मालिकहरू बुख्याँचा बनाउँछन्
बुख्याँचा अर्थात् झुक्का
हो मालिकहरू झुक्याउनलाई
झुक्का अर्थात् बुख्याँचा बनाउँछन्
बाली खान आउने
चराहरू तर्साउनलाई बुख्याँचा बनाउँछन्
मालिकहरूले आफ्नो आचरण पनि उसमा रहोस्
आनीबानी स्वभाव पनि ऊसँगै रहोस्
यही आकांक्षा पालेर
आफ्ना थोत्रा कपडाहरू पहिराउँछन्
कमिज लगाइदिन्छन्, टोपी लगाइदिन्छन्
अनि, थोत्रै पाइजामा पन लगाई दिन्छन्
र, बारीका कान्ला, खेतका अालीमा लगेर सजाउँछन् ।
बुख्याँचाहरूको आफ्नो आत्म हुँदैन
उनीहरूको आफ्नो आस्था पनि हुँदैन
कुनै निष्ठा पनि हुँदैन
र, कुनै प्रतिष्ठा पनि हुँदैन
उनीहरू त मालिकको इसारामा चल्छन्
मालिकहरूकै इमानका लागि चल्छन्
अनि,
मालिकहरूकै आस्था र प्रतिष्ठाका लागि चल्छन्
मालिकहरूले उत्तर जा भन्यो भने उत्तर जान्छन्
दक्षिण जा भन्यो भने दक्षिण जान्छन्
पश्चिम जा भन्यो भने पश्चिम जान्छन्
पूर्व जा भन्यो भने पूर्व जान्न्छन्
उठ भन्यो भने उठ्छन्
सुत भन्यो भने सुत्छन्
यसरी बुख्याँचाहरू
मालिककै निर्देशन पालना गर्छन् ।
किन कि उनीहरूको आफ्नो स्वाभिमान हुँदैन
आफ्नो कुनै पहिचान पनि हुँदैन
न हुन्छ उनीहरूको कुनै अस्तित्व
न हुन्छ कुनै आफ्नो अपनत्व
उनीहरू त पुरै पुरै निस्प्राण हुन्छन्
निस्प्राण अर्थात् मूर्दा ।
कहिलेकाही मालिकहरू
बुख्याँचाहरूलाई कवाज खेल्न सिकाउँछन्
अघि बढ्
पछि हट
दायाँ मोड
बायाँ मोड
जसो-जसो मालिकहरू गर भन्छन्
उनीहरू त्यसै, त्यसै गर्छन् ।
किनकि उनीहरूको आफ्नो चेत हुँदैन
र, कुनै आफ्नो विवेक पनि हुँदैन
उनीहरू त फगत बुख्याँचा हुन्
पुतला हुन् अर्थात् झुक्का हुन् ।
प्रकाशित:
४५१ दिन अगाडि
|
२० साउन २०८२
३ दिन अगाडि
|
१० कात्तिक २०८३
३ दिन अगाडि
|
९ कात्तिक २०८३
४ दिन अगाडि
|
८ कात्तिक २०८३
१४ दिन अगाडि
|
२९ असोज २०८३
१५ दिन अगाडि
|
२८ असोज २०८३
१९ दिन अगाडि
|
२४ असोज २०८३
२२ दिन अगाडि
|
२० असोज २०८३
१४७९ दिन अगाडि
|
२५ असोज २०७९
१५१३ दिन अगाडि
|
२१ भदौ २०७९
१५२३ दिन अगाडि
|
१२ भदौ २०७९
१४७८ दिन अगाडि
|
२६ असोज २०७९
१४२७ दिन अगाडि
|
१५ मंसिर २०७९
१४८३ दिन अगाडि
|
२० असोज २०७९
१४१६ दिन अगाडि
|
२७ मंसिर २०७९