संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले आदिवासी जनजातिका समस्या समाधान गर्न र उनीहरुलाई हक अधिकार दिलाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
संयुक्त राष्ट्र संघको स्थायी मञ्चको २२ औं सत्रमा सम्बोधन गर्दै मोदीले सो कुरा बताएका हुन् ।
समावेशी समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले आफैं प्रधानमन्त्री रहेको र आफू पनि आदिवासी जनजाती समुदायकै रहेको जानकारी गराउँदै उनले भने, ‘प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार सुशासन कायम गर्न र आदिवासी जनजातिहरुको हक अधिकार थप सुनिश्चित गर्न पूर्णरुपमा प्रतिबद्ध छ ।’
लामो संघर्षपछि २०७२ सालमा नेपालले प्रगतिशील संविधान पाएको र सो संविधानमा समावेशी र समानुपातिक प्रतिनिधित्वको व्यवस्था भएको जानकारी उनले गराए ।
मन्त्री मोदीले थारु समुदायमा सिकलेस एनिमियाको समस्या रहेको जानकारी गराउँदै यसको समाधानमा अन्तर्राष्ट्रिय सहयोगको खाँचोसमेत औंल्याए । आफू थारु समुदायकै भएका कारणले पनि यो विषय अन्तर्राष्ट्रिय समुदायमा पु¥याउनु आफ्नो दायित्व भएको बताउँदै मन्त्री मोदीले भने, ‘यो रोगको रोकथामका लागि नेपाल सरकारले निभाउनुपर्ने दायित्व निभाइरहेको छ, भविष्यमा यसको थप अनुसन्धानका सन्दर्भमा अन्तर्राष्ट्रिय साथ र सहयोग आवश्यक रहन्छ ।’
प्रकाशित:
१२४९ दिन अगाडि
|
६ वैशाख २०८०
५ दिन अगाडि
|
२९ भदौ २०८३
६ दिन अगाडि
|
२८ भदौ २०८३
१९ दिन अगाडि
|
१५ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२७ दिन अगाडि
|
७ भदौ २०८३
३६ दिन अगाडि
|
२९ साउन २०८३
१४३९ दिन अगाडि
|
२५ असोज २०७९
१४७४ दिन अगाडि
|
२१ भदौ २०७९
१४८३ दिन अगाडि
|
१२ भदौ २०७९
१४३८ दिन अगाडि
|
२६ असोज २०७९
१३८८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४४ दिन अगाडि
|
२० असोज २०७९
१३७६ दिन अगाडि
|
२७ मंसिर २०७९