Above Header
Above News Title

आठौं थारू साहित्य राष्ट्रिय सम्मेलनको तयारी तीब्र, सुनसरीको गढीमा गरिने 

हौली परिवारका अध्यक्ष श्रवण सुतिहारले भने, ‘हौली परिवार सुनसरी र मोरङ दुबै जिल्लामा सक्रिय छ । त्यसैले, सुरुमा स्थानको अलमल जस्तो भयो । अब भने स्थान सुनसरीको गढी गाउँपालिका–२, गढीमाई फिक्स भएको छ ।’
आठौं थारू साहित्य राष्ट्रिय सम्मेलनको तयारी तीब्र, सुनसरीको गढीमा गरिने 

आठौं थारू साहित्य राष्ट्रिय सम्मेलन मोरङमा हुने तय भएको समाचार यसअघि आएकोमा स्थानीय आयोजक हौली परिवारले सुनसरीको गढीमा गरिने जानकारी दिएको छ ।

यसअघि स्थानीय संयोजनकर्ता हौली परिवारको मंसिर १५ को बैठकले आठौं थारु साहित्य राष्ट्रिय सम्मेलन आगामी माघ २६ देखि २८ गतेसम्म मोरङको विराटनगर या सुनसरीको गढी वा दुहबीमा गर्ने निर्णय गरेको थियो ।

हौली परिवारका अध्यक्ष श्रवण सुतिहारले भने, ‘हौली परिवार सुनसरी र मोरङ दुबै जिल्लामा सक्रिय छ । त्यसैले, सुरुमा स्थानको अलमल जस्तो भयो । अब भने आठौं थारु साहित्य राष्ट्रिय सम्मेलनको मिति माघ २६ देखि २८ गते अनि स्थान सुनसरीको गढी गाउँपालिका–२, गढीमाई फिक्स भएको छ ।’ अध्यक्ष सुतिहारले सम्मेलन सफल गर्न आफ्नो संयोजकत्वमा ५१ सदस्यीय तयारी समिति तथा विभिन्न उपसमिति गठन गरिएको पनि बताए । उनले तयारीलाई तीब्रता दिएको जनाए । 

थारु लेखक संघ तथा जंग्रार साहित्यिक बखेरी पनि आठौं थारू साहित्य राष्ट्रिय सम्मेलनको आयोजक हुन् । मोरङ, सुनसरीमा आठौं थारु साहित्य राष्ट्रिय सम्मेलन हुन नसके जंग्रार साहित्यिक बखेरीको संयोजनमा बर्दियामा आयोजना गर्ने तयारी अगाडि बढेको थियो । अब बर्दियामा गरिने साहित्य सम्मेलनलाई के नाम दिने छलफल गरिने बखेरीका अध्यक्ष सोम डेमनडौराले बताए । 

स्मरण रहोस् थारू साहित्य राष्ट्रिय सम्मेलन सहयोगार्थ बखेरीेले मंसिर १५ गतेदेखि २२ गतेसम्म बर्दियाका विभिन्न स्थानमा पुस्तक प्रदर्शनी गरेको थियो । साथै, सम्मेलन सहयोगार्थ एक कप चिया अभियान जारी राखेको छ । 


 

प्रकाशित:

६४४ दिन अगाडि

|

२२ मंसिर २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१०६७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

११०२ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

११११ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१०६६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१०१६ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१०७२ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१००४ दिन अगाडि

|

२७ मंसिर २०७९