Above News Title

‘जसले महटावाको समस्या समाधान गर्छ, उसैलाई भोट’

दाङदेउखुरीमा जुर्मुराउँदै महटावाहरु
‘जसले महटावाको समस्या समाधान गर्छ, उसैलाई भोट’

सन्तोष दहित
मंसिर ४ को चुनावको मिति नजिकिएसंगै दाङमा थारु महटावाहरु जुर्मुराउँदै छन् । शनिबार गाउँ गाउँबाट महटावाहरु घोराहीमा भेला भए । भेला हुनुको मुख्य उद्देश्य थियो, मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन केन्द्रीत छलफल। अबको निर्वाचनमा महटावाहरुको भूमिका र महटावाको एजेण्डा के रहने भन्ने विषयमा घनिभूत रुपमा छलफल भएको महटावा महासंघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताए ।

चुनावको वेला नेताहरु गाउँ आउने र विभिन्न आश्वासन दिएर आफूहरुलाई भोट बैंकिङको रुपमा मात्र प्रयोग गर्ने भएकाले अब हुने निर्वाचनमा थारु समुदायहरु सचेत हुनुपर्ने उनले बताए । 
हाम्रो समुदायको भोटले साँसद, मन्त्री बन्ने तर थारु समुदायको मुद्दा जहाँको त्यही छ, उनले भने, ‘अब आफूहरुले मुद्दा, एजेण्डा लिखित रुपमा प्रतिवद्धता नगर्दासम्म उम्मेद्वारलाई भोट नहाल्ने रणनीति बनाउछौ ।’ 

‘हाम्रो माग, मुद्दाको सुनुवाइ जसले गर्छ, उसलाई थारुको भोट भनेर थारु कोर भिलेजमा अभियान चलाउने छलफल गर्दैछौ, उनले भने, जसले थारु गाउँ गाउँमा भुह्यारथान, महटावा सभा गृहको निर्माण सुनिश्चता गर्छ, उसैलाई हाम्रो भोट जान्छ ।’ 
त्यसैगरी सिँचाइ, कुलो, वाँध बनाउने, किसानलाई सहुलियत विउविजन, अनुदान र रासायनिक मलको व्यवस्था गर्छ, ती उम्मेदवारलाई आफूहरुले छलफल गरेर भोट हाल्नको लागि आवश्यक परे ह्विप जारी गर्ने समेत उनले बताए ।

कति छन् , थारु मतदाता ?
दाङ जिल्लामा कुल जनसंख्याको ३७.५ प्रतिशत थारु समुदायको जनसंख्या छ । दाङमा अहिलेका  कुल मतदाता ४ लाख १४ हजार ९५६ रहेको छ । यी मध्ये थारु समुदाय मात्रको डेढ लाख मतदाता रहेको अनुमान गरिन्छ । त्यसैले थारु समुदायको मतदाता यहाँ निर्णायक मानिन्छ । थारु समुदालार्इ जसले प्रभाव पार्न सक्यो, उसले अहिलेसम्म निर्वाचन जित्दै आएको पूर्वसांसदहरुले बताउने गरेका छन् । 

थारु समुदायको मत आफूतिर तान्नको लागि राजनीतिक दलहरुले थारु कोर एरियामा छिर्ने र महटावाहरुलाई प्रभावित पार्ने खोज्छन् । महटावा थारु गाउँको मुख्य व्यक्ति भएकोले चुनावको समयमा थारु गाउँमा नेताहरुको बाक्लो उपस्थिति हुन्छ । थारु गाउँमा महटावाले ह्विप गरेपछि सवैले मान्छन्, र त्यही अनुसार भोट हाल्छन् भन्ने नेताहरुमा विश्वास छ ।  

कति छन्, दाङमा महटावा ?
थारु कल्याणकारिणी सभा दाङको अनुसार दाङमा आठ सय बढी महटावा रहेका छन् । देउखुरी उपत्यकामा महटावालाई ककनदार भनिन्छ । अहिले विविध कारणले केही गाउँमा महटावा नभएपनि अधिकांश गाउँमा महटावा रहेको सभाका अध्यक्ष भुवन चौधरीले बताए । उनका अनुसार बंगलाचुली गाउँपालिका बाहेक सवै पालिकामा महटावाहरुको बाक्लो उपस्थिति रहेको छ । सबैभन्दा बढी घोराही उपमहानगरपालिकामा रहेका छन् । उनका अनुसार घोराहीमा २ सय ५० को हाराहारीमा रहेका छन् । 
त्यसैगरी तुलसीपर उपमहानगरपालिका २ दुइ सय बढी महटावा रहेका छन् । त्यसपछि दंगीशरण गाउँपालिका पनि ५० भन्दा बढी महटावा रहेको अनुमान छ । गाउँ अनुसार प्रत्येक थारु गाउँमा एक जना महटावा हुने गरेक छन् । अहिले तथ्याङ्क संकलन भइरहेको चौधरी बताउँछन् । 

संकल्प गर्छन्, कार्यान्वयन गर्दैनन्
राजनीतिक दलहरुले हरेक निर्वाचनमा थारु समुदायको माग मुद्दालाई सम्बोधन गर्नको लागि संकल्प गर्छन् तर व्यवहारिक होस् या सैद्धान्तिक हिसावले भने कार्यान्वयन गरेको पाइदैन ।
 स्थानीय तहको निर्वाचनमा अधिकाँंश दलले आफ्नो  संकल्प पत्रमा थारु समुदायको परम्परागत भुँइह्यारथान निर्माण गर्ने, महटावा पुनस्थापना गर्ने, महटावालाई कानुनी मान्यता दिने सम्मका संकल्प पत्रमा उल्लेख गरेका छन् । यो संकल्प यस अघिको निर्वाचनमा पनि गरेका थिए । तर, जनप्रतिनिधिहरुको कार्यकाल सकिदासमेत त्यसतर्फ त्यत्ति ध्यान गएन । 

यस पटकको  निर्वाचनमा राजनीतिक दलले आफ्नो संकल्प पत्रमा महटावाहरुको ती एजेण्डा त समावेश त गरेका छन्, तर कार्यान्वयन गर्ने हुन् या होइनन्, थाहा छैन, घोराही उपमहानगरपालिका–६ का महटवा जगविर चौधरीले बताए । ‘
‘जब जब निर्वाचन आउँँछ, तब तब हामीलाई प्रभावित बनाउँँछन्, र थारुलाई भोट बैंको रुपमा प्रयोग गर्छन्,’ उनले भने, ‘निर्वाचित भएपछि कार्यान्वयन त के फर्केर पनि गाउँमा आउँदैनन् ।’

प्रकाशित:

१४०४ दिन अगाडि

|

१० असोज २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३९० दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४२४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४३४ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३८९ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३३८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३९४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३२७ दिन अगाडि

|

२७ मंसिर २०७९