थारू चलचित्र उद्योगको उत्थान र प्रवद्र्धन गर्ने उद्देश्यसहित सुनसरीको झुम्कामा तेश्रो राष्ट्रिय थारू चलचित्र महोत्सव विहीवार सम्पन्न भएको छ ।
थारू चलचित्र तथा सांस्कृतिक संघको आयोजनामा भएको २ दिने महोत्सवमा थारू चलचित्र उद्योगमा विभिन्न माध्यमबाट योगदान पुर्याउने १ सय ५ जनालाई सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष परशुराम चौधरीले जानकारी दिए ।
सम्मान कार्यक्रमबाट रेणु चौधरी, निलम चौधरी खवास, सोनु थारु, लक्ष्मी चौधरी, जानकी चौधरी, श्रीनिवास चौधरी, राजेन्द्र भगत, राजु राजदेव चौधरी, कुलदिप चौधरी, केशव रायमाझी, राजकुमार श्रेष्ठ, अरुण कुमार प्रधान, सुवास संकल्प, मेनुका माझी, जय चौधरी, देव कृष्ण बिश्वास, जनक चौधरी, कृष्णदोषी चौधरी, सोमा चौधरी, एण्डिसा चौधरी, वीर चौधरी, हिरा चौधरी लगायतलाई सम्मान गरिएको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, पूर्व उपप्रधानमन्त्री विजय कुमार गच्छदारले सम्मानित हुनेहरुलाई सम्मान पत्र प्रदान गरेका थिए ।

यो महोत्सव तथा सम्मान कार्यक्रम पूर्वदेखि पश्चिमसम्म छरिएर रहेका थारू समुदायको कला, संस्कृति र पहिचानलाई फिल्मको माध्यमबाट उजागर र जगेर्ना गर्ने थारू चलचित्रकर्मीहरुको महाउत्सवको रुपमा लिइएको अध्यक्ष चौधरीले बताए ।
महोत्सवमा २०४७ सालमा निर्माण भएको पहिलो थारू चलचित्र ‘करम’सहित हालसम्म निर्माण भएका १ सय १५ वटा थारू फिल्म तथा ८० वटा छोटो फिल्मको एकमुष्टमा परिचयात्मक भिडियो प्रस्तुत गरिएको थियो ।
प्रकाशित:
११८६ दिन अगाडि
|
२ असार २०८०
१८ घण्टा अगाडि
|
२९ भदौ २०८३
२ दिन अगाडि
|
२८ भदौ २०८३
१५ दिन अगाडि
|
१५ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
७ भदौ २०८३
३१ दिन अगाडि
|
२९ साउन २०८३
१४३४ दिन अगाडि
|
२५ असोज २०७९
१४६९ दिन अगाडि
|
२१ भदौ २०७९
१४७९ दिन अगाडि
|
१२ भदौ २०७९
१४३४ दिन अगाडि
|
२६ असोज २०७९
१३८३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३९ दिन अगाडि
|
२० असोज २०७९
१३७२ दिन अगाडि
|
२७ मंसिर २०७९