Above News Title

थारु महिला समाज नेपालले मनायो अन्तराष्ट्रिय नारी दिवस

थारु महिला समाज नेपालले मनायो अन्तराष्ट्रिय नारी दिवस

सरला चौधरी

“महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी″ भन्ने मुल नाराको साथ ११४औं नारी दिवसको अवसरमा विश्व भर विभिन्न कार्यक्रम गरी मार्च ८ मा विश्व नारी दिवस मनाइएको छ ।

यसै अवसर पारेर थारु महिला समाज नेपाल केन्द्रिय समिति तथा थारु महिला समाज काठमाण्डौ उपत्यका समितिको आयोजनामा “महिला नेतृत्व निर्णयमा पहुँच र नियन्त्रणमा महिलाहरुको भूमिका″ विषयक अन्तरकृया कार्यक्रम गरी थारु महिला समाज नेपाल केन्द्रिय समितिकी गीता चौधरीको सभातित्वमा टिकाथली, ललितपुरमा सम्पन्न भएको छ । 

कार्यक्रममा प्रमुख अतिथी थारु कल्याण कारिणी केन्द्रका महामन्त्री प्रेमीलाल चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सहजीकरण थारु महिला समाज नेपाल उपत्यका समितिकी सचिव कल्पना चौधरीले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी प्रेमीलाल चौधरी, थारु महिला समाज नेपालका अध्यक्ष गीता चौधरी, थारु साहित्य भाषा केन्द्रका अध्यक्ष भुलाई चौधरी, सल्लाहकार तथा अधिवक्ता बुद्धसेन चौधरी, सल्लाहकार राम स्वागत चौधरी, थारु महिला समाज नेपाल उपत्यकाका अध्यक्ष शुसीला चौधरी, जनजाती विद्यार्थी महासंघका अध्यक्ष चन्द्र प्रसाद चौधरी, थारु महिला समाज नेपाल समाजकी माया चौधरी, संचरकर्मी सरला चौधरी लगायतहरुले आ–आफ्ना धारणा राखेका थिए । 

मनतव्यको क्रममा महामन्त्री प्रेमीलाल चौधरीले नारी शिक्षा विना राज्यको उच्च तहमा पँहुच हुन असम्भव भएकोले नारी शिक्षामा जोड दिनु पर्ने बताउनु भयो । थारु महिलाहरु अशिक्षाको कारणले राज्यको निर्णायक तहमा पहँुच हुन नसकेको र हाल मन्त्रिमण्डलमा थारु महिलाको सहभागिता एकजनामात्र रहेको बताउनुभयो । तर्सथ समाज परिवर्तनको लागि शिक्षामा जोड दिन आग्रह गर्नुभयो । महिलाहरु आफ्नो अधिकारको लागि आफु स्वयम् अध्ययनशील र अग्रसर हुनुपर्ने कुरामा जोड दिनुपर्ने धारणा व्यक्त गर्नु भएको थियो । 

प्रकाशित:

९१९ दिन अगाडि

|

२६ फागुन २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७२ दिन अगाडि

|

२७ मंसिर २०७९