Above News Title

१ पैसा लिन्न भनी चुनाव जितेका धनगढीका मेयर हमालले आफ्नो तलब कहाँ–कहाँ खर्च गर्दैछन् ?

१ पैसा लिन्न भनी चुनाव जितेका धनगढीका मेयर हमालले आफ्नो तलब कहाँ–कहाँ खर्च गर्दैछन् ?

धनगढी : स्थानीय तह निर्वाचन ताका सरकारी सुविधा एक पैसा पनि नलिने उद्घोष गरी चुनाव जितेका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले तलब बुझेका छन् ।

तर उनी बुझेको तलब आफ्नो व्यक्तिगत कार्यमा भन्दा परोकारी कार्यमा खर्च गरेका छन् ।

मेयर गोपाल हमालले ३ महिनाको सेवा सुविधाबापत पाउने रकम सामाजिक कार्यमा लगाएका हुन् । उनले साउन, भदौ, असोज र पर्व खर्चबापत पाएको २ लाख ६७ हजार ८ सय रुपैयाँ परोपकारी कार्यमा खर्च गर्न लागेका हुन् ।

उनले दसैँको अवसरमा सो रकमबाट धनगढीमा रहेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी तथा सामाजिक संस्थाहरुमा आश्रित २६९ जनालाई पोशाक किनिदिने भएका छन् । मेयर हमालले दक्षिणकाली अधारभूत बहिरा विद्यालय बेलाका १ सय ५ जना विद्यार्थी, दृष्टि फाउन्डेसनका ५५ जना आश्रितहरु, मानव सेवा आश्रममा रहेका ५६ जना, आमाको माया छात्रावासमा रहेका ३० जना, गेटा अपाङ्ग समाजका ५ जना र  पञ्चोदय माध्यमिक विद्यालयमा अध्ययनरत १८ जना दृष्टिविहिन विद्यार्थीलाई पोशाक किनिदिने बताए । उनले चुनावका बेला नै आफू निर्वाचित भइसकेपछि कुनै सेवासुविधा नलिने घोषणा गरेअनुरुप नै बाचा पुरा गरेको बताए । 

मेयर गोपाल हमालले ७९ हजार ६ सयका दरले साउन, भदौ र असोजको सेवासुवाधा र २९ हजार पर्व खर्च गरि २ लाख ६७ हजार ८ सय बुझेको जानकारी दिएका छन् । 

यसअघि मेयर हमालले असार महिनाको सुविधा दक्षिणकाली बहिरा आधारभूत आवासीय विद्यालयलाई हस्तान्तरण गरेका थिए । उनले उपमहानगरपालिकाको वडा नम्बर ११ मा रहेको बहिरा आधारभूत विद्यालयलाई असार महिनाको सुविधाबाफतको रकम ८१ हजार ५ सय ७६ रुपैयाँ हस्तान्तरण गरेका थिए । 

जेठ महिनाको २३ दिनको हुन आउने ५५ हजार ६८७ रुपैयाँ ८३ पैसा रकम धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको गौ संरक्षण सेवा समितिलाई हस्तान्तरण गरेका थिए ।

उनले चुनावअघि धनगढी उपमहानगरपालिकाबाट कुनै सेवासुविधा नलिने प्रतिवद्धता गरेका थिए । सोही प्रतिवद्धताअनुसार आगामी ५ वर्षसम्म हरेक महिना उपमहानगरबाट पाउने सुविधा आफूले नलिइ समाजसेवामा लगाउने मेयर हमालले बताएका छन् । मेयर हमालले आफूले पाएको गाडी सुविधा पनि वडा स्वास्थ्य क्लिनिकका लागि भनेर स्वास्थ्य शाखालाई हस्तान्तरण गरिसकेका छन् ।

प्रकाशित:

१४४६ दिन अगाडि

|

१५ असोज २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७३ दिन अगाडि

|

२७ मंसिर २०७९