Above News Title

ईःलाई ललितपुरमा उभिन अवरोध

ईःलाई ललितपुरमा उभिन अवरोध

२६ मंसिर, काठमाडौं । ललितपुर महानगरपालिकाका फुटपाथ व्यवसायीलाई व्यापार गर्ने अवसर दिनुपर्ने माग राखेर ललितपुर महानगरपालिका कार्यालय बाहिर उभिएका अभियन्ता ई: लाई स्थानीय वासिन्दाले अवरोध गरेका छन् ।

ई: ले ललितपुरको लगनखेलदेखि मंगलबजारसम्मको सडकमा फुटपाथ व्यापार गर्न नदिएपछि त्यहाँ व्यापार गरेर जीविका चलाएका साना व्यवसायीको रोजीरोटीमै समस्या परेको भन्दै मंगलबार १०८ मिनेट उभिएर विरोध प्रदर्शन गर्ने घोषणा गरेका थिए ।

मंगलबार अपरान्ह ई: महानगरपालिकाबाहिर उभिन जाँदा पाटनका स्थानीय बासिन्दाले अवरोध गरेका हुन् । ‘हामी पूर्वनिर्धारित कार्यक्रम अनुसार नै उभिन थालेका थियौं तर उभिन सुरु भएको पाँच मिनेटमै स्थानीयले आएर हामीसँग झगडा गरे । अहिले हामी प्रहरीको सुरक्षा घेरामा छौं,’ ई: को अभियानमा सहभागी रक्षा बमले  भनिन् ।

उनका अनुसार स्थानीयले ‘सम्पदा मास्न पाइँदैन, फुटपाथमा व्यापार चाहिँदैन’ भन्दै नाराबाजी गरेर ईःले राखेको आन्दोलनको ब्यानर पनि च्यातिदिएका थिए ।

सुरक्षा अवस्थालाई मध्यनजर गरेर पुल्चोकमा ठूलो संख्यामा प्रहरी खटाइएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी सिद्धिविक्रम शाहका अनुसार अभियन्ता ईःलाई पुल्चोकस्थित प्रहरी कार्यालयमा राखिएको छ भने बाहिर स्थानीयले प्रदर्शन गरिरहेका छन् ।

‘स्थिति तनावग्रस्त हुने भएपछि फुटपाथमा व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ भन्ने अभियन्तालाई हामीले प्रहरीचौकीमा राखेका छौं, बाहिर आन्दोलन चलिरहेकै छ,’ उनले भने ।

प्रकाशित:

८९९ दिन अगाडि

|

२६ मंसिर २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३२७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१३६१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१३७१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३२६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१२७५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३३१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१२६४ दिन अगाडि

|

२७ मंसिर २०७९