी दोस्रो थारू साहित्यको मेलाको प्रमुख आकर्षण भए । ‘ऐना’ कथा संग्रहमा थारू चेलीहरूको हुर्मत लिइएकोबारे धेरै थारू स्रष्टाहरूले प्रश्नको बौछार गरेर उनलाई र्याखर्याख्ती पारेका थिए । जोशीले भनेका थिए,‘आख्यानमा अधिक यथार्थ, थोरै कल्पना हुन्छ । मेरो कल्पनाशीलताले थारू समुदायको चित्त दुःखेको छ भने माफी चाहन्छु । तर, तपाईं थारू स्रष्टाहरू पनि हामी पहाडेहरूका बारेमा आख्यान लेख्न स्वतन्त्र हुनुहुन्छ । हामी सबैको लेखनीको उद्येश्य साहित्य लेखनमार्फत् समाज जोड्ने हुनुपर्छ ।’  १० वर्षे जनयुद्धमा सबैभन्दा बढी थारू समुदायका व्यक्ति मारिए । तर, युद्ध साहित्यले थारू साहित्यमा प्रवेश पाएकै छैन भन्दा हुन्छ । समयको वेगलाई पक्रिन नसक्ने हो भने त्यो साहित्य मक्किन्छ, कोरा कल्पनामा बग्छ । त्यसैले किन जन्मिएन त युद्ध साहित्य थारू भाषामा ? यसबारे जनयुद्धमा होमिएका नेताहरूलाई नै अन्तरसंवादमा उभ्याउने योजना सफल भएन । बक्ताहरू आइदिएनन् । लेखनमा भर्खर पाइला चालेको थारू भाषामा मानकताको प्रश्न ज्वलन्त छ । नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले डंगौरा थारू भाषाको मानकताको प्रश्नबारे २०७३ साउमा घोराहीमा गोष्ठी गराएको थियो । सोही गोष्ठीमा सहजकर्ता रहेका भाषाविद् पदम राई थारू भाषाको मानकताबारे गोष्ठी प्रस्तुतिको सार राखे साहित्यिक मेलामा ।  सत्तरीको दशकमा थारू भाषाको लेखन शैलीबारे निकै सार्थक बहस अघि बढेको छ । अनि विद्यालय तहमा नेपाल (नेवार) भाषा लागु गर्नुपर्ने अभियानका अभियन्ता दीपक तुलाधरले भाषा जोगाउन थरुहट क्षेत्रको विद्यालयमा पनि थारू भाषाको अनिवार्यतामा जोड दिएर कार्यक्रमको माहोलमा उत्साह थपे । अहिले काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रका विद्यालयमा नेवार भाषालाई अभियानकै रूपमा अगाडि बढाइसकेको अवस्था छ । उता थरुहट क्षेत्रको विद्यालयअन्तर्गत बर्दियाको बारबर्दिया नगरपालिकाले २०८१ सालदेखि सरकारी मात्रै होइन, निजी विद्यालयमा समेत थारू भाषाको पढाई सुरु गरेको छ । यस्तो योजना अरु पालिकाले पनि ल्याऊन् भनेर आयोजकले एकै स्थानमा मात्र कार्यक्रम नगरी घुम्ती शैलीमा विभिन्न जिल्लामा साहित्य सम्मेलन आयोजना गरिरहेको छ ।   पहिलो वर्षको साहित्यिक मेलामा करिब एक दर्जन स्रष्टाले वर्ष दिनभित्र पुस्तक प्रकाशन गर्ने वाचा गरेका थिए । त्यो वाचाले दोस्रो वर्षमै सार्थकता पायो, ६ जना स्रष्टाको पुस्तक संयुक्त विमोचन भयो । साहित्यिक मेलामा कविता वाचन र वाचित कविताउपर समीक्षाले पनि विशेष स्थान पायो । दोस्रो थारू साहित्यिक मेलाका लागि सरकारी, गैरसरकारी कुनै निकायबाट एक रूपैया पनि सहयोग नलिई स्थानीय शुभेच्छुकहरूको सहयोगबाट कार्यक्रम सफल भएको थियो । यो निकै उदाहरणीय अभियान थियो ।  तेस्रो कार्यक्रम २०७४ माघको पहिलो साता बर्दियाको बढैयाताल किनारमा निकै भब्यताका साथ सम्पन्न भएको थियो । हरि तिमिल्सिना, किरण आचार्यलगायत गैरथारू साहित्यकारले थारू भाषामै थारू लोकसंस्कृति संरक्षणको बहसमा भाग लिए । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसचिव सनत रेग्मीले थारू समुदाय भाषागत हिसाबले देशको चौथो ठूलो संख्या रहे पनि साहित्य जुन गतिमा बग्नुपर्ने हो, त्यो नभएकोमा चिन्ता ब्यक्त गरेका थिए । तेस्रो कार्यक्रमबाट हामीले थारू साहित्य मेलालाई थारू साहित्य राष्ट्रिय सम्मेलन नामकरण गरेका थियौं ।  लेखनमा थारू महिला, थारू लोककथामा समालोचनात्मक दृष्टि, थारू रंगमञ्चका चुनौती, रेडियोमा थारू भाषा, स्थानीय विकासमा बरघरलगायत विषयमा तेस्रो कार्यक्रममा गहन छलफल भयो ।  सम्मेलनको पूर्व सन्ध्यामा प्रतियोगिताका लागि थारू भाषामै नाटक पठाउन आह्वान गरिएको थियो, जसमा प्रणव आकाशको ‘करोट’ शीर्षकको नाटक उत्कृष्ट भएको थियो । त्यस्तै, तेस्रो कार्यक्रममा १२ जना स्रष्टाको १३ वटा पुस्तक विमोचन हुनु आफ्नै मातृभाषामा लेखन अभियानको एउटा कोशेढुंगा थियो ।  पहिलो कार्यक्रमको सबै कार्यपत्र नेपाल प्रज्ञा प्रतिष्ठानले ‘सयपत्री’मा नेपाली र थारू भाषामा तथा ‘लावा डग्गर’ पत्रिकाले थारू भाषामा प्रकाशित गरेका छन् । थारू साहित्य सम्मेलनको पहिलोदेखि तेस्रो कार्यक्रम सम्मको दस्तावेजकीरणस्वरूप बिहान (२०७५, कार्तिक) वार्षिक पत्रिकाले विशेषांक प्रकाशित गरेर गुन लगाएको छ ।  तेस्रो कार्यक्रममा रूपन्देहीबाट दुई दर्जन सहभागी आएका थिए, जसले आगामी वर्षको कार्यक्रम रूपन्देहीमा गर्ने वचनबद्धता गरे । यसरी चौथो थारू साहित्य राष्ट्रिय सम्मेलन २०७५ चैतको २२ र २३ गते रूपन्देहीको सैनामैनामा सम्पन्न भयो ।  गैरसाहित्यकारको नजरमा थारू साहित्य सेसनमा डा मुकुन्द शर्माले थारूहरू जाँड रक्सी खाएर पछि परेको अभिव्यक्ति दिएपछि अर्का बक्ता पत्रकार चन्द्रकिशोरले कडा प्रतिवाद गरे, ‘जुन समाजको आमन्त्रणमा तपाईं अतिथि भएर बोल्ने अवसर पाउनु भएको छ, त्यसको वदनाम गर्ने हक छैन तपाईंलाई । जाँड रक्सी खाएर बाहुन, क्षेत्री पनि बिग्रिएका छन्, त्यसमा खै कुरा उठेको ?’  थारू मानक भाषा बहसमा महेश चौधरी, डा कृष्णप्रसाद पौड्याल, रामबहादुर चौधरीले बहस गरेका थिए । २०२८ सालमा प्रकाशित थारू भाषाको पहिलो पत्रिका ‘गोचाली’का प्रधान सम्पादक महेश चौधरीले आफूहरूले २०२८ सालमा प्रकाशन गरेको पत्रिकाको भाषा परिवर्तन गर्नुपर्ने आवश्यकता नरहेको जिकिर गरेका थिए । उनले समयअनुसार थारू भाषीले बोलाईमा नेपालीकरण गर्दै गएकाले लेखाइमा नेपाली ब्याकरणअनुसार थारू लेखन शैली बनाउनुपर्ने धारणा राखेका थिए । तर डा कृष्णप्रसाद पौड्याल, रामबहादुर चौधरीले थारू भाषा मात्रै होइन, जुनसुकै भाषा पनि बोलाईअनुसार लेख्नुपर्ने अभिब्यक्ति दिएका थिए । ती दुबैले डंगौरा थारू भाषामा त, थ, द, ध को उच्चारण नभएकाले आगन्तुक शब्द तथा व्यक्तिको नाउँ, गाउँबाहेक अरुमा प्रयोग नगरे पनि हुने धारणा राखेका थिए ।  २०७६ सालमा सुनसरीमा गर्ने तय भएको थारू साहित्य सम्मेलन कोरोनाले स्थगित भयो । यो वर्ष प्रनव आकाशको ख्याल बगाल टिमले टीकापुर ट्रमा शीर्षकमा कविता संकलन गरी सामाजिक सञ्जालमा शेयर गर्यो, जुन निकै प्रभावकारी रह्यो । त्यसपछि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको नयाँगाउँस्थित कर्णाली थारू होमस्टेमा पाँचौँ थारू साहित्य राष्ट्रिय सम्मेलन २०७७ चैत २१ र २२ गते सम्पन्न गरियो ।  चौथो र पाँचौ कार्यक्रममा सहभागी नेपाल प्रज्ञा प्रतिष्ठानका मातृभाषा साहित्य विभागकी प्रमुख प्राज्ञ लक्ष्मी मालीले थारू समुदायले यसखाले साहित्य सम्मेलन गरेर थारू साहित्यको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने बताएकी थिइन् । थारू साहित्य सम्मेलनको संयोजकको नाताले आख्यानकारद्वय महेशविक्रम शाह र नयनराज पाण्डेलाई कार्यक्रमको पहिलो श्रृंखलादेखि नै मैले निम्त्याइरहेको थिएँ । पाँचौ कार्यक्रममा उहाँहरूको यादगार उपस्थिति रह्यो । उहाँहरूसँग अर्का आख्यानकार शेखर दहितले आख्यानको ओज शीर्षकमा छलफल चलाएका थिए । सो क्रममा महेशले लामो समय आफ्नो बसाइँ कैलाली, टीकापुर छेउको थारू गाउँ भगरैयामा भएकाले आफ्ना कथामा थारू पात्र जीवन्त भएर आएको बताएका थिए ।  नयनले आफ्नो आख्यानमा मधेसी पात्र बढी आउनुमा ती पात्रहरूसंगको संगत नै कारक रहेको बताएका थिए । टीकापुर घटनामा कतिपय निर्दोष थारू फँसेका तर तिनका बारे कुनै आख्यान नआएको प्रसंग उठ्दा महेशले त्यसबारे आख्यान लेख्ने बताएका थिए । नयनले भनेका थिए, ‘थारू समुदायको लेखनको विषयबस्तु तपाईंहरू भित्रै छ, कस्तुरी तपाईंहरू भित्रै छ । यसको सुगन्ध थाहा पाउनोस् ।’ थारू गीतको बाटो कता शीर्षकमा सुशील चौधरी, राज कुश्मी र सानु चौधरीसंग अनिल कुश्मीले संवाद चलाएका थिए । सो अवसरमा थारू लोकलय हराउँदै गएकाले थारू गायकहरूले आधुनिक गीतसंगै लोकगीतको संरक्षणमा ध्यान दिनुपर्ने निचोड रहेको थियो । थारू भाषाको मानकीकरण विषयमा थारू व्याकरण लेखक भोलाराम चौधरी तथा पंक्तिकार कृष्णराज सर्वहारीले प्रस्तुति दिएका थिए । थारू वर्णको पहिचान भइसकेकाले थारू लवजबाट जस्तो उच्चारण हुन्छ, त्यस्तै लेखनशैली अपनाउनुपर्ने दुवैको राय थियो ।  सुर्खेतमा पाँचौ थारू राष्ट्रिय साहित्य सम्मेलन भएपछि लगत्तै त्यहाँ साहित्यकार मानबहादुर पन्नाको संयोजकत्वमा लखागिन थारू साहित्य उत्थान मञ्च गठन भयो, जसले सख्या गीतको दस्तावेजीकरण, बृत्तचित्र निर्माणदेखि थारू पुस्तकालयको सुरुवात गरिसक्यो । पाँचौ थारू राष्ट्रिय साहित्य सम्मेलनको गतिविधिसमेत समेटेर लखागिन जर्नल प्रकाशन गर्यो । विडम्वना छैटौदेखि हालसम्मको सम्मेलनको दस्तावेजकीरण गर्न सकिएको छैन ।   कञ्चनपुरको कृष्णपुर–६, सिंहपुर गाउँमा २०७८ फागुन १२ देखि १४ सम्म भएको छैटौं थारू साहित्य राष्ट्रिय सम्मेलन सुदूरपश्चिम विशेष थारू साहित्यबारे बहस गरियो । त्यहाँको थारू गीत संगीत, थारू साहित्यिक पत्रकारिता, बरघर प्रणाली, थारू यौद्धाहरूको खोजी, नारी सशक्तिकरणको अवस्था, कार्यक्रममा विमोचित ४ वटा पुस्तकको चर्चा, कञ्चनपुरमा राजनीति गर्ने थारूहरूको अवस्था, सामाजिक सञ्जालमा थारू स्रष्टाहरू लगायतबारे सेसन भयो ।    कार्यक्रममा आकर्षणका केन्द्र साहित्यकारद्वय शिवानीसिंह थारू र रामलाल जोशी थिए, जसले आख्यान यात्रा विषयमा आ–आफ्ना अनुभव साटेका थिए । शिवानीले ‘काठमाडौंमा एक दिन’ आफ्नो उपन्यास पूर्वी मधेसको विषयमा रहेकोमा आउने उपन्यास नेपालगंज क्षेत्रलाई केन्द्रित गरी पश्चिम मधेसको विषयमा रहने जानकारी दिएकी थिइन् । उनले आफू थारू जाति भए पनि थारू भाषा नआउने स्वीकार्दै थारू भाषा सिकेर मातृभाषामा पनि कलम चलाउन सम्मेलनले उत्प्रेरित गरेको बताइन् । उता जोशीले पश्चिम क्षेत्रको विषयमा धेरै आख्यान लेखिसकेकोले अब आफ्नो ध्यान पूर्वी क्षेत्रको विषयमा रहने जानकारी दिएका थिए ।  यसै क्रममा सातौं राष्ट्रिय थारू साहित्य सम्मेलन २०७९ माघ २० देखि २२ सम्म गोचाली समाज नेपाल, बाँकेको सहकार्यमा बाँकेको राप्तीसोनारी गाँउपालिका–६ सिधनवामा सम्पन्न भयो । सम्मेलनमा ६ वटा विविध विषयमा छलफल, बहस गरिएको थियो ।  आख्यानमा थारू जीवन सेसनमा लेखक महानन्द ढकालले राज्यको केन्द्रीय भूमिकामा थारूको उपस्थिति अहिले पनि कमजोर भएको धारणा राख्दै थारूहरूको मेहनत, परिश्रम र संघर्ष अनुसारको प्रतिफल यो समुदायले नपाएको गुनासो उनको थियो । भूमिका थारूले सञ्चालन गरेको थारू साहित्यमा युवा शीर्षकको प्यानलमा नाटककर्मी प्रणव आकाश, साहित्यकारद्वय सागर कुश्मी तथा गीताञ्जली पछल्डंग्या लगायतले अग्रजहरूले युवाहरूलाई लेखनमा प्रेरणा दिनुपर्ने सेसनको निचोड थियो ।  यस्तै सम्मेलनको कि–नोट स्पीकरको रुपमा अनुसन्धानकर्ता डा गोविन्द आचार्यले थारू साहित्यकारहरू सतही रचनामा रमाउनु भन्दा अध्ययन, अनुसन्धान गरेर कलम चलाउनु पर्ने धारणा राखेका थिए । सातौं थारू साहित्य राष्ट्रिय सम्मेलनमा मात्र दुइ वटा पुस्तक विमोचन हुन सक्यो । हौलीका संस्थापक सचिव रामसागर चौधरीको सुनसरी, खनारबाट लामो यात्रा तय गर्दै प्रत्येकजसो थारू साहित्य राष्ट्रिय सम्मेलनमा सहभागिता हुँदै आएका छन् । उनले कडी जोड्दै आएकैले हौली परिवारको मूल संयोजनमा आठौं थारू साहित्य राष्ट्रिय सम्मेलन सुनसरीको गढी–२, गढदेव थानमा २०८० माघ २६ देखि २७ गतेसम्म सम्पन्न गरियो । पूर्वी क्षेत्रमा बृहत् रुपमा गरिएको यो पहिलो कार्यक्रम थियो । सम्मेलनको बहानामा हौलीले आजीवन सदस्यता बिस्तार गर्यो । पुस्तकको स्टल पनि रहेकोमा पश्चिम क्षेत्रबाट धेरै पुस्तक, पत्रिका प्रकाशन गरिएको देखियो, पूर्व पनि जाग्नु पर्यो भन्ने अनुभूति गराइयो ।  आठौं थारू साहित्य राष्ट्रिय सम्मेलनमा थारु मानक लेखन, थारु साहित्यमा अनुवाद परम्परा, सुनसरी, मोरङमा थारू साहित्यको अवस्था, थारू साहित्यको संरक्षणमा संस्थागत प्रयासलगायत सेसनमा गहन छलफल भयो । त्यस्तै, करिब दर्जन पुस्तक, पत्रिका विमोचन गरियो । पुस्तकका स्रस्टाहरुलाई पुस्तकको चिनारी पनि दिन लगाइयो । तर मनभरि कुरा राख्न पाइएन भनेर स्रस्टाहरुले चित्त दुःखाए । हामीले गृह विमोचन गर्न सुझायौं । आठौं थारू साहित्य राष्ट्रिय सम्मेलनपछि खासगरी युवाहरुले कार्यक्रम झाराटराइ भो भनेर आरोप लगाए । लौ न त, अर्को वर्ष तपाईहरुले नै सेसनको छिनोफानो गरौ, स्रोत पनि खोजौं भन्दा कोही अघि सरेनन् ।  २०८१ फागुन १५ देखि १७ सम्म बर्दिया, राजापुर–२, जोतपुरमा ९औं थारू साहित्य राष्ट्रिय सम्मेलन आयोजना हुँदैछ । तयारीमै रहेको बेला सेसन समावेशी भएन, गरिएन भनेर सम्मेलनअगावै असन्तुष्टिको स्वर गुन्जिएको छ । कार्यक्रमको प्रारम्भिक तयारीको चरणमा समयमा नसुझाउने मित्रहरुले कार्यक्रममै सहभागी भएर दिल खोलेर मनका कुरा राखीदिए आभारी हुने थियौं । प्रश्न थोपर्न सहज छ, सबैजना आआफ्नो ढंगले तयारीमा जुटौ भन्दा जिम्मेवारीबाट भाग्न सहज छ । जसले थारु साहित्यको प्रवद्र्धनका लागि आधार खडा गर्दैछ उसलाई हिलो छ्याप्न सहज छ । तर, प्रत्येक वर्ष स्रोत खोज्न कठिन छ । यस वर्ष फलाना जिल्लाले कार्यक्रममा सहकार्य गरिदिनु पर्यो भनेर मनाउन कठिन छ । अक्षयकोषको रकममा बढोत्तरी असहज छ ।  ५. पुरस्कार तथा सम्मान थारू लेखक संघ नेपालले थारू भाषा, साहित्यको श्रीबृद्धिमा योगदान गर्ने स्रष्टाहरूलाई हरेक वर्ष थारू साहित्य पुरस्कार दिने कामको सुरुवात २०७७ सालबाट गरेको छ । २०७७ मा ठाँह्रा कथासंग्रहका लागि कथाकार शेखर दहितलाई, २०७८ सालमा दाङदेउखुरीका गीतकार, गायक दोषहरण चौधरीलाई, २०७९ सालमा लक्ष्मी राना थारूलाई उनको राना थारूको लोककथा सोरठका लागि थारू साहित्य पुरस्कार प्रदान गरियो ।  २०७९ सालदेखि धनगढीका चन्द्रसिंह चौधरीले थारू लेखक संघका लागि आफ्नी स्वर्गीय धर्मपत्नी प्रतिभा चौधरीको नाममा स्थापना गरिदिएको थारू महिला प्रतिभा संघर्ष पुरस्कार मुक्त कमलहरी दाङकी मन्जिता चौधरीलाई दिइयो । यसैगरी, खासगरी पूर्वी थारू साहित्यको सम्वद्र्धनमा लागेका स्रष्टा सुनसरीका रामसागर चौधरीलाई २०८० सालको थारू साहित्य पुरस्कार तथा थारू महिला प्रतिभा संघर्ष पुरस्कार बाराकी शान्ति चौधरीलाई प्रदान गरियो । २०८१ सालको थारु साहित्य पुरस्कार बर्दिया, मयूरबस्तीका स्रस्टा सुशील चौधरीलाई तथा महिला ‘प्रतिभा’ सशक्तिकरण पुरस्कार बेलौरी–७, कञ्चनपुरकी अभियन्ता सुनिता चौधरीलाई प्रदान गरिने भएको छ । ४७ जना संघको संस्थापक सदस्य तथा आजीवन सदस्यबाट पनि  रु ५ हजार तथा कार्यक्रमबाट जोगाएर साढे ८ लाख पुरस्कारको अक्षयकोष जम्मा गरिएको छ । यसलाई बढाउँदै लैजाने योजना छ ।  ६. र, अन्तमा थारू पुस्तक, पत्रिका प्रवद्र्धनको पाटो थारू साहित्यिक सम्मेलनको सबैभन्दा ठूलो इभेन्ट हो । स्टेशनरी पसलमा कहिल्यै नझुन्डिने थारू पुस्तक, पत्रिका सम्मेलनको स्टलमा झुन्डिन्छ । थारू साहित्यको कुम्भ मेलामा गैरथारू साहित्यकारहरूको पनि सार्थक उपस्थिति हुन थालेको छ । खुशीको कुरा थारु साहित्य राष्ट्रिय सम्मेलनको ज्वारभाटाले थारू भसा साहित्य केन्द्रले काठमाडौमा नियमित मासिक रुपमा साहित्यिक बसघरा कार्यक्रम गर्दै बसघरा वार्षिक पत्रिका पनि सुरु गरेको छ । उता २०४२ सालमै स्थापना भएको हौली परिवार, सुनसरी, मोरङले हौली पत्रिकालाई पुनः निरन्तरता दिन थालेको छ । थारू लेखक संघ नेपालको केन्द्रीय अध्यक्षको नाताले थारू साहित्य राष्ट्रिय सम्मेलनको यात्रा बडो कठिन महसुस गरेको छु । धेरै शुभेच्छुकहरुले तपाईले थारु साहित्यलाई संस्थागत गर्ने यात्रामा खुट्टा कमाउन पाउनु हुन्न भनेर खबरदारी पनि गर्छन् । तर, दुई दशकको यात्राले मेरा गोडा लुला हुँदै गएका छन् ।  सुशील चौधरी, जो यो पंक्तिकारसँगै थारू साहित्य राष्ट्रिय सम्मेलनको सुत्राधार हुन् । उनी विगत २ वर्ष दिनदेखि ब्रेन ह्याम्रेज भएर बर्दियाको, मयूरबस्ती गाउँमा प्यारालाइसिस अवस्थामा संघर्ष गरिरहेका छन् । जसले थारू साहित्य सम्मेलन निरन्तरता दिनुपर्छ है भन्दै हौस्याइ रहन्छन् । यस वर्ष उनलाई निर्णायक समितिले थारु साहित्य पुरस्कारको ५० हजार प्रदान गर्दैछ । मित्र सुशीललाई मात्रै होइन, अघिल्ला वर्षहरुमा पनि जो जति पुरस्कार दिइदै छ, थोरैतिनो सहयोगको वातावरण बनाउन सकिएकोमा म आफै पुरस्कृत भएको महसुस गर्दछु ।  थारू साहित्य राष्ट्रिय सम्मेलनलाई हालसम्म कुनै व्यापारिक घराना खोज्न सकिएको छैन । सातौं सम्मेलनको ७४ हजार रिन यस वर्ष बडो सकसले तिरियो । थारू लेखक संघ नेपालको केन्द्रीय अध्यक्षको नाताले थारू साहित्य राष्ट्रिय सम्मेलनको यात्रा बडो कठिन महसुस गरेको छु । धेरै शुभेच्छुकहरुले तपाईले थारु साहित्यलाई संस्थागत गर्ने यात्रामा खुट्टा कमाउन पाउनु हुन्न भनेर खबरदारी पनि गर्छन् । तर, दुई दशकको यात्राले मेरा गोडा लुला हुँदै गएका छन् ।  माघ २६, २०८०  मा हिमालखबरमा प्रकाशित आलेखको संशोधित रुप ।  https://www.himalkhabar.com/news/140049