Above News Title

बरल टीकापुर

बरल टीकापुर

‘बखारि’ भरि भरि अधिकार
अरुलाई नै देऊ सरकार
हामीलाई त ‘डेल्वा’, ‘ढकिया’
भरि दिए पुग्छ ।

तर तिमीले त ‘गडौरि’ भरि
एक ‘चिक्टि’ पनि
अधिकार दिन आनकानी गर्छौ ।
त्यसैले त हामीलाई भन्न कर लाग्छ
जिम्दारहरुले जसरी सताए थारुहरुलाई
ए सरकार, तिमी पनि उही जिम्दारकै
‘जोंइकाहा’ जस्तो पो देखिन्छौ ।
.....
हिजोका हाम्रा कमैयाहरुले अधिकार माग्ने ?
सिंगै थरुहट प्रदेश माग्ने ?
यस्तै हुंकार गर्दै
२०७२ भदौ ८ मा जलाइए टीकापुरमा
थारुका घर, पसल छानी छानी
ठाने होलान् उनीहरु
जलायौ दुश्मनका घर
लौ हेरौ, कसरी पो उठ्छन् थारुहरु ?
तर, तिमीले जलाएको घरको ‘भौगर’
बाँकी छ, अझैसम्म ।
याद राख,
तिमीले जलाएको घरको ‘भौगर’
‘जिउगर’ हुँदैछ ‘चिटगिन’ बनेर
त्यो ‘चिटगिन’को लपेटामा
पर्न सक्छ, तिम्रो घर पनि
किनकि, राखेनौं तिमीले हेक्का
सिसाको घरमा बस्नेले
छिमेकीको घरको सिसामा
ढुंगा हान्नु हुँदैन ।
लडाइमा ‘डब्निभिराउ’को
‘सुरसुरिया’ तिमीले नै फुक्यो
तर अचम्म, लडाईको मैदानमा
तिमीले पहिले नै टेकिसक्यो ‘ठेहुनि’
‘चिटगिन’को लपेटामा पर्नु अगावै
तिमीलाई भयो भयंकर डर
त्यसैले त छाडीसक्यो घर
तिम्रो घर बनिसक्यो खण्डहर ।
हामीलाई अर्को ‘बुह्रान’ जान गरेको
तिम्रो चक्रब्यूहमा
अहिले तिमी आफै फसेका छौ ।
हामी त चाहन्छौ अझै पनि
भाइ भाइ मिलेर बसौ
तर, शायद तिमी अन्तै बसेर
थारु उपर बज्रप्रहार गर्न
चाल्दैछौ शकुनी पासा
बुझिसके सबैले तिम्रो भाषा
खबरदार,
‘केंचुर’ फेर्नेलाई चिनिसक्यो टीकापुरले
अब टीकापुर पटक पटक जल्नेछैन
बरु, अब टीकापुर ‘चहकार’ बल्नेछ
जाज्वल्यमान भएर
आफ्नो गुमेको अधिकार लिएरै छाड्नेछ
बरल टीकापुर
आब,
बरल टीकापुर ।
बरल टीकापुर ।।

कीर्तिपुर, काठमाडौं
थारू लेखक संघ नेपालद्वारा ‘बरल टीकापुर’ साहित्य अभियान २०७९ अन्तर्गत रचिएको कविता ।

प्रकाशित:

४९६ दिन अगाडि

|

२४ वैशाख २०८२

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३६ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७३ दिन अगाडि

|

२७ मंसिर २०७९