यतिबेला थारू समुदायका महिलाहरु दशैंका लागि घर सजाउन व्यस्त छन् ।
दसैँका लागि घर चिटिक्क पार्ने, आँगन सजाउने, माछामासु र दाउराको जोहो गर्ने र किनमेल गर्ने जस्ता कार्यमा यो समुदायका व्यक्ति व्यस्त देखिन्छन् ।
यसै क्रममा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का देवी चौधरी घर लिपपोत गर्नमा व्यस्त हुनुहुन्छ । उहाँले थारू समुदायमा दसैँमा घर लिपपोत गरेर सजाउनु अनिर्वाय जस्तै भएकाले घर, आँगन सजाउन लागेको बताए।
‘अहिले घर लिपपोत गर्नेदेखि किनमेल गर्ने चटारो छ’, उनले भने, ‘दशैं सुरु हुनुभन्दा अगाडि नै हामी सबै तयारी गरिसक्छौँ, दशैंमा सखिया नाच्ने र रमाउने हो ।’
उनले गाउँमा रहेका अधिकांशले घर लिपपोत गरेर सजाइसकेको बताए । थारू समुदायमा दसैँ विशेष चाड भएकाले यसको रौनक एक महिनाअघि देखि नै हुने गर्दछ ।
‘दसैँमा पूजा गर्दा कुखुराको मासु, माछा, कुभिन्डो, ढिक्री, रक्सी आदि चाहिन्छ’, उनले भने, ‘पूजा सएिपछि सबैजना सखिया नाच्ने र रमाइलो गर्ने गर्दछन ।” अन्य समुदायको भन्दा यो समुदायमा दशैं मनाउने चलन पृथक रहेको उनले बताए ।
पछिल्लो समय सामुदायिक वनले जङ्गलबाट माटो ल्याउन निषेध गरेपछि समस्या भएको उनले बताए । ‘माटोले लिपपोत गरेर खरले छाएका घर थारू समुदायका पहिचान हुन्’, उनले भने, ‘सामुदायिक जङ्गलले माटो ल्याउन निषेध गरेपछि यी घरहरु हराउन थालेका छन् ।’
स्थानीय लक्ष्मीराम चौधरी दसैँका लागि सामान जुटाउन व्यस्त छन् । उनले केही दिनअघि देखि माछाको जोहो गर्न लागेका छन् । ‘घरमा महिलाहरु घर लिपपोत गर्न लागेका छन्, म माछाको जोहो गर्दैछु’, उनले भने, ‘दसैँमा सुकाएको माछा र रक्सी थारू समुदायको विशेष हो ।’ उनले पछिल्लो समय पक्की घरहरु बन्न थालेपछि विगतको जस्तो रौनकता भने नभएको बताए ।
स्थानीय सीता चौधरीले दसैँका बेला थारू समुदायमा सखिया नाच महत्वपूर्ण भएको बताए । ‘दसैँको बेला सखिया नाच रातभरि हुने गर्दछ, यो नाचमा भगवान्को मात्रै महिमा हुन्छ’, उनले भने, ‘पछिल्लो समय विभिन्न कारण एक महिना खेलिने यो नाँच छोटिँदै गएको छ ।’
टीका लगाइसकेपछि सबै गाउँले भेला भएर सखिया नाच नाच्ने चलन छ । पछिल्लो समय यो नाच लोप हुँदै गएको छ । ‘पहिलेको जस्तो रातभर नाच्ने गाउने चलन त हराइसकेको छ’, उनले भने, ‘अहिले संस्कृति जोगाउनलाई भए पनि कार्यक्रमको आयोजना गरी सखिया नाच्ने गरिन्छ ।’
पछिल्लो पुस्ता आधुनिकतामा रमाउन थालेपछि सखिया नाचको मौलिकता हराउँदै गएको थारू समुदायका पाका पुस्ता बताउँछन् ।
प्रकाशित:
१०६४ दिन अगाडि
|
२ कात्तिक २०८०
३ दिन अगाडि
|
२९ भदौ २०८३
४ दिन अगाडि
|
२८ भदौ २०८३
१७ दिन अगाडि
|
१५ भदौ २०८३
१९ दिन अगाडि
|
१३ भदौ २०८३
१९ दिन अगाडि
|
१३ भदौ २०८३
२४ दिन अगाडि
|
७ भदौ २०८३
३३ दिन अगाडि
|
२९ साउन २०८३
१४३७ दिन अगाडि
|
२५ असोज २०७९
१४७१ दिन अगाडि
|
२१ भदौ २०७९
१४८१ दिन अगाडि
|
१२ भदौ २०७९
१४३६ दिन अगाडि
|
२६ असोज २०७९
१३८५ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४१ दिन अगाडि
|
२० असोज २०७९
१३७४ दिन अगाडि
|
२७ मंसिर २०७९