काठमाडौं
नेपाल प्रज्ञा प्रतिष्ठान, मातृभाषा (साहित्य) विभागले शनिवार ‘थारू साहित्यको विगत र वर्तमान’ विषयमा चर्चा गरेको छ । मातृभाषा श्रृंखलाको चौथो कार्यक्रमअन्तर्गत थारू साहित्यको अवस्थाबारे कृष्णराज सर्वहारीले अवधारणापत्र प्रस्तुत गरेका थिए ।
थारू साहित्यका विभिन्न विधामा ३ सय भन्दा थान पुस्तक तथा पत्रिका प्रकाशित भएको सर्वहारीले बताए । उनले कविता, आख्यान विधामा थारू साहित्य समृद्ध हुँदै गएपनि निवन्ध, समालोचना, नाटक विधा कमजोर रहेको बताए ।
२०१९ सालमा बारा जिल्लाका रामप्रसाद रायले लेखेको ‘थरूहट के बउआ और बहुरिया’ कृतिलाई भोजपुरी भाषाको पहिलो उपन्यास भनेर नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको छ । यो थारू हो या भोजपुरी थारूभाषीहरुले निक्र्यौल गर्नुपर्ने उनको तर्क थियो । बाराकी लेखिका ‘थरूहट के बउआ और बहुरिया’ कृति थारू भाषाकै रहेको जिकिर गरिन् ।
शत्रुघन चौधरीले लोकसाहित्यमा थारू साहित्य निकै समृद्ध रहेकोमा यसको दस्तावेजीकरणमा प्रज्ञा प्रतिष्ठान लगायतले ध्यान दिनुपर्ने बताए । कार्यपत्रमा कुछतनारयाण चौधरी, सीएन थारू, डा रामबहादुर चौधरी, नन्दुराज चौधरी, रजनी मिलालगायतले टिप्पणी गरेका थिए । कार्यक्रममा भूमिका थारू, भानुभक्त राईलगायतले कविता वाचन गरेका थिए ।
त्यस्तै, नेपाल प्रज्ञा प्रतिष्ठान, मातृभाषा (साहित्य) विभागका प्रमुख राजन मुकारुङ, प्रतिष्ठानका सचिव डा धनप्रसाद सुवेदी, प्रतिष्ठानका कुलपति भुपाल राईले कार्यपत्रअनुसार थारू भाषा समृद्धिको बाटोमा देखिएकोमा खुशी व्यक्त गरे ।
प्रकाशित:
९३० दिन अगाडि
|
२६ कात्तिक २०८०
२ दिन अगाडि
|
१४ जेठ २०८३
३ दिन अगाडि
|
१३ जेठ २०८३
४ दिन अगाडि
|
१२ जेठ २०८३
५ दिन अगाडि
|
११ जेठ २०८३
६ दिन अगाडि
|
१० जेठ २०८३
७ दिन अगाडि
|
९ जेठ २०८३
८ दिन अगाडि
|
८ जेठ २०८३
१३२७ दिन अगाडि
|
२५ असोज २०७९
१३६१ दिन अगाडि
|
२१ भदौ २०७९
१३७१ दिन अगाडि
|
१२ भदौ २०७९
१३२६ दिन अगाडि
|
२६ असोज २०७९
१२७५ दिन अगाडि
|
१५ मंसिर २०७९
१३३१ दिन अगाडि
|
२० असोज २०७९
१२६४ दिन अगाडि
|
२७ मंसिर २०७९