Above News Title

नारायणपुरमा निःशुल्क सिकलसेल एनिमियाको शिविर, ४१ जनामा देखियो पोजिटिभ

नारायणपुरमा निःशुल्क सिकलसेल एनिमियाको शिविर, ४१ जनामा देखियो पोजिटिभ

दाङको नारायणपुरमा सिकलसेल एनिमियाको निशुल्क शिविर सञ्चालन गरिएको छ ।

ग्रामीण महिला उत्थान केन्द्रको आयोजना तथा अमेरिकन लाईफ इन्सोरेन्स कम्पनी मेट लाईफ पुल्चोक ललितपुरको सहयोगमा र घोराही उपमहानगरपालिका वडा नम्बर १० को समन्वयमा निःशुल्क सिकलसेल एनिमियाको चेकजाँच शिविर आयोजना गरिएको हो । 

शिविरको उद्घाटन गर्दै घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति भएकाले कुनै पनि रोगसँग खेलवाड गर्न नहुने कुरामा जोड दिएका थिए । सिकलसेल एनिमियाको बिषयमा स्थानीय सरकार गम्भीर रहेको भन्दै यस रोगको उपचार र निदानमा घोराही उपमहानगरपालिकालले आगामी बर्षको नीति तथा कार्यक्रममा समावेश गरेर सबै नागरिकहरुको चेकजाज गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। सरकारले सिकलसेल एनियिमा विरामीलाई एकलाख सम्मको निः शुल्क उपचारको सहयोग गर्दै आएको र घोराही उपमहानगरपालिकाले सिकलसेल विरामीहरुलाई निःशुल्क रगत समेत सहयोग गर्दै आएको उनले बताए । साथै उनले शिविरमा सम्पूर्ण नागरिकहरुलाई ढुक्क भएर रगत चेकजाँच गराइ सिकलसेल एनिमिया रोगको पहिचान गर्न अनुरोध गरेका थिए ।

ग्रामीण महिला उत्थान केन्द्रका संस्थापक अध्यक्ष आशमानी चौधरीले सिकलसेल एनिमियाको निःशुल्क शिविर गर्नुपूर्व सरोकारवालाहरुसंग बैठक, महिला स्वास्थ्य स्वंयसेविका र स्थानीय टोल अध्यक्ष, अगुवा, मटावा, धामी झाक्री र गुर्वाहरुसग सिकलसेल सम्बन्धि अभिमुखिकरण गरिएको बताउदै आजको शिविरमा नागरिकहरुको पनि उत्साहजनक उपस्थिति रहेको बताइन् । यो शिविरले यस क्षेत्रको नागरिकहरुको सिकलसेल एनिमिया रोगको बारेमा पहिचान गर्न सहयोग पुग्ने आफुले आशा र विश्वास लिएको बताइन् । साथै उनले रगत स्क्रिनिङबाट पोजेटिभ देखिएका नागरिकहरुलाई मनोसामाजिक परार्मश सहित उपचारमा सहयोग गर्ने योजना रहेको जानकारी दिइन् ।

ग्रामीण महिला उत्थान केन्द्रका संस्थापक अध्यक्ष आशमानी चौधरीको अध्यक्षतामामा भएको  कार्यक्रममा मेट लाईफ नेपालका असिस्टेन्ट प्रेसिडेन्ट तथा चिफ डिस्ट्रिव्युसन अफिसर अरुण बस्नेत, स्वास्थ्य कार्यालय दाङका निमित्त कार्यालय प्रमुख डम्बरबहादुर कुँवर, घोराही १० का कार्यवाहक अध्यक्ष केशरी विश्वकर्मा, घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्ती, नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष सन्तोष सुवेदी लगायतले शिविरको सफल्ताको शुभकामना व्यक्त गरेका थिए । नारायणपुर स्वास्थ्य प्रवर्द्धन केन्द्र प्रमुख डिल्लीराज आचार्यको स्वागत गरेका थिए भने कार्यक्रमको सहजीकरण केन्द्रकी पार्वती बस्नेतले गरेकी थिइन् ।

४१ जनामा सिकलसेल एनिमिया पोजिटिभ
नारायणपुर क्षेत्रलाई लक्षित गरे आयोजना गरिएको सिकलसेल एनिमियाको निशुल्क शिविरमा स्थानीय नागरिकहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

एकदिने शिविरमा ४ सय १२ जनाले रगत जाँच स्क्रिनिङ गराएको ग्रामिण महिला उत्थान केन्द्रले जनाएको छ । रगत स्क्रिनिङ गराएको मध्ये १० प्रतिशतमा पाजेटिभ देखिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । कार्यालयको अनुसार ४१ जनालाई पोजेटिभ देखिएको हो । पोजेटिभ देखिनेमा ३७ जना महिला र ४ जना पुरुष रहेका छन् ।

 

प्रकाशित:

११८९ दिन अगाडि

|

३ असार २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९