काठमाडौँ । नेपाल ट्वान्टी-२० विश्वकपमा छनोट भएको छ । शुक्रबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न सेमिफाइनल खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) लाई आठ विकेटले हराउँदै नेपाल टी—२० विश्वकपमा छनोट भएको हो ।
जितसँगै नेपाल एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पनि पुगेको छ । नेपालले अब आइतबार हुने फाइनलमा ओमानसँग उपाधिका लागि भिडन्त गर्नेछ ।
नेपालले दशकपछि ट्वान्टी-२० विश्वकप खेल्न लागेको हो । नेपालले यसअघि पहिलो र पछिल्लो विश्वकप २०१४ मा बंगलादेशमा खेलेको थियो । ९ वर्षअघि विश्वकप खेलेको नेपाली टोलीका सोमपाल कामी अहिले पनि प्रमुख खेलाडीका रूपमा रहेका छन् ।
ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्र अघि भएको नेपाल ट्वान्टी२० आई शृंखलामा नेपालले यूएईलाई मूलपानीमा भएको दुवै खेलमा पराजित गरेको थियो । तर कीर्तिपुरमा भएको फाइनलमा यूएईले नेपाललाई ४ विकेटले पराजित गरेको थियो ।
गत वर्ष ओमानमा सेमिफाइनलमा यूएईसँगै पराजित हुँदा नेपाल ट्वान्टी-२० विश्वकपमा छनोट हुन असफल भएको थियो । यूएईले नेपाललाई ६८ रनले पराजित गरेको थियो ।
प्रकाशित:
१०४९ दिन अगाडि
|
१७ कात्तिक २०८०
३ दिन अगाडि
|
२९ भदौ २०८३
४ दिन अगाडि
|
२८ भदौ २०८३
१७ दिन अगाडि
|
१५ भदौ २०८३
१९ दिन अगाडि
|
१३ भदौ २०८३
१९ दिन अगाडि
|
१३ भदौ २०८३
२४ दिन अगाडि
|
७ भदौ २०८३
३३ दिन अगाडि
|
२९ साउन २०८३
१४३७ दिन अगाडि
|
२५ असोज २०७९
१४७१ दिन अगाडि
|
२१ भदौ २०७९
१४८१ दिन अगाडि
|
१२ भदौ २०७९
१४३६ दिन अगाडि
|
२६ असोज २०७९
१३८५ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४१ दिन अगाडि
|
२० असोज २०७९
१३७४ दिन अगाडि
|
२७ मंसिर २०७९