दाङ । राप्ती गाउँपालिका वडा नम्बर ८ का निर्वाचित वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ रोजगारीकालागि विदेश पलायन भएका छन् ।
२०७९ सालमा एमालेबाट निर्वाचित गुरुङ आर्थिक संकट धान्न नसकेपछि रोजगारीकालागि बेलायत गएको उनकी श्रीमती संगिता गुरुङले जानकारी दिइन ।
गुरुङ यहीँ साउन २० गते सिजनल भिसामा बेलायत गएका हुन् । उनी वडा अध्यक्षमा निर्वाचित हुनु अघिसम्म सोही वडा कार्यालयमा कार्यालय सहयोगी थिए ।
कार्यालय सहयोगी आफ्नै वडाको अध्यक्षमा निर्वाचित भएपछि उनको चर्चा देशभर चुलिएको थियो ।
करिब ४० लाख ऋण भएकाले ऋण तिर्नकालागि श्रीमान् बेलायत गएको उनकी श्रीमती सङ्गीताले बताइन् । ‘करिब ४० लाख ऋण छ । वडा अध्यक्षको पदले ऋण तिर्दैन,’ सङ्गीताले भनिन् ‘ऋण तिर्न विदेश जानुभएको हो ।’
वडा अध्यक्ष गुरुङका दुई छोरा र एक श्रीमती छन् । जेठा छोरा कक्षा १२ र कान्छो छोरा ८ कक्षा मा अध्ययनरत छन् ।
वडा अध्यक्ष गुरुङले कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी वडा सदस्य चम्फा पुनलाई दिएका छन् । नेपाल प्रेसबाट
प्रकाशित:
७६९ दिन अगाडि
|
२२ साउन २०८१
१३ घण्टा अगाडि
|
२९ भदौ २०८३
२ दिन अगाडि
|
२८ भदौ २०८३
१५ दिन अगाडि
|
१५ भदौ २०८३
१६ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
७ भदौ २०८३
३१ दिन अगाडि
|
२९ साउन २०८३
१४३४ दिन अगाडि
|
२५ असोज २०७९
१४६९ दिन अगाडि
|
२१ भदौ २०७९
१४७९ दिन अगाडि
|
१२ भदौ २०७९
१४३४ दिन अगाडि
|
२६ असोज २०७९
१३८३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३९ दिन अगाडि
|
२० असोज २०७९
१३७२ दिन अगाडि
|
२७ मंसिर २०७९