राष्ट्रिय थारु कलाकार मञ्च, सुर्खेतको पहिलो जिल्ला अधिवेशन असोज २८ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
अधिवेशनले नयाँ कार्य समितिको अध्यक्षमा राजु चौधरी, उपाध्यक्षमा कृष्णा चौधरी, वरिष्ठ उपाध्यक्षमा सुनिल चौधरी, सचिवमा पुर्ण बहादुर चौधरी, कोषाध्यक्षमा जीवन चौधरी, सहसचिवमा सन्ध्या चौधरी चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा लक्ष्मण चौधरी, सिर्जना चौधरी, सलिना चौधरी, दिक्षा चौधरी, रक्षा चौधरी, दिपिका चौधरी, सुमित्रा चौधरी, सम्झना चौधरी र दिपा चौधरी छानिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिकाका कार्यपालिकाका १० को सदस्य लक्ष्मी चौधरीले सुर्खेतमा रहेका थारु समुदायको कला, संस्कृति, गीत संगीतको विकास गर्न कलाकार मञ्चले महत्वपूर्ण भूमिका खेल्ने कुरामा विश्वास लिएको बताइन् । जिल्लामा थारु कला संस्कृतिलाई संस्थागत विकास गर्न आवश्यकता रहेको बताउदै आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा राष्ट्रिय थारु कलाकार मञ्चका केन्द्रीय अध्यक्ष विनय वैद्य थारुले सम्पूर्ण थरुहटमा रहेका थारु कलाकारहरुलाई संगठित गरी हरेक जिल्लाको थारु कला संस्कृति र सभ्यताको विकासका लागि अभियानमा लागेको बताए । आगामी कार्तिक २२ र २३ गते चितवनमा कलाकार मञ्चको राष्ट्रिय महाधिवेशन रहेको बताउदै अधिवेशनपछि राष्ट्रिय कलाकार महासंघ गठन हुने जानकारी दिए ।
कार्यक्रममा लखागिन थारु उत्थान मञ्च, सुर्खेतका अध्यक्ष एवम् थारु अनुसन्धानकर्मी मानबहादुर चौधरी पन्नाले कला हरेक जाति समुदायको जननी भएकाले आफू बाँचेको संस्कृति र कलालाई संरक्षण गर्न राज्य मात्र नभइ सिङ्गो समुदाय संस्थागत रुपमा लाग्न जरुरी रहेको बताए ।
कार्यक्रममा थारु कल्याणकारिणी सभा सुर्खेतका सभापति बेचुलाल चौधरी, वीरेन्द्रनगर नगरपालिका वडा नं २ का वडासदस्य रमेश चौधरी, सरिता चौधरी लगायतका वक्ताहरुले थारु कला संस्कृतिको उत्थान विकासका लागि एकजुट हुनुपर्ने बताएका थिए ।
प्रकाशित:
१०६४ दिन अगाडि
|
२ कात्तिक २०८०
३ दिन अगाडि
|
२९ भदौ २०८३
४ दिन अगाडि
|
२८ भदौ २०८३
१७ दिन अगाडि
|
१५ भदौ २०८३
१९ दिन अगाडि
|
१३ भदौ २०८३
१९ दिन अगाडि
|
१३ भदौ २०८३
२४ दिन अगाडि
|
७ भदौ २०८३
३३ दिन अगाडि
|
२९ साउन २०८३
१४३७ दिन अगाडि
|
२५ असोज २०७९
१४७१ दिन अगाडि
|
२१ भदौ २०७९
१४८१ दिन अगाडि
|
१२ भदौ २०७९
१४३६ दिन अगाडि
|
२६ असोज २०७९
१३८५ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४१ दिन अगाडि
|
२० असोज २०७९
१३७४ दिन अगाडि
|
२७ मंसिर २०७९