फोक्सोमा सङ्क्रमण भई काठमाडौँमा उपचाररत नागरिक उन्मुक्तिको तर्फबाट सुदूरपश्चिम प्रदेश सभा सदस्य लक्ष्मण किशोर जोगेथ्वा चौधरीको उपचारमा समस्या भएको छ ।
काठमाडौँको सिनामंगलस्थित केएमसी टिचिङ अस्पतालमा उपचाररत चौधरीको उपचारमा आर्थिक समस्या भएको परिवारजनले बताएका छन् ।
प्रदेश सभा सदस्य चौधरीकी पत्नी सरस्वती चौधरीले भनिन्, ‘उपचार जारी छ । केही दिनदेखि आइसियुमा उपचार भइरहेको छ । औषधी जारी छ । ल्याएको पैसा सकायौ । आर्थिक समस्याले सताउन थालेको छ ।’
प्रदेश सभा सदस्य चौधरीकी धर्मपत्नी सरस्वती चौधरीका अनुसार प्रदेश सभा सदस्य चौधरीको नियमित स्वास्थ्य जाँचको क्रममा कार्तिक अन्तिम साता भक्तपुरको सल्लाघारीस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्र पुगेका थिए । त्यसै क्रममा अचानक स्वास्थ्य समस्या देखिएपछि उनलाई केएमसी टिचिङ अस्पताल रेफर गरिएको थियो ।
फोक्सोमा जटिल समस्या देखिएपछि उनलाई आइसियुमा राखेर उपचार थालिएको हो । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।
प्रकाशित:
१०३४ दिन अगाडि
|
२ मंसिर २०८०
३ दिन अगाडि
|
२९ भदौ २०८३
४ दिन अगाडि
|
२८ भदौ २०८३
१७ दिन अगाडि
|
१५ भदौ २०८३
१९ दिन अगाडि
|
१३ भदौ २०८३
१९ दिन अगाडि
|
१३ भदौ २०८३
२४ दिन अगाडि
|
७ भदौ २०८३
३३ दिन अगाडि
|
२९ साउन २०८३
१४३७ दिन अगाडि
|
२५ असोज २०७९
१४७१ दिन अगाडि
|
२१ भदौ २०७९
१४८१ दिन अगाडि
|
१२ भदौ २०७९
१४३६ दिन अगाडि
|
२६ असोज २०७९
१३८५ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४१ दिन अगाडि
|
२० असोज २०७९
१३७४ दिन अगाडि
|
२७ मंसिर २०७९