Above News Title

सुदूरपश्चिमकै सर्वोत्कृष्ट किसान बेलौरीका बडायक 

पछिल्लो समय उखु र थारू आलु प्रवद्र्धन कार्यक्रममा बडायक
सुदूरपश्चिमकै सर्वोत्कृष्ट किसान बेलौरीका बडायक 

कञ्चनपुरको बेलौरी नगरपालिकाका कृषक आसरे राम बडायक सुदूरपश्चिम प्रदेशकै सर्वोत्कृष्ट कृषकको रूपमा सम्मानित भएका छन् ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उनलाई डेढ लाख राशिको भीमदत्त प्रदेश सर्वोत्कृष्ट कृषकको सम्मान दिएको हो । 

यसैबीच, कैलालीका पहलमान देउवा, बैतडीका जयन्ती भाट, डडेलधुराका प्रिन्सराज अवस्थी र डडेलधुराकै प्रसाद दत्त अवस्थीलाई जनही ७५ हजार राशिको उत्कृष्ट पुरस्कारबाट सम्मानित गरियो । ती उत्कृष्ट किसानहरुलाई मुख्यमन्त्री कमलबहादुर शाहले सम्मानित गरेका हुन् ।

के गर्छन् बडायक ?

कञ्चनपुरको बेलौरी नगरपालिका–६ हात्तीबोझाका ३८ वर्षीय किसान आसरे राम बडायक ६ विगहामा धान, गहुँसहित उखु र आलु खेती गर्छन् ।

उनको खेती गर्ने शैली भने निकै पृथक छ । उनी नयाँ प्रविधिलाई पछ्याउँदै बाली उत्पादन समय चक्रलाई ध्यानमा राख्दै खेती गर्छन् । फलतः उनको त्यो प्रयोगले लागत अनुपात घट्दै गएको छ भने बालीको उत्पादन दर र मूल्य शृङ्खला वृद्धि भई उनले मनग्ये आम्दानी गर्न सफल भएका छन् ।

उनी भन्छन्, ‘कृषि कर्म अब निर्वाहमुखी होइन । व्यावसायिक नजरले हेर्न जरुरी छ । हामीसँग सीमित जमिन छ, त्यो पनि घट्दै गएको छ । त्यही जमिनमा उत्पादन बढाउने हो । त्यसमा गरिने लगानी घटाउन सक्नुपर्छ, त्यसको प्रतिफल नै मुनाफा हो ।’

विगत ८ वर्षदेखि व्यावसायिक उखु खेती गर्दै आएका कृषक बडायकले ४ वर्षदेखि भने मिश्रित बालीको रूपमा उखु र आलु, तोरी र मसुरो खेती एक सँगै गर्दै आएका छन् ।

मिश्रित बालीमा लाभैलाभ

बडायक कृषि फर्ममार्फत व्यावसायिक उखु र आलु खेती गर्दै आएका बडायकलाई मिश्रित खेतीको आवधारणाप्रति महाकाली सुगर मिल र बेलौरी नगरपालिकाको कृषि शाखाको कार्यक्रमले हौस्याएको हो ।

उखुसँगै मिश्रित बालीको रूपमा आलु खेती गर्न सकिन्छ भनेर उनले तालिम पाए । जसबाट उनी निकै प्रभावित भए । 

मिश्रित बालीबारे उनले भने, ‘उखुमा प्रयोग हुने मल आलुलाई काम लाग्ने हुन्छ । आलुको उत्पादन करिब ४ महिनामै लिन सकिन्छ । आलुको पातसहितको डाँठ उखुको लागि हरियो मलको काम गर्छ । आलु खन्दा उखुको गोडमेल हुने हुँदा उखु गोडमेल गर्दा लाग्ने लेबर चार्जमा बचत हुन्छ । यसरी एकै समयमा रोपिने हुँदा एक बालीमा लाग्ने लगानी दुई बालीलाई पुग्छ । जसबाट लागत घटाउन सकिँदो रहेछ ।’

सुरुवाती वर्षमा १ बिघा क्षेत्रफलमा मिश्रित बालीको रूपमा उखु र आलु खेती गरेका उनले केही प्राविधिक ज्ञानको अभावले घाटा बेहोर्नुपरेको थियो । तर उनी पहिलो वर्षको असफलताले हतोत्साहित भएनन् । दोस्रो वर्षमा भने उनको मेहनतले रङ्ग ल्यायो ।  

बडायक इन्टरनेटको माध्यमबाट पनि प्राविधिक ज्ञानबारे सर्च गरिरहेका हुन्छन् । महाकाली सुगर मिलको सहयोगमा आफूसहित केही कृषक भारतको उत्तरप्रदेशस्थित सहजानपुर गन्ना स्रोत परिषदबाट तालिम समेत लिइसकेको उनी बताउँछन्  ।

बडायक पछिल्लो समय उखु र थारू आलु प्रवद्र्धन कार्यक्रम अन्तरगत कृषि ज्ञान केन्द्र कञ्चनपुर तथा सुदूरपश्चिम कृषि विकास निर्देशनालयबाट प्राविधिकसँगै अनुदान सहयोगसमेत पाउँदै आएका छन् ।

गत वर्ष उनले डेढ बिघामा आलु र उखु, १४ कठ्ठामा तोरी र उखु तथा १ बिघामा उखु र मसुरो बाली रोपेका थिए । आलुको उत्पादन राम्रो भएको बताउँदै उनले प्रति बिघा डेढ सय क्विन्टलका दरले आलु फलाएका थिए ।

उखुमा पनि नयाँ प्रविधि

उखु खेतीबाट पनि कृषक बडायकले राम्रो आम्दानी लिदै आएका छन् । साढे २ बिघामा उखु खेती गर्दै आएका उनी प्रति बिघा सरदर ११ सय क्विन्टल उत्पादन गर्छन् ।

उखु खेतीमा उनले बीउ उत्पादनको नयाँ प्रविधि प्रयोग गर्दै आएका छन् । उनी बर्ड प्रविधि अर्थात् बड कटर मेसिन प्रयोग गरी बेर्ना तयार पार्दै आएका छन् । जसबाट कम उखुको प्रयोगबाट धेरै बीउ उत्पादन गर्न सकिन्छ । 

उखु खेतीबारे अनुभुव सुनाउँदै उनले भने, ‘मैले बड कटर मेसिन आफै बनाएको छु । प्रति बिघामा २ क्विन्टल उखुको अँखला बीउ प्रयोग गर्छु । जबकि अन्य कृषक प्रति बिघामा ७० क्विन्टल बीउ प्रयोग गर्छन् ।’

धान खेतीमा छरुवा प्रविधि

बडायककै सक्रियतामा उच्च प्रविधिको प्रयोग गर्दै सो क्षेत्रमा छरुवा खेती समेत सुरु गरिएको छ । बडायकसहित २० जना कृषकले छरुवा धान प्रविधि अँगालेका छन् । छरुवा धान खेती प्रविधिमा धानको बेर्ना रोप्नुको सट्टा सिधै खेतमा धानको बीउ छरिन्छ । 

यसमा कृषि कामदार कम लाग्ने र बाली स्थापना गर्न लाग्ने खर्च पनि कम हुने हुँदा छरुवा धान खेतीप्रति उनीहरू आकर्षित भएका छन् । जसबाट पनि धानको उत्पादन राम्रो भएको उनको भनाइ छ ।

कृषि कार्यमा यान्त्रिकीकरणसँग मिश्रित खेती प्रणाली अपनाएका उनले वार्षिक वर्ष २० देखि २५ लाख रुपैयाँसम्म खुद मुनाफा गर्दै आएका छन् ।

प्रकाशित:

१०३६ दिन अगाडि

|

१३ साउन २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३२७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१३६१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१३७१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३२६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१२७५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३३१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१२६४ दिन अगाडि

|

२७ मंसिर २०७९