Above News Title

महिला पत्रकारलाई प्रविधिमा दक्षता बढाउन सुझाव

महिला पत्रकारलाई प्रविधिमा दक्षता बढाउन सुझाव

पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् ।

प्रेस काउन्सिल नेपालले पत्रकार महिलाको दक्षता अभिवृद्धिका लागि काठमाडौँमा आयोजना गरेको ३ दिने तालिमको समापनका क्रममा उनीहरुले यस्तो सुझाव दिएका हुन् । 

काउन्सिलले पहिलो चरणमा बाग्मती प्रदेशका सबै जिल्लाका सहभागी पत्रकार महिलालाई तालिम दिएको हो । विषय विज्ञ वरिष्ठ पत्रकार युवराज घिमिरेले श्रव्यदृश्य पत्रकारितामा भाषा–शैलीको महत्वसँगै विषयवस्तु, प्रस्तुति, समयबद्धता, गुणस्तरियता, सम्प्रेषण, प्रविधिको प्रयोग, अडियन्स र सेवाग्राहीको सुझावलाई विशेष ध्यान दिनुपर्ने बताए। 

मुलुकको राजनीतिक, आर्थिक, सामाजिक सांस्कृतिक घटनाको यथार्थपरक सूचना जनतालाई दिनु पत्रकारको कर्म भएको भन्दै उहाँले जुनसुकै विषय पनि समाचार हुने तर त्यसको उठान गर्ने तरिकाले अर्थ राख्ने बताए । समय र प्रविधिको विकाससँगै पत्रकारिता पेसालाई पनि परिष्कृत गर्दै लैजानुपर्ने भन्दै घिमिरेले समयको मागसँगै छिटोछरितो र मल्टिमिडियायुक्त पत्रकारिता आजको आवश्यकता भएको बताए । 

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले पत्रकारिताको स्वरूप र परिभाषा फेरिएको भन्दै समयको माग अनुसारको पत्रकारिता वर्तमान युगको आवश्यकता भएको बताए । डिजिटल युग सुहाउँदो पद्धति तथा प्रवृत्ति अनुसरण गर्न सके मात्रै पत्रकारिता पेसामा टिक्न सकिने भन्दै उहाँले काउन्सिलको ३ दिने तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा उतार्न सहभागीलाई सुझाव दिए।  

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले प्रविधिको पर्याप्त ज्ञानबिना अबको पत्रकारिता अघि बढ्न नसक्ने भन्दै काउन्सिलसहितका सरोकारवालाले प्रविधिमैत्री तालिम बढाउँदै लैजानुपर्ने उल्लेख गरे । हतारमा राम्रो काम गर्नुपर्ने पेसा भएकाले प्रविधिको सहायताले सघाउ पुग्ने उहाँको भनाइ थियो । ‘केही पत्रकारले आफूले जान्नुपर्ने कुरामा समेत ध्यान नदिएर अन्यत्र पेसा र सुविधामा बढी रुचि दिन्छौँ, यसले पनि समस्या ल्याउने गरेको छ’ अध्यक्ष बस्नेतले भने । 

काउन्सिलका सदस्य एवं प्रशिक्षक दुर्गा भण्डारी पौडेलले पत्रकार आचारसंहिता, वर्तमान समयमा भएको पत्रकारिता तथा मिडिया कानुनको विषयमा प्रकाश पारिन् । मिडिया साक्षरता अहिलेको माग भएको उनको भनाइ थियो ।

तालिम समापनका क्रममा बोल्दै राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले अब समाचारको कुनै डेटलाइन नहुने भन्दै जुनसुकै घटनाका समाचार तुरुन्तै प्रवाह गर्न पत्रकार तत्पर रहनुपर्ने बताए । उनले पत्रकारिताले परिष्कृत गर्न आगामी दिनमा पत्रकारलाई डिजिटल प्रविधिसँग खेल्न योग्य बनाउनुपर्ने बताए । 

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाहले लोकतान्त्रिक अभ्यासमा विश्वास गर्ने आधार पत्रकारिता भएकाले पत्रकारले सत्य तथ्य र निष्पक्ष समाचार दिनुपर्ने बताए । रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले पत्रकारितालाई समयानुकूल र प्रतिस्पर्धी बनाउन प्रविधिको ज्ञान र सिप आवश्यक हुने बताए।   

तालिमका क्रममा विषयगत विज्ञहरु नसना बज्राचार्य, अरुण कार्की, मात्रिका पौडेल, जनक नेपाल, विधान श्रेष्ठ, विमला तुम्खेवासहितले मोबाइल र डेटा पत्रकारिता, समाचारका विभिन्न आयामबारे प्रशिक्षण दिएका थिए ।

प्रकाशित:

१०७१ दिन अगाडि

|

२४ असोज २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७४ दिन अगाडि

|

२७ मंसिर २०७९