Above News Title

हेटौंडामा मनाइयो जितिया

हेटौंडामा मनाइयो जितिया

अशोकसुजन श्रेष्ठ


थारु महिलाहरुको महान पर्व जितिया पावैनको शुभकामना आदान प्रदान गरी देशको विभिन्न ठाउँमा मनाईएको छ । यही क्रममा थारु महिला सभा मकवानपुरले थारु कल्याणकारिणी सभा मकवानपुरसँगको समन्वयमा जितिया पर्व हेटौंडामा पनि मनाएको छ ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी  लामाले भाषा, संस्कृतिको संरक्षणमा आदिवासी जनजाति महिलाको महत्त्वपूर्ण रहेको भन्दै स्थानीय सरकार  समुदायको संस्कार, संस्कृतिको संरक्षणमा गम्भीर रहेको भन्दै सहयोगको प्रतिवद्धता जनाइन् । 

कार्यक्रममा आदिवासी जनजाति महासंघका जिल्ला उपाध्यक्ष लीलाकुमार घलानले जितिया पर्व थारु महिलाको स्वास्थ्य र पारिवारिक दृष्टिले राम्रो भएको भन्दै थारुसहित आदिवासी, जनजातिको संस्कार, संस्कृति जगेर्ना गर्न स्थानीयसँगै प्रदेश र संघीय सरकारले पनि सहयोग गर्नुपर्ने बताए ।

मकवानपुर बहुमुखी क्याम्पसका प्राध्यापक सुरेश श्रेष्ठले चाडपर्वलाई मौलिक रुपमा मनाउँदै नयाँ पुस्ताहरुलाई हस्तान्तरण गर्न ध्यान दिनुपर्नेमा जोड दिए । 

कार्यक्रम थारु महिला सभा मकवानपुरकी सभापति दौपतीदेवी चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा परम्परागत थारु भेषभुषामा सजिएर महिलाहरुले गीत, नृत्य सहित आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा थारु कल्याणकारिणी सभा मकवानपुरका निवर्तमान सभापति हरिलाल चौधरी, कोषाध्यक्ष उमा चौधरी, थारु विद्यार्थी सभाका केन्द्रीय सदस्य दिप्सन चौधरी लगायतले शुभकामना मन्तव्य दिएका थिए। 

त्यस्तै,  कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरका अध्यक्ष अशोकसुजन श्रेष्ठ, थारु कल्याणकारिणी सभा मकवानपुरका सभापति सचिदानन्द चौधरी, जिल्ला सल्लाहकार किशोरकुमार चौधरी, थारु विद्यार्थी सभा मकवानपुरका सभापति राजेशप्रसाद चौधरी लगायतको आतिथ्यता रहेको थियो ।

जितिया पर्वको पहिलो दिन हेटौंडाको राप्ती खोलामा सामुहिक रुपमा नुहाएका थारु महिलाहरुले दोस्रो दिन जित महान भगवानको निराहार (निर्जल) व्रत बसेर जितमहान भगवानको कथा सुनेका थिए । साथै, तेस्रो दिन विधिपूर्वक सामुहिक पुजा गरेर पारन गरेको थारु कल्याणकारिणी सभा मकवानपुरका सचिव चन्द्रकान्त चौधरीले जनाए ।

विशेष गरी थारु समुदायका विवाहित महिलाहरु आफ्नो सन्तान (छोराछोरी)को दीर्घायुको लागि व्रत बस्ने गर्दछन् । हेटौंडामा थारु समुदायको महान् पर्व माघी पर्व, समा चकेवा, जितिया सामुहिक रुपमा मनाउँदै आएका छन् ।

यसैगरी, अरु वर्ष एकै ठाउँमा मनाइने जितिया काठमाडौं उपत्यकामा यसपाली ३ ठाउँमा  मनाइएको छ । पर्यटन बोर्ड, ललितपुरको गुसिंगाल तथा इमाडोलमा जितिया विभिन्न कार्यक्रम गरी मनाइएको थियो । 
 

प्रकाशित:

१०७५ दिन अगाडि

|

२१ असोज २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७४ दिन अगाडि

|

२७ मंसिर २०७९