Above News Title

एकाएक भावुक बनेकी रञ्जिताले भनिन्, ‘सबैका मान्छे दशैं मनाउन आउँदैछन्, मेरो श्रीमान पनि आएको भए’

आउँदो माघी भने अवश्य पनि घरमै मनाउने आशा व्यक्त
एकाएक भावुक बनेकी रञ्जिताले भनिन्, ‘सबैका मान्छे दशैं मनाउन आउँदैछन्, मेरो श्रीमान पनि आएको भए’

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी मञ्चमा एकाएक भावुक भइन् ।

कैलालीको लम्कीमा बुधबार आयोजित पार्टी प्रवेश तथा भेटघाट कार्यक्रममा उनी नेपालीको घर आँगनमा भित्रिसकेको दशैं र दशैंमा हुने उल्लास र रौनकतालाई स्मरण गर्दै भाव विह्ल भइन् ।

श्रीमान रेशम चौधरीसहित घर परिवारसँगै दशैं मनाउन पाउने आशाभाव पोख्दै भनिन्, ‘धेरै कुरा भन्न चाहान्न । दशैं घर आँगनमै पुगिसकेको रहेछ । तपाईहरुको बुवा, छोरा पनि दशैं मनाउन घर पुगिसकेका होलान् । पुग्दै होलान् । मलाई पनि लाग्छ, मेरो श्रीमान पनि दशैं मनाउन घर आएको भए मलाई कस्तो अनुभूति हुन्थ्यो ? जो–जो कारागारमा छन्, उनीहरु पनि घर आएको भए उनीहरुका घर परिवारमा कस्तो खुशयालीको माहोल हुन्थ्यो । सबै जना बाटो कुरेर बसेका छौ आजभोलि ।’

उनले २०७२ मा संविधान बनिरहँदा आफुहरु पनि यो देशको नागरिक भएकोले पहिचान र अधिकार चाहियो भनिरहँदा आफूमाथि राज्यबाट चरम दमन र अत्याचार भएको उल्लेख गरिन् । त्यो दमन र अत्याचार सहेर बस्न बाध्य भएको बताउँदै त्यसैको उन्मुक्तिको लागि नागरिक उन्मुक्ति पार्टी गठन भएको उनले स्पष्ट पारिन् ।

उनले आफ्ना आफन्तजनसँग यो दशैं मनाउँन नपाए पनि आउँदो माघी भने अवश्य पनि घरमै मनाउने आशा व्यक्त गरिन् । टीकापुर घटनाका जेलबन्दीहरु घर आउनेमा विश्वास पनि दिलाइन् । जसको लागि आउँदो मंसिरमा मतदाताको साथ चाहिने आशा राखिन् ।

‘गएको पुसमा दर्ता भएको पार्टी आज कैलालीको सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको छ । आउँदो मंसिरमा हामीलाई भोट दिइ राष्ट्रिय पार्टी बन्न सहयोग गर्नुस्’, उनले अगाडि भनिन् ‘हामीलाई ढकिया चिन्हमा भोट दिएर जिताउनुस् । म एउटा बचन दिन चाहान्छु, । यो दशैंमा हुँदैन होला । आउँदो माघी जसरी पनि आफ्नो घर परिवारसँगै मनाउने बाटो बनाइदिनुस् ।’
 
प्रकाशित:

१४४८ दिन अगाडि

|

१२ असोज २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७३ दिन अगाडि

|

२७ मंसिर २०७९