आठौं थारू साहित्य राष्ट्रिय सम्मेलन मोरङमा हुने तय भएको समाचार यसअघि आएकोमा स्थानीय आयोजक हौली परिवारले सुनसरीको गढीमा गरिने जानकारी दिएको छ ।
यसअघि स्थानीय संयोजनकर्ता हौली परिवारको मंसिर १५ को बैठकले आठौं थारु साहित्य राष्ट्रिय सम्मेलन आगामी माघ २६ देखि २८ गतेसम्म मोरङको विराटनगर या सुनसरीको गढी वा दुहबीमा गर्ने निर्णय गरेको थियो ।
हौली परिवारका अध्यक्ष श्रवण सुतिहारले भने, ‘हौली परिवार सुनसरी र मोरङ दुबै जिल्लामा सक्रिय छ । त्यसैले, सुरुमा स्थानको अलमल जस्तो भयो । अब भने आठौं थारु साहित्य राष्ट्रिय सम्मेलनको मिति माघ २६ देखि २८ गते अनि स्थान सुनसरीको गढी गाउँपालिका–२, गढीमाई फिक्स भएको छ ।’ अध्यक्ष सुतिहारले सम्मेलन सफल गर्न आफ्नो संयोजकत्वमा ५१ सदस्यीय तयारी समिति तथा विभिन्न उपसमिति गठन गरिएको पनि बताए । उनले तयारीलाई तीब्रता दिएको जनाए ।
थारु लेखक संघ तथा जंग्रार साहित्यिक बखेरी पनि आठौं थारू साहित्य राष्ट्रिय सम्मेलनको आयोजक हुन् । मोरङ, सुनसरीमा आठौं थारु साहित्य राष्ट्रिय सम्मेलन हुन नसके जंग्रार साहित्यिक बखेरीको संयोजनमा बर्दियामा आयोजना गर्ने तयारी अगाडि बढेको थियो । अब बर्दियामा गरिने साहित्य सम्मेलनलाई के नाम दिने छलफल गरिने बखेरीका अध्यक्ष सोम डेमनडौराले बताए ।
स्मरण रहोस् थारू साहित्य राष्ट्रिय सम्मेलन सहयोगार्थ बखेरीेले मंसिर १५ गतेदेखि २२ गतेसम्म बर्दियाका विभिन्न स्थानमा पुस्तक प्रदर्शनी गरेको थियो । साथै, सम्मेलन सहयोगार्थ एक कप चिया अभियान जारी राखेको छ ।
प्रकाशित:
१०१३ दिन अगाडि
|
२२ मंसिर २०८०
३ दिन अगाडि
|
२९ भदौ २०८३
४ दिन अगाडि
|
२८ भदौ २०८३
१७ दिन अगाडि
|
१५ भदौ २०८३
१९ दिन अगाडि
|
१३ भदौ २०८३
१९ दिन अगाडि
|
१३ भदौ २०८३
२४ दिन अगाडि
|
७ भदौ २०८३
३३ दिन अगाडि
|
२९ साउन २०८३
१४३७ दिन अगाडि
|
२५ असोज २०७९
१४७१ दिन अगाडि
|
२१ भदौ २०७९
१४८१ दिन अगाडि
|
१२ भदौ २०७९
१४३६ दिन अगाडि
|
२६ असोज २०७९
१३८५ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४१ दिन अगाडि
|
२० असोज २०७९
१३७४ दिन अगाडि
|
२७ मंसिर २०७९