Above News Title

शिक्षक आन्दोलनका कारण काठमाडौँको कोर एरियामा दिनभर ट्राफिक जाम

शिक्षक आन्दोलनका कारण काठमाडौँको कोर एरियामा दिनभर ट्राफिक जाम

काठमाडौँ । शिक्षकहरूको आन्दोलनका कारण काठमाडौँ उपत्यकाको कोर एरियामा दिनभर सवारी जाम भएको छ ।

काठमाडौँको बानेश्वरदेखि माइतीघर तर्फ ओहोरदोहोर गर्ने सवारी साधनलाई ट्राफिक प्रहरीले रोकेको छ । त्यसको असर चक्रपथसम्म नै परेको छ ।

शिक्षकहरू बिहान साढे ९ बजेदेखि नै माइतीघरमा भेला हुन थालेका थिए । ११ बजेपछि आन्दोलनकारीको चापका कारण ट्राफिक प्रहरीले सो रुटमा चल्ने सवारीलाई रोक लगाएको थियो ।

माइतीघर हुँदै बानेश्वर र सिंहदरबार चोकतर्फ आवतजावत गर्ने सवारी साधनलाई दिनभर रोकेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र प्रसाद भट्टले  बताए । उनले भने, ‘थापाथली चोकबाट सवारी साधनलाई त्रिपुरेश्वरतर्फ डाइभर्सन गरिएको छ ।’

ठुला सवारी साधनलाई ट्राफिक प्रहरीले तीनकुनेबाट नै डाइभर्सन गरेको छ । साना सवारी साधनलाई बानेश्वर चोक र थापाथलीबाट डाइभर्सन गरिएको एसएसपी भट्टले बताए । यात्रुवाहक बसलाई प्रहरीले रिङरोडबाट नै डाइभर्सन गरेको छ ।

नेपाल शिक्षक महासंघको आयोजनामा देशभरका शिक्षक काठमाडौँमा प्रदर्शनमा उत्रिएका हुन् । काठमाडौँको कोर एरियामा आन्दोलन भएको हुनाले चक्रपथसम्म दिनभर सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।

ट्राफिक प्रहरीले बानेश्वर चोकबाट सवारी डाइभर्सन गरेर शंखमुल र पुरानो बानेश्वरतर्फ पठाएको छ । डाइभर्सनका कारण करिडोरको सडकमा पनि अत्यधिक चाप परेको छ ।

प्रकाशित:

९८१ दिन अगाडि

|

४ असोज २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३२७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१३६१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१३७१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३२६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१२७५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३३१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१२६४ दिन अगाडि

|

२७ मंसिर २०७९