Above News Title

सुदूरपश्चिम प्रदेशको राजधानी सार्ने मुख्यमन्त्रीको अभिव्यक्तिले तरङ्ग

सुदूरपश्चिम प्रदेशको राजधानी सार्ने मुख्यमन्त्रीको अभिव्यक्तिले तरङ्ग

भदौ २० गते डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश राजधानी सार्न सकिने सन्देशसहितको अभिव्यक्ति दिए ।

उनले भने, ‘राजधानीको विषयमा छिटोभन्दा छिटो हामी टुङ्ग्याउने पक्षमा छौँ । एक पटक संघीय सरकारसँग यहाँको सबै यथार्थ परिस्थितिबारेमा जानकारी गराउँछौँ । संघीय सरकार र सरोकारवाला मन्त्रालयले अनुमति दिए गोदावरीमै राजधानीको काम सुरु हुन्छ । यदि गोदावरीमा भएन भने हामी विकल्पको रूपमा अन्य ठाउँमा पनि राजधानीको निर्णय गरेर अगाडि बढ्छौँ ।’

मुख्यमन्त्रीले नै यस्तो धारणा सार्वजनिक गरेपछि ५ वर्षसम्म पनि वनको लफडा र कानुनी जटिलताले स्थायी राजधानीमा भौतिक संरचना निर्माण हुन नसकेको अवस्थाका बिच राजधानी नै सार्ने कि भन्नेखालको बहस पुनः तातेको छ । प्रदेश राजधानी गोदावरीमै राख्ने कि सार्ने भन्नेबारे बहस भइरहेको हो ।

मुख्यमन्त्री शाहले पनि राजधानी निर्माणमा धेरै ढिला भएकाले अब यसको निकास दिने प्रस्ट पारेका छन् । उनले भने, ‘५ वर्षसम्म राजधानी बनेन । अब उपयुक्त ठाउँमा राजधानी बनाउनु पर्ला नि ! प्रस्तावित ठाउँमा राजधानी के कति कारणले बनेन ? किन रोकियो ? अब के गर्नुपर्ला ? कसले बनाउन सकेन ? अथवा नेताले चाहेनन् कि, क्याबिनेटले सकेन कि ! बहस त चलाउनु प¥यो नि ।’

मुख्यमन्त्री शाहले राजधानी सार्ने नै आफ्नो पहिलो प्राथमिकता नरहेको पनि प्रस्ट पारे । ‘अब बन्छ भने बनाउने हो, प्रोसेसमा जानु प¥यो,’ उनले भने, ‘त्यहाँ बन्दैन भने जहाँ बन्छ, त्यहाँ त बनाउनु पर्ला नि ! त्यसको लागि प्रधानमन्त्रीसँग, राजनीतिक दललगायत सबै पक्षसँग छलफल सुरु गर्छु र यसै आर्थिक वर्षमा टुङ्ग्याउँछु ।’

मुख्यमन्त्री शाहले यस विषयमा हालसम्म औपचारिक रुपमा छलफल भने थालेका छैनन् ।  

सुदूरपश्चिम प्रदेशसभाको २०७५ असोज १२ गते बसेको दोस्रो अधिवेशनको ४६औँ बैठकले कैलालीको गोदावरी नगरपालिकाको वडा नं. २ र ४ क्षेत्रमा स्थायी राजधानी बनाउने निर्णय गरेको थियो । दुई तिहाइ बहुमतले सो स्थानलाई स्थायी राजधानी घोषणा गरी १४ गते प्रदेश प्रमुखबाट प्रमाणित गरिएको थियो ।

गोदावरीमा राजधानी किन बनेन ?

तत्कालीन समयमा प्रदेश सभाको सो निर्णय विरुद्ध सर्वोच्च अदालतमा प्रदेश सरकारलाई विपक्षी बनाएर २ वटा रिट निवेदन दायर भयो । जसको अझैसम्म किनारा लागेको छैन । अधिवक्ता देवीकुमारी जोशी र मनिष कुमार श्रेष्ठसहितका ९ जनाले सामूहिक रुपमा रिट निवेदन दायर गरेका थिए । अदालतमा मुद्दा विचाराधीन रहेका कारण पनि भौतिक संरचना निर्माण लगायतका काम ओझेलमा परेको हो ।

त्यस्तै, प्रदेश सरकारले राजधानीका लागि चाहिने जग्गा भोगाधिकारका लागि केन्द्रीय वन मन्त्रालयमा फाइल पेस गरेको थियो । तर वन मन्त्रालयले भोगाधिकार नदिँदा पनि निर्माणको कार्य अगाडि नबढेको बताइएको छ ।

त्रिलोचन भट्ट नेतृत्वको तत्कालीन सरकारले राजधानी पूर्वाधार विकास कार्यलाई प्रभावकारी बनाउन केही आर्थिक वर्ष बजेटसमेत विनियोजन गरेको थियो । तर वनको लफडा र कानुनी जटिलताका कारण बजेट कार्यान्वयनमा गएन । आव २०७७/७८ का लागि सञ्चालन अनुदान र वातावरणीय प्रभाव मूल्याङ्कन, विस्तृत परियोजना प्रतिवेदनलगायतको लागि २ करोड ७४ लाख बजेट विनियोजन गरिएको थियो ।

त्यसअघि पनि आव २०७६/७७ मा २ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

उहिले विरोधी, अहिले नेतृत्व

राजधानी निर्माणको प्रक्रिया वन मन्त्रालय र केही कानुनी उल्झनले मात्रै रोकिएको होइन । त्यस ताका प्रमुख प्रतिपक्षी दल रहेको नेपाली कांग्रेसको कडा विरोधका कारणले पनि रोकिएको हो । अन्तर्राष्ट्रिय जैविक मार्ग मासेर राजधानी बनाउनु हुन्न भनेर कांग्रेसले कडा विरोध जनाएको थियो ।

त्यस ताका प्रमुख प्रतिपक्ष दल कांग्रेसका संसदीय दलका नेता डा. रणबहादुर रावलले भनेका थिए, ‘अझै केही बिग्रिएको छैन । पुनर्विचार गर्दा राम्रो होला, वन मासेर राजधानी बनाउनु ठिक होइन । वातावरणीय दृष्टिले पनि चुरे भावर क्षेत्रसँग जोडिएको गोदावरी क्षेत्रको वन मासेर राजधानी बनाए केही समयमै कैलाली र कञ्चनपुर जिल्लालाई मरुभूमिकरण गर्नु हो ।’

त्यस्तै, कांग्रेसका अर्का सांसद भरतबहादुर खड्काले राजधानी तोक्न बनाइएको समिति नै असंवैधानिक रहेको बताउँदै राजधानी बनाउने निर्णयमा कांग्रेस नराम्ररी चुकेको अभिव्यक्ति दिँदै आएका थिए । उनले भनेका थिए, ‘तराईमा राजधानी बनाउनु भनेको पहाडी क्षेत्रलाई उपेक्षा गरिएको हो । सामरिक हिसाबले पनि पहाडमै राजधानी ठिक थियो । केही राजनीतिक अवस्था फेरबदल हुने बित्तिकै गोदावरीलाई राजधानी बनाउने सवाल र निर्णय नै उल्टिन्छ ।’

समयले कोल्टे फेरेको छ । हाल प्रदेश राजधानी निर्माणको जिम्मेवारी कांग्रेस नेतृत्वको सरकारमाथि थपिएको हो । पूर्व सांसद खड्काले त्यतिबेला दिएको अभिव्यक्ति अनुसार हाल मुख्यमन्त्री शाहले कार्य अगाडि बढाउँछन् या पुरानो निर्णय कार्यान्वयनमा लैजान्छन्, त्यो हेर्न बाँकी छ ।

प्रकाशित:

९९१ दिन अगाडि

|

२५ भदौ २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३२७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१३६१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१३७१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३२६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१२७५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३३१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१२६४ दिन अगाडि

|

२७ मंसिर २०७९