सिताराम थारु
हामी त्यो देशको नागरिक हौं
जहाँ राजा मारेर राजा खोजिन्छ
तर हत्यारा खोजिदैन ।
हामी त्यो देशको नागरिक हौं ।
जहाँ मदन भण्डारी जस्ता दुरदृष्टि नेता अकालमा मारिन्छन्
तर हत्यारा पत्ता लाग्दैनन ।
हामी त्यो देशको नागरिक हौ
जहाँ मान्छे बेचेर, बिकास र समृद्धिका कुरा गरिन्छ ।
हामी त्यो देशको नागरिक हौ
जहाँ सहिद बेचेर राजनीतिको ब्यापार गरिन्छ ।
हामी त्यो देशको नागरिक हौं
जहाँ सिताराम चौधरीको नाममा
सन्तराम चौधरी बरसौ थुनिन्छ ।
हामी त्यो देशको नागरिक हौ
जहाँ एउटा मानसिक अशक्त नाबालकलाई
बन्दुक तेर्साएर सरकारी बकपत्र गराइन्छ ।
हामी त्यो देशको नागरिक हौ ।
जहाँ एस अल आरबाट मृत्यु भएको
बालकको जिम्मा थारुलाई लगाइन्छ ।
हामी त्यो देशको नागरिक हौं ।
जहाँ कर्फु लाएर पुलिस प्रसाशनको सहयोगमा
छानी छानी थारुहरुको घरमा आगो लगाइन्छ ।
हामी त्यो देशको नागरिक हौ ।
जहाँ थारु हौ भनेर आफ्नो पहिचानको लागि
आफैले तिरेको करबाट पुलिसको तातो गोली खाइन्छ ।
हामी त्यो देशको नागरिक हौ ।
जहाँ बिना गल्ती आममाफीको जबर्जस्त
बिन्तिपत्र चढाउन लगाइन्छ ।
हामी त्यो देशको नागरिक हौं ।
जहाँ देश हाँक्ने ठेकेदारहरुले
एउटा निर्दोष होनाहार नेता रेशम चौधरीको
राजनीतिक भबिष्य समाप्त पारेर
आममाफीको ढोंग रच्दै स्वाभिमान बेच्न लगाइन्छ ।
कवि थरुहट थारुवान राष्ट्रिय युवाशक्तिका अध्यक्ष हुन्
प्रकाशित:
१२०० दिन अगाडि
|
२० जेठ २०८०
१८ घण्टा अगाडि
|
२९ भदौ २०८३
२ दिन अगाडि
|
२८ भदौ २०८३
१५ दिन अगाडि
|
१५ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
७ भदौ २०८३
३१ दिन अगाडि
|
२९ साउन २०८३
१४३४ दिन अगाडि
|
२५ असोज २०७९
१४६९ दिन अगाडि
|
२१ भदौ २०७९
१४७९ दिन अगाडि
|
१२ भदौ २०७९
१४३४ दिन अगाडि
|
२६ असोज २०७९
१३८३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३९ दिन अगाडि
|
२० असोज २०७९
१३७२ दिन अगाडि
|
२७ मंसिर २०७९