Above News Title

नाबालक टेकबहादुरको सालिक अनावरण गर्दै रेशमले भने, ‘सद्भाव कायम राखी अगाडि बढौं टिकापुर !’

नाबालक टेकबहादुर साउँद मेरो पनि बच्चा हो
नाबालक टेकबहादुरको सालिक अनावरण गर्दै रेशमले भने, ‘सद्भाव कायम  राखी अगाडि बढौं टिकापुर !’

थरुहट/थारुवान आन्दोलनका क्रममा २०७२ सालमा भएको टीकापुर घटनामा मारिएका २ वर्षका बालक टेकबहादुर साउँदको सालिक अनावरण गरिएको छ ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी, पार्टी अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरी, टेक बहादुर साउँदका बाजे जङ्ग साउँद र बुवा आमाले संयुक्त रूपमा सालिक अनावरण गरेका हुन् ।नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रेशमलाल र टेकबहादुर साउद स्मृति प्रतिष्ठानले संयुक्त रूपमा सालिकको स्थापना गरेको थियो ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले टीकापुर घटनामा मारिएका नाबालक टेकबहादुर साउँद आफ्नो पनि बच्चा रहेको बताएका छन् । स्व. साउँदको सालिक अनावरण कार्यक्रममा साउँदका बुवा नेत्र साउँदसँग अङ्कमाल गर्दै चौधरीले आफूहरूको भावनामाथि खेल्ने प्रयास भइरहेको बताए । उनले भने, ‘नेत्र साउँद र म दाइ भाइ हो । उहाँको बच्चा मेरो पनि बच्चा हो । हाम्रो भावनामाथि खेल्ने प्रयास हुँदै छ । मलाई जबरजस्त  हत्याराको रूपमा उभ्याउन खोजियो । तर उहाँहरुले मलाई र टीकापुरलाई बुझ्नुभएको छ । उहाँहरूकै आर्सीवाद र सद्भावले म माननीय पनि भए । मैले सालिक बनाउँदै गर्दामा पनि धेरैले भनेछन् सालिक ल्याउन नलगाउनुस् ।’

त्यस्तै, उनले टीकापुरमा टाढाबाट ढुङ्गा हानेर सद्भाव खलबल्याउने काम  समेत भइरहेको खुलाएका छन् । उनले अगाडि थपे, ‘टीकापुरमा भद्र ७ गते घटना घट्यो । दुभाग्र्यपूर्ण घटना घट्यो । आधिकार प्राप्तिको लागि अखण्ड र थरुहट आन्दोलन भयो । संयोगले अखण्ड सुदूरपश्चिमको माग सम्बोधन भयो । असन्तुष्ट थरुहट आन्दोलनकारीभित्र आगोको झिल्को थियो । त्यही आगोको झिल्कोमा अरूले खाना पकाउने कार्य गरे । टाढाको मान्छेले ढुङ्गा हानेर यहाँको सद्भाव खलबल्याउने काम भइरहेको छ ।’

टीकापुर घटनामा संलग्न रहेको भन्दै अदालतले फैसला गरेका केही व्यक्ति अझै पनि कारागारमा छन् । जेठ १५ गते गणतन्त्र दिवसमा अवसरमा रेशम रिहा भएपनि उनीहरु रिहा भएका छैनन् । रेशम चौधरीले असोज ३ गते उनीहरू रिहा हुने र राज्यले रिहा गर्नेमा विश्वास व्यक्त गरेका थिए । ‘केही राजबन्दी परिवार अझै पनि जेलमै हुनुहुन्छ । हामीले अपेक्षा गरेका छौं अबको असोज ३ गते संविधान दिवसको दिनमा राज्यले उहाँहरूलाई पनि रिहाइ गरिदिनुहुने छ ’ उनले भने । यसैबीच उनले आफू टीकापुरको विकास र समृद्धि मात्रै चाहेको बताएका छन् । टीकापुरलाई टीकापुर बनाउनमा आफ्नो पनि लगानी रहेको बताउँदै उनले सबै मिलेर टीकापुरलाई समृद्ध बनाउनुपर्ने उल्लेख गरे । 

प्रकाशित:

११२१ दिन अगाडि

|

७ भदौ २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३८ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७२ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८२ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३७ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८७ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४२ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७५ दिन अगाडि

|

२७ मंसिर २०७९