काठमाण्डौ - काठमाण्डौ उपत्यका, आसपासका क्षेत्र र तराईका विभिन्न जिल्लामा हुस्सु र कुहिरो लागेको छ ।
तराईका धेरै ठाउँमा बेलुकीपखसम्म नै बाक्लो हुस्सु लाग्ने भएकाले हवाई उडान प्रभावित हुनसक्ने जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएकाे छ । घाम लाग्न थालेपछि भने कुहिरो हट्दै जाने महाशाखाले जनाएको छ ।
यस्तै, अहिले नेपालमा पश्चिमी वायुको प्रभाव सामान्य मात्र रहेकाे तर तत्काल पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । आज दिउँसो कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली क्षेत्रमा हल्का हिमपातकाे सम्भावना रहेकाे उहाँले बताउनु भयाे ।
आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ।
यस्तै, काठमाण्डौमा आज बिहानको न्यूनतम तापक्रम ६ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ । अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म रहन सक्ने महाशाखाले जनाएको छ ।
आज जुम्लामा सबैभन्दा कम तापक्रम माइनस ५ डिग्री सेल्सियस मापन गएिको छ भने जोमसमको तापक्रम माइनस ३ डिग्री सेल्सियस पुगेको छ ।
प्रकाशित:
९९० दिन अगाडि
|
१५ पुष २०८०
२ दिन अगाडि
|
२९ भदौ २०८३
३ दिन अगाडि
|
२८ भदौ २०८३
१६ दिन अगाडि
|
१५ भदौ २०८३
१८ दिन अगाडि
|
१३ भदौ २०८३
१८ दिन अगाडि
|
१३ भदौ २०८३
२३ दिन अगाडि
|
७ भदौ २०८३
३२ दिन अगाडि
|
२९ साउन २०८३
१४३५ दिन अगाडि
|
२५ असोज २०७९
१४७० दिन अगाडि
|
२१ भदौ २०७९
१४८० दिन अगाडि
|
१२ भदौ २०७९
१४३५ दिन अगाडि
|
२६ असोज २०७९
१३८४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४० दिन अगाडि
|
२० असोज २०७९
१३७३ दिन अगाडि
|
२७ मंसिर २०७९