Above News Title

पक्की पुल निर्माण गर्न बजेट अभाव भएपछि तमोर नदीमा काठको पुल

पक्की पुल निर्माण गर्न बजेट अभाव भएपछि तमोर नदीमा काठको पुल

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाभित्र सबै गाउँ–गाउँसम्म यातायात सेवा दिने उद्देश्यले तमोर नदीमा काठको पुल निर्माण गरिएको छ ।

पक्की पुल निर्माण गर्न बजेट अभाव भएपछि गाउँपालिकाले काठको पुल निर्माण गरेको हो ।

गाउँपालिकाले सवारीसाधन सञ्चालन गर्न तमोर नदीमा दुईवटा काठका पुल निर्माण गरेको छ । सदरमुकाम फुङ्लिङबाट पालिका क्षेत्र पुग्ने सानो खोलामा पाँचवटा मोटरेबल पुल निर्माण तथा मर्मतसम्भार गरेको गाउँपालिकाले जनाएको छ ।

फक्ताङ्लुङ गाउँपालिकाले चालु आर्थिक वर्षमा अस्थायीरुपमा काठको पुल निर्माण तथा मर्मतसम्भार गर्नका लागि रु १० लाख बजेट विनियोजन गरेको छ । विनियोजित बजेटबाट तमोर नदीमा काठेपुल निर्माण गरिएको छ भने अन्य पुल मर्मतसम्भार गर्ने योजना छ ।

फक्ताङ्लुङ भौगोलिकरुपमा विकट छ । तमोर नदीको दुवैतर्फ यो गाउँपालिका विभाजित छ । वडा नं १ सावा दिन, वडा नं २ खेजेनिम, वडा नं ४ इखाबु र वडा नं ६ लेलेप तमोर नदीको दायाँ भागमा पर्दछ ।

यस्तै वडा नं ३ लिङखिम र वडा नं ५ तापेथोक र वडा नं ६ लेलेपका सेकाथुम र अन्य गाउँ तमोर नदीको बायाँ किनारामा पर्छन् । एक गाउँबाट अर्को गाउँ आवतजावत गर्न तमोर नदी तर्नुपर्दछ ।

अहिले प्रायः सबै वडा सडक सञ्जालले जोडिएका छन् । गाउँ–गाउँमा सडक सञ्जालले जोडिए पनि मोटरेबल पुलको अभावमा समस्या झेलिरहेका यहाँका बासिन्दाका लागि गाउँपालिकाले तमोर नदीमा अस्थायी काठको मोटरेबल पुल निर्माण गरेको हो ।

पुल निर्माणपछि अहिले गाउँ–गाउँमा यातायात सेवा पुगेको फक्ताङ्लुङ गाउँपालिका–१ का वडाध्यक्ष यज्ञप्रसाद लिम्बूले बताए । यसअघि पक्की मोटरेबल पुलको अभावमा स्थानीयवासी तमोर नदीको जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए ।

पक्की मोटरेबल पुल निर्माण नभएसम्म गाउँपालिकाले विगत छ वर्षदेखि अस्थायी काठे मोटरेबल पुल निर्माण गरेर गाउँ–गाउँमा सवारीसाधन पुर्याउँदै आएको छ । अन्य ठाउँमा आवश्यतानुसार काठेपुल निर्माण गर्दै जाने लिम्बूले बताए ।

प्रकाशित:

९३४ दिन अगाडि

|

२२ कात्तिक २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३२७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१३६१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१३७१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३२६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१२७५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३३१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१२६४ दिन अगाडि

|

२७ मंसिर २०७९