Above News Title

थारु भाषा र संस्कृतिको वर्तमान अवस्थाबारे अन्तरक्रिया सम्पन्न

थारु भाषा र संस्कृतिको वर्तमान अवस्थाबारे अन्तरक्रिया सम्पन्न

थारु आयोगबाट थारु भाषा र संस्कृतिको वर्तमान अवस्थाबारे अन्तरक्रिया कार्यक्रम सुनसरीको गढी गाउँपालिकामा  कार्तिक २ गते विहीवार सम्पन्न भएको छ ।

सो अवसरमा कार्यक्रमकी प्रमुख अतिथि पूर्वमन्त्री तथा सांसद भगवती चौधरीले कोशी प्रदेशमा सुनसरी, मोरङ, उदयपुर र झापा जिल्लामा थारुहरुको बाहुल्यता रहेकोमा यी जिल्लाहरुमा थारुहरुले इतिहासका विभिन्न कालखण्डमा गरेको संघर्ष र वलिदानलाई कुनै पनि हालतमा बिर्सन नहुने धारणा राखिन् । 

उनले अगाडि भनिन्, पूर्खाहरुको वलिदानलाई बिस्र्यौ भने इतिहासले हामीलाई सराप्ने छ । त्यसैले तराईलाई उर्वर बनाउन हाम्रा पूर्खाहरुले गरेका संघर्षको दस्तावेजीकरण गर्नु आवश्यक छ । थारु आयोगले यसमा काम गर्न सक्यो भने भावी पुस्ताले आफनो वास्तविक कुरा थाहा पाई  अधिकारका लागि आवाज उठाउने छ ।

“थारु समुदायमा सशक्तिकरण तथा सचेतनाको लागि” भन्ने अभियानअन्तर्गत उक्त अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिएको हो । कार्यक्रममा थारु भाषा र संस्कृतिमा देखिएका समस्या र चुनौती विषयमा गवनसिंह चौधरीले कार्यपत्र प्रस्तुत गरेका थिए । 

सो कार्यपत्रमा थाकस सुनसरीका जिल्ला सभापति सुरेन्द्र चौधरी, भूपु पालिका उपाअध्यक्ष राजकुमारी चौधरी, हौली परिवारका अध्यक्ष श्रवण सुथियारलगायत थारु अगुवा बुद्धिजीवी दुखाराम चौधरी, लक्ष्मीनारायण चौधरी, सुमित्रा चौधरी, रन्धुलाल चौधरीलगायत वक्ताहरुले आ–आफनो धारणा राखेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि गढी गापाका अध्यक्ष आशनारायण चौधरी थिए । त्यस्तै, पालिकाका जनप्रतिनिधि, महिला सभालगायत विभिन्न संघसंस्थाका प्रतिनिधि बुद्धिजीवीहरुको व्यापक सहभागिता थियो । कार्यक्रमको अध्यक्षता थारु आयोगका सदस्य माननीय भोलाराम चौधरीले गरेका थिए ।

अहिले थारु भाषा र संस्कृतिमा चारैतिरबाट आक्रमण भई रहेकोमा थारु समाज सचेत हुनु जरुरी देखिन्छ । थारु समुदायबारे लिखित दस्तावेज कम भएकाले भावी पुस्तालाई आफनो भाषा र संस्कतिमा पहुँच पुर्याएर दस्तावेजीकरण गर्न जोड दिनुपर्ने छलफलका बक्ताहरुले भनाई राखेका थिए । 

प्रकाशित:

१०६३ दिन अगाडि

|

३ कात्तिक २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७४ दिन अगाडि

|

२७ मंसिर २०७९