Above News Title

खौर

खौर

हमर कहानी छै बहौत अजिबके 
हम जन्मलियै एक ठाम
बरहलियै दोसर गाम

करम घर भेलै तेसर ठाम
जते जते गेलियै 
ओतै-ओतै बनेलियै आपन ठाम ।
 गिरहत बहौत प्यारसे
जोतलकै खेत 
तै खेतमे छिटलकै धान
धानसे हम जन्मलियै
जन्मैते मातर हमर नाम रहलै बिया
हमर जन्मलहा खेतके नाम भेलै बिरार
हम चियै बिरारके बेटा 
यी हमर बालककाल छेलै
हमरा वर निक लागै छ्याल 
बाप, महताइरके कोरा ।
लेकिन हमर खुसी नै रहलै बेसी दिन
साथीसबजरे रहैले-
खेलैले वर निक लागै छ्याल हमरा
हम रसेरस बरहै छेलियै
खेलै छेलियै
साथी सबजरे हाँसै छेलियै 
एक दिन बालक कालमे
बाप महताइरके साथ छुटलै
साथी सबके समूह छुटलै
हम टुटलियै 
हमरा उखारलकै बिरारसे
गौछी बान्हलकै या 
फेक देलकै हमरा खौर लगाइवला खेतमे ।
हम कानलियै
हल्ला करैत रहलियै
बाप महताइरके खोजैत रहलियै
साथी सबले तरपैत रहलियै
कोइने सुनलकै हमर पुकार
दोहन बाइल उब्जैवला 
खेतमे रोपैखातिर 
हमरा दोसर खेतमे रोपलकै 
ताब हमर नाम भेलै खौर
हमरा खौर लगेलकै  ।
हम गबके रूपमे 
अलग भ्या गेलियै
अलग भ्याके हमर नाम भेलै खौर
हम आइसे भेलियै खौर 
खौरके रूपमे बरहै छेलियै
बाप, महताइरसे छुटल 
भ्याल जाइछेलै दुई मैहना
सब दु:ख बिसरैके प्रयासमे छेलियै  
तखैनते हमरा फैन उखारलकै 
गौछी बान्हलकै या
फेकलकै गौछीके भादो मैहनामे 
तेसर खेतमे
बिरारसे खेतमे
खेतसे दोहन लगइबला 
तेसर खेतमे रोपलकै हमरा 
हमरा उपटा भार करैत रहलै साथी
अइहनङ छै हमर कहानी ।
हमरा जतहेक उपटेलकै
हम ओतहेक बलगर भेलियै
आसिनमे हम बैरहैत
सिसाओरमल फरलियै 
हमर सिस देखके 
खौर लगेलहा धान
फरैलछै लुदलुद कहैत
गिरहत प्रशंसा करैत रहलै हमर 
हम आपन प्रशंसा सुइनके
हाइस उठलियै खेतभोइर ।
==============

नेपालीमा अनुवाद

खौर 

मेरो कथा धेरै अनौठो छ
म एउटा ठाउँमा जन्मेको थिएँ
हुर्किएको अर्को गाउँ हो
कर्म घर तेस्रो ठाउँ हो
म जहाँ गए पनि
मैले त्यहाँ आफ्नो ठाउँ बनाएँ।
किसानले धेरै मायाले खेत जोते
 उनले खेतमा धान छरे
म त्यही धानबाट जन्मेँ
म जन्मँदा मेरो नाम थियो बीउ
म जन्मेको खेतको नाम थियो बिरार 
म बिरारको छोरा हुँ
यही मेरो बाल्यकाल थियो
मलाई बाआमाको काख 
बेस्सरी मन पर्थ्यो ।
तर मेरो खुशी धेरै समय टिकेन
साथीहरूसँग खेल्न र बाआमाको काख

मलाई खुब मन पर्थ्यो  
म बिस्तारै हुर्किँदै थिएँ
साथीहरूसँग खेलिरहन्थेँ
हाँसिरहन्थेँ
बाल्यकालमा एक दिन
बुबाआमाको साथ छुट्यो
साथीहरूको समूह छुट्यो
म टुटेँ
म बिरारबाट उखेलिएँ
तिनीहरूले गौछी बाँधे 
म गौछीको रूपमा बाँधिएँ
त्यसपछि
तिनीहरूले मलाई  अर्को खेतमा फ्याँकिदिए
म कराएँ
म आवाज निकालिरहेँ
रोइरहेँ
म मेरा आमाबाबुलाई खोजिरहेँ
म मेरा साथीहरूको  साथ मागिरहेँ 
मेरो रोदन कसैले सुनेन ।
म गबको रूपमा अलग भएँ
दोहन लगाउने खेतमा रोप्नको लागि 
तिनीहरूले मलाई अर्को खेतमा रोपे 
त्यसपछि मेरो नाम भयो खौर
म खौरको रूपमा परिणत भएँ 
म गबको रूपमा 
अलग भएँ
अलग हुँदा, मेरो नाम रह्यो खौर ।
म  टुक्रा टुक्री रूपमा हुर्किन थालेँ
बुबा, आमाबाट छुटेँ
साथीहरूसित अलग भएँ 
दुई महिना भयो
म सबै पीडा बिर्सन खोजिरहेको थिएँ
त्यसपछि  मलाई  फेरि उखेले
तिनीहरूले गौछी बाँधे 
भादौ महिनामा फ्याँकिदियो 
तेस्रो खेतमा 
बिरारबाट खेतमा 
खेतबाट खौर गर्दै 
तेस्रो खेतमा रोपिएँ म
मलाई एक खेतबाट दोस्रो र
दोस्रोबाट तेस्रो खेतमा सारियो
यही मेरो कथा हो।
मलाई सकेसम्म धेरै दुःख दियो
जति दुःख दियो म त्यति नै बलियो भएँ
म शरद ऋतुमा बस्थें
म धानको बालाको रूपमा लटरम्म फलेँ 
किसानले हेर्दै भन्थे
खौर लगाएको धानको बीउ
लटरम्म फलेको छ
किसानले मेरो प्रशंसा गरिरहे
म मेरो प्रशंसा सुनेर
खेतभरि हाँसिरहेँ ।

अनुवादः कवि स्वयम्

सिरहा, नेपाल
हालः पोर्चुगल

प्रकाशित:

७३ दिन अगाडि

|

२१ असार २०८३

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७३ दिन अगाडि

|

२७ मंसिर २०७९