Above News Title

धादिङमा भूकम्पबाट २० घर भत्किए, ७५ वटा चर्किए

धादिङमा भूकम्पबाट २० घर भत्किए, ७५ वटा चर्किए

धादिङ । आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका-५, कुमालटारीमा २० वटा घर भत्किएका छन् । भुइँचालोबाट ७५ घर चर्किएको छ । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्रीले बताए ।

पटक-पटक चार रेक्टरस्केलभन्दामाथिका परकम्प गएका कारण मानिसहरू घर बाहिर बसेको स्थानीय राजेश अधिकारीले बताए ।

६ वटा घरमा भने पूर्ण क्षति पुगेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रका अनुसार भूकम्पका कारण ज्वालामुखी ५ का भक्कि कुमाल, रमेश कुमालको कच्ची घरको पछाडिको गारो पूरै भत्किएको छ ।

त्यसै गरी पुन्टे कुमालको घरको भित्ता चर्किएको छ भने खाना पकाउने चिम्नि बांगिएको छ । सोही ठाउँका प्रताप कुमालको ढुङ्गा माटोले बनेको कच्ची घरको चिम्नी बांगिनुको साथै भित्ता चर्किएको छ ।

ज्वालामुखी-७, चैनपुरबेँसीका ७३ वर्षीय बलबहादुर दनाईको चिम्नी खसेको छ । त्यस्तै ज्वालामुखी-१, माझीटारका मंगलसिंह माझीको गोठ भत्किनुका साथै एउटा खसी घाइते छ ।
भूकम्पको कम्पनले ज्वालामुखी ५ बुङकोटघाट सिम्लेमा पहिरो खस्दा दुई वटा घर जोखिममा छ ।

वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले भूकम्पपछि लगातार जसो पराकम्प आइरहेकाले सचेत हुन आग्रह गरेका छन् । धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले भूकम्पको केन्द्रबिन्दु खरी क्षेत्रमा भएको क्षतिको आवश्यकताअनुसार राहतको तत्काल व्यवस्था गर्ने गरी अवस्था बुझ्न घटनास्थलतर्फ टोली पठाइएको बताए ।

भूकम्प गएको ठाउँ गोरखासँग सीमा जोडिएको बूढीगण्डकी नदीको तटीय क्षेत्र हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहरूको विस्तृत विवरण संकलन जारी रहेको बताए । धादिङको साविक खरी गाविस केन्द्रबिन्दु भई आज बिहान ७:३९ मा ६.१ रेक्टरस्केलको भूकम्प गएको थियो ।

प्रकाशित:

९५१ दिन अगाडि

|

५ कात्तिक २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३२७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१३६१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१३७१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३२६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१२७५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३३१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१२६४ दिन अगाडि

|

२७ मंसिर २०७९