Above News Title

धनकुटामा पनि घोङ्घी उत्पादन सुरु

धनकुटामा पनि घोङ्घी उत्पादन सुरु

धनकुटा, भदौ ७ गते । अन्तर्राष्ट्रिय जगतमा सिफुड र तराईमा थारु समुदायको सांस्कृतिक खानपानको रुपमा पहिचान बनाएको परिकार घोङ्घी अब धनकुटामै व्यावसायिक उत्पादन सुरु भएको छ ।

धनकुटा नगरपालिका –१ का कृषि उद्यमी तेजबहादुर राईले श्री ओक्मालुङ एग्रो फर्म सञ्चालनमा ल्याई  घोङ्घी उत्पादन सुरु गरेको हो । उहँले विगत २ वर्षदेखि  घोङ्घी पालनको शुरुवात गर्नुभएको हो । दुई वर्षअघि तराईबाट ल्याएर पोखरीमा हालिएको ४ केजी घोङ्घीबाट उत्पादन सुरु भएको कृषि उद्यमी राईले बताउनुभयो ।  

हाल नेपालमा खाना परिकारमा विविधता खोज्ने क्रम जारी रहेको र यस्तो परिकार खानाका लागि तराईमा थारुको परिवार वा होमस्टेमा पुग्नुपर्ने बाध्यतालाई दृष्टिगत गर्दै होमस्टेमा पुग्नुपर्ने बाध्यताको अन्त्यका लागि उत्पादन सुरु गरिएको उद्यमी तेजबहादुरको भनाइ छ । घोङ्गीको बजारीकरणमा समस्या नभएकाले व्यावसायिक रुपमै उत्पादन सुरु गरिएको उहाँको भनाइ छ । 

धनकुटामा अब चिसो हावापानीमा हुर्किएको  घोङ्घी खान पाइने भएको छ । सुरुमा परीक्षणका लागि सुरु गरिएको व्यवसाय सफल भएपछि उद्यमी राईले व्यावसायिक रुप दिएको बताउनुभयो । 

घोङ्घी स्वस्थकर मात्रै नभएर यसबाट शरीरले क्याल्सियम र प्रोटिन प्रशस्त रुपमा प्राप्त हुने चिकित्सकको भनाइ छ । यसको व्यवसाय र व्यापार संसारभर अरबौं डलरमा हुनेगरेको व्यवसायी राईले बताउनुभयो । 

धार्मिक गुफा तथा जैविक विविधता बोकेको ओक्मालुङका पर्यटकलाई लक्षित गरी  घोङ्घी पालनका साथ माछापालन, सुन्तला खेती, एभोकाडो खेती गरिएको उद्यमी राईले बताउनुभयो । 

समुद्र सतहबाट १ हजार ४ सय मिटरको उचाइमा रहेको यो क्षेत्र चैत–वैशाखको  सुक्खा समयमा समेत हरियो रहने विशेषताले समेत मानवका लागि मनोरन्जन गर्ने थलोको रुपमा ठुलो सम्भावना बोकेको क्षेत्र हो । घोङ्घी पालन गरी आन्तरिक तथा बाह्य पर्यटकको मन जित्न सकिने विश्वास राईको छ ।  

यहाँको घोङ्घी चिसो पानीमा हुर्केको हुनाले ढिलो बढ्ने, प्रजनन प्रक्रिया पनि तराईमा भन्दा ढिलो हुनेगरेको उहाँले बताउनुभयो । तराईको गर्मीमा भन्दा पहाडको चिसोमा पालन गरिएको घोङ्घी सफा र स्वादिलो हुने, चिसो हावापानीमा हुने जुनसुकै वस्तु पनि तातो ठाउँको भन्दा मिठो हुने राईले बताउनुभयो ।

घोङ्घी तराईका थारु समुदायले मात्र होइन, अहिले प्रायः सबै समुदायका मान्छेले खान थालेका होटलमा यसको माग बढेको राईले बताउनुभयो । माग बढेपछि उत्पादित घोङ्घी खपत गर्न कुनै समस्या नरहेको उहाँको भनाइ छ । 

स्थानीय जीवनप्रसाद राईका अनुसार यहाँ मानिसहरु आउने राम्रो वातावरण रहेकाले घोङ्घीको महत्व अझ बढेर जानेछ । अहिले एक ठाउँमा उत्पादन भइरहेको घोङ्घी अन्य व्यवसायीले पनि विस्तार गर्ने उहाँको बुझाइ छ । 

प्रकाशित:

१०१० दिन अगाडि

|

७ भदौ २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३२७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१३६१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१३७१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३२६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१२७५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३३१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१२६४ दिन अगाडि

|

२७ मंसिर २०७९