Above News Title

थारू रत्न तथा थारू गौरवबाट विभिन्न ११ व्यक्ति सम्मानित

सम्मानित हुनेहरुलाई सम्मान पत्रका साथै बुद्धको मूर्ति प्रदान
थारू रत्न तथा थारू गौरवबाट विभिन्न ११ व्यक्ति सम्मानित

थारू आयोगले थारू समुदायका लागि योगदान दिने ११ जनालाई थारू रत्न तथा थारू गौरवबाट सम्मान गरेको छ । 

बुधबार थारू आयोगले  औपचारिक कार्यक्रम गरी सम्मान गरेको हो । थारू रत्नले सम्मनित हुनेमा स्वास्थ्य विधाअन्तर्गत भेरी अस्पतालका फिजिसियन डा राजन पाण्डे, थारू संस्कृतिविद्द्वय महेश चौधरी र भुलाई चौधरी तथा महिला सशक्तीकरणअन्तर्गत सुनसरीस्थित फरवार्ड माइक्रो फाइनान्स वित्तीय संस्था रहेका छन् ।

त्यस्तै, थारू गौरव सम्मानअन्तर्गत पत्रकारिता विधामा डा कृष्णराज सर्वहारी, खेल विधामा जयरानी थारू, साहित्य विधामा बमबहादुर थारू, कृषि तथा पर्यटन विधामा कृषि पर्यटन तथा भिलेज रिसोर्ट एन्ड रिसर्च प्रालि, कमलरी अभियन्ता उर्मिला चौधरी, गायकद्वय गीता चौधरी र राज कुश्मी ७ जना सम्मानित भएका छन् ।

सम्मानित हुनेहरुलाई सम्मान पत्रका साथै बुद्धको मूर्ति प्रदान गरिएको थियो ।

कार्यक्रममा सम्मनित हुनेहरु डा राजन पाण्डे, भुलाई चौधरी, डा कृष्णराज सर्वहारी, उर्मिला चौधरी, राज कुश्मी तथा फरवार्ड माइक्रो फाइनान्सको तर्फबाट संघीय सांसद भगवती चौधरीले आआफ्नो मन्तव्य राखेका थिए । 

थारू आयोगका अध्यक्ष विष्णु चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा आयोगका सदस्य डा उमाशंकर प्रसाद चौधरीले २०७८ सालको जनगणनामा थारू जातिको जनसंख्या तथा भाषाबारे प्रस्तुति दिएका थिए । यस पालीको जनसंख्यामा राना थारूलाई अलग भाषी, जातिमा सूचीकरण गरिएकोमा थारूको जनसंख्या प्रतिशत घटेको छ । 

राना थारूलाई अलग भाषी, जातिमा सूचीकरण गरिएकोमा यसलाई सच्याउन थारू आयोगले यसअघि नै विज्ञप्ती जारी गरिसकेको छ ।  

प्रकाशित:

११८६ दिन अगाडि

|

७ असार २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४४० दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७५ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८४ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३९ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८९ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४५ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७७ दिन अगाडि

|

२७ मंसिर २०७९