सरला चौधरी
काठमाडौँको विभिन्न ठाउँमा थारु महिला समाज र थारु महिला सभाको आयोजनामा काठमाडौबासी थारुहरुले समाचकेवा पर्व मनाएका छन् ।
समाचकेवा पर्व खास गरी पूर्वी तराईमा बसोबास गर्ने थारु समुदायमा मनाइने मौलिक पर्व हो । यो पर्व कात्तिक शुक्ल द्धितीया अर्थात् भाइटिकाको दिनदेखि शुरु भई कात्तिक पूर्णिमाको दिन समापन गरिन्छ । यसै सन्दर्भमा काठमाण्डौको विभिन्न ठाउँमा थारु महिला समाज र थारु महिला सभाले समापन गरेको हो। यो पर्व दिदिबहिनी र दाजुभाइबीच प्रगाढ प्रेम र समर्पणको रुपमा मनाउने परम्परा रहेको थारु भाषा साहित्य केन्द्र वसघराको भुलाइ चौधरीले बताए । उनको अनुसार दुइ हजार बर्ष पहिले गरभ देशमा गरभा नामका राजा थिए । उनको रानीको नाम आदम्पिती थियो । उनको दरबार सबै कुराले भरिपुर्ण थियो । उनका छोरा साम र छोरी सभा थिइन । दरबारको परम्परानुसार समाको विवाह सेन वंशीय राजा चक्रबर्तिसँग भएको थियो ।
समाको सानैमा विवाह भएको कारणले उनी माइतीमै बस्दथिन् । दरबारमा धेरै मानिस आउजाउ गर्थे, भाइभारदारहरु पनि धेरै थिए । समा असाध्यै राम्री गुणवती थिइन । एक जना भाइदारलाई समा असाध्यै मन पथ्र्याे । उ समाको प्रेममा पागल थियो तर समा विवाहित भएको कारणले समाले भारदारको प्रेम प्रस्ताव अस्विकार गरिन् । यहि बदला लिनको लागि कुरौटे भारदार राजासँग समा चरित्रहिन भएको चुग्ली लगाए छ । र राजाले भारदार अथवा चुग्लाको कुरा सुनेर समालाई बनवास जान आज्ञा दिए । राजाको आवेगमा आएर लिएको निर्णयलाई रानीलाई असह्य भएछ र विलाप पुर्ण गीत गाउँछिन् । यही गीत गाउँदै थारु समुदायका महिलाहरु घर घरमा समाचकेवा मनाउने प्रम्परा रहेको थारु महिला समाजकी केन्द्रिय सचिव अनिता र्चाैधरीले बताइन् ।

समा जब वनबास तिर लाग्छिन्, उनका भाईहरु दरबार फर्कन आग्रह गर्दछन् । तर समा भने आफ्नो वुबाको आज्ञा पालनको अपमान नगर्ने भन्दै दरबार फर्कन अस्विकार गर्छिन र बनवास तिर लाग्छिन् । बनबासमा दुख कष्ट नहोस भन्दै लावालस्कर सहित उनलाइ चाहिने सामग्री र उनको सबभन्दा मन पर्ने कुकुर संगीतको भमरा, नतुवा लगाएत आवश्यक बस्तुहरुको बन्दोबस्त गरेर उनी सँग पठाइन्छ । जब उनी बनबासमा पुग्छीन् राजाले चुकलालाई दण्ड सजाय दिन्छन् । त्यही बदला लिनको लागि फेरीपनि चकलाले फेरी जंगलमा आगो लगाइ दिन्छ तर समाको सात भाई जंगलमा आगो निभाउँछन् । समा चाँही अर्को जूनीमा भाइबहिनीको रुपमा फेरीपनि जन्म लिने बाचा गर्दै चराको रुपमा परिणत हुन्छिन् । भाइहरु जंगल पुग्दा दिदिलाई चराको रुपमा देखेर वियोगान्त स्वरुप बहिनीको माया नपाए पनि अर्को जन्ममा समा र चकेवाको रुपमा जन्म पाउँ भन्दै फर्किए । त्यही दिनदेखि भाइबहिनीको प्रतिक रुपमा थारु समाजमा समाचकेवा मनाउन थालेको जनविश्वास रहेको थारु समाजकी केन्द्रिय अध्यक्ष गीता चौधरीले बताइन् ।
प्रकाशित:
९१४ दिन अगाडि
|
१२ मंसिर २०८०
२ दिन अगाडि
|
१४ जेठ २०८३
३ दिन अगाडि
|
१३ जेठ २०८३
४ दिन अगाडि
|
१२ जेठ २०८३
५ दिन अगाडि
|
११ जेठ २०८३
६ दिन अगाडि
|
१० जेठ २०८३
७ दिन अगाडि
|
९ जेठ २०८३
८ दिन अगाडि
|
८ जेठ २०८३
१३२७ दिन अगाडि
|
२५ असोज २०७९
१३६१ दिन अगाडि
|
२१ भदौ २०७९
१३७१ दिन अगाडि
|
१२ भदौ २०७९
१३२६ दिन अगाडि
|
२६ असोज २०७९
१२७५ दिन अगाडि
|
१५ मंसिर २०७९
१३३१ दिन अगाडि
|
२० असोज २०७९
१२६४ दिन अगाडि
|
२७ मंसिर २०७९