बाबुराम भण्डारी
हरेक बर्ष फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रुपमा मनाइदै आएको छ । तत्कालीन पूर्वी पाकिस्तान (हालको बंगलादेश)मा बंगाली भाषा (मातृभाषा) बोल्न पाउनुपर्छ भनेर माग गर्दा सन् १९५२ मा त्यहाँका विद्यार्थीहरु मारिएको दिनको संस्मरणमा यो दिवस मनाउन थालिएको हो ।
सन् १९९९ नोभेम्बर १७ मा यूनेस्कोले पनि यस दिनलाई विशेष दिनका रुपमा स्विकार गरेको थियो । पछि सन् २००० मा संयुक्त राष्ट्रसंघले समेत यस दिनलाई मातृभाषा दिवसका रुपमा आह्वान गरेपछि विश्वभर यो दिवस मनाउन थालिएको हो ।
बंगलादेशमा भने अहिले पनि आजको दिन राष्ट्रिय विदा दिने गरिन्छ । यस दिवसका माध्यमबाट विश्वका विभिन्न भाषा तथा संस्कृतिहरुको विविधतालाई स्विकार गरी बहुभाषा र बहुसंस्कृतिलाई संरक्षण प्रदान गरिएको छ । मातृभाषाकै संरक्षणका लागि जागरण स्वरुप संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००८ लाई अन्तराष्ट्रिय भाषा वर्ष रुपमा मनाईएको थियो ।
२०६८ को जनगणना अनुसार नेपालमा १ सय २३ वटा भाषाहरु बोलिन्छन् । यो संख्या सम्पूर्ण युरोपमा बोलिने भाषाको संख्याभन्दा पनि बढि हो । २०६८ को गणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ मध्ये ४४ दशमलव ६ प्रतिशतले नेपाली भाषालाई आफ्नो मातृभाषा बताएका छन् । नेपाली भाषालाई दोश्रो भाषाका रुपमा ७७ दशमलव ३७ प्रतिशत जनसंख्याले स्विकार गरेका छन् ।
त्यसै गरी ११ दशमलव ७ प्रतिशतले मैथिली बोल्दछन् भने ६ प्रतिशतले भोजपुरी, ५ दशमलव ८ प्रतिशतले थारू, ५ दशमलव १ ले तामाङ भाषा र ३ दशमलव २ ले नेवारी भाषा बोल्ने तथ्यांकले देखाएको छ ।
यस तथ्यांक अनुसार नेपाली भाषापछि नेपालमा सवैभन्दा बढी बोलिने भाषा मैथिली हो भने सवैभन्दा कम बोलिने भाषा संस्कृत हो । संस्कृत भाषा बोल्ने जनसंख्या १ हजार ६ सय ६९ रहेको छ ।नेपालको संविधान २०७२ को प्रस्तावनामै नेपाललाई बहुभाषिक भनिएको छ । धारा ६ मा सवै मातृभाषाहरु राष्ट्रभाषा हुन् भनिएको छ । यसबाट सवै (१२३ वटै) भाषाहरुलाई समान रुपमा संवैधानिक स्तर प्राप्त भएको छ ।
नेपालको सरकारी कामकाजको भाषा भने नेपाली हो । यो भाषा खस सभ्यतासंगै विकास भएको प्रमुख भाषा हो । बाँकी अधिकांश भाषाहरु भारोपेली तथा चिनियाँरतिब्बती भाषा परिवारका हुन् । ती मध्ये धेरैजसो भाषाहरु लोपोन्मुख भाषाको सूचिमा छन् । मातृभाषाको संरक्षणका लागि गरिएका प्रयासहरु पर्याप्त हुन सकेका छैनन् । अध्ययन अध्यापनमा मातृभाषालाई माध्यमका रुपमा प्रयोग नगरिंदा मातृभाषाको संरक्षण कार्य कठिन बन्दै गएको छ ।
मातृभाषा दिवसका अवसरमा नेपालमा विविध कार्यक्रमहरु गरिंदैछन् । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, युनेस्को लगायतका सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले आज भाषा तथा संस्कृति संरक्षण सम्बन्धि कार्यक्रमहरु गर्दैछन् । मातृभाषा संरक्षणका लागि सचेतना जगाउने उदेश्यले साँस्कृतिक पहिरनहरु सहित र्याली तथा झाँकीहरु प्रदर्शन गरिंदैछ । त्यसैगरी मातृभाषामा विभिन्न साहित्यिक गतिविधी र साँस्कृतिक कार्यक्रमहरु पनि आयोजना गरिन्छन् । नेपालमा ६० को दशकयता भाषिक जागरणले गति लिएको छ ।
नेपालमा विभिन्न जाति तथा समुदायहरु आफ्नो भाषा तथा भेषभूषाको संरक्षण र सम्वर्द्धनका लागि जुट्न थालेका छन् । भाषाहरुको संरक्षणका लागि भाषिक सम्मेलनहरु पनि आयोजना हुन थालेका छन् । नेपालका लोपोन्मुख भाषाहरुको संरक्षण तथा सम्वर्द्धनको मुख्य उदेश्य लिएर यस्ता कार्यक्रमहरु आयोजना गरिन्छन् । कुनै पनि मातृभाषा लोप भएको खण्डमा समग्र भाषा, संस्कृति र संस्कारमै नकारात्मक असर पर्दछ ।
मातृभाषा भनेको मानिसको सभ्यता र संस्कारको सम्वाहक हो । मातृभाषा विना कुनै पनि देशको सांस्कृतिक एकता कल्पना गर्न सकिंदैन । मातृभाषाले देशको राष्ट्रियतालाई मजबुत बनाउँदछ र देश प्रेमको भावनालाई एकाकार गराउँदछ । मातृभाषा अल्पसंख्यक समुदायहरुको आत्माको आवाज हो ।
प्रकाशित:
१२५४ दिन अगाडि
|
९ फागुन २०७९
२ दिन अगाडि
|
११ साउन २०८३
३ दिन अगाडि
|
९ साउन २०८३
८ दिन अगाडि
|
५ साउन २०८३
१० दिन अगाडि
|
३ साउन २०८३
११ दिन अगाडि
|
२ साउन २०८३
१२ दिन अगाडि
|
१ साउन २०८३
१५ दिन अगाडि
|
३० असार २०८३
१३८७ दिन अगाडि
|
२५ असोज २०७९
१४२१ दिन अगाडि
|
२१ भदौ २०७९
१४३१ दिन अगाडि
|
१२ भदौ २०७९
१३८६ दिन अगाडि
|
२६ असोज २०७९
१३३५ दिन अगाडि
|
१५ मंसिर २०७९
१३९१ दिन अगाडि
|
२० असोज २०७९
१३२४ दिन अगाडि
|
२७ मंसिर २०७९