भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठचौधरीले भूमिहीन १ सय ५ घर परिवारलाई जग्गाधनी पूर्जा प्रदान गरेकी छन् ।
शनिबार एक कार्यक्रमका बीच उनले नवलपुर हुप्सेकोट गाउँपालिकामा रहेका ४९ भूमिहीन सुकुम्बासी परिवार र ६६ भूमिहीन दलित परिवारलाई लालपूर्जा वितरण गरेकी हुन् । पूर्जा वितरण गर्दै उनले जनताको नैसर्गिक अधिकार अन्तर्गतको बसोबासको व्यवस्था सरकारले गर्नै पर्ने भएकाले आफू जनताको बसोबासको हकका लागि पूर्जा वितरणमा सक्रिय रहेको
बताइन् ।
भूमिहीनलाई भूमिको व्यवस्था गर्नु आफ्नो र आफ्नो पार्टी नागरिक उन्मुक्तिको प्रमुख प्राथमिकता मध्येको एक भएको उनको भनाई छ । उनले आफ्नो कार्यकालमा सकेसम्म कोही नेपाली नागरिक भूमिहीन नहोस भन्ने गरि काम गर्ने
उनको प्रतिबद्धता छ ।
मन्त्री चौधरीले जनताको समग्र उत्थानकालागि बसोबासको ग्यारेण्टी र जनताका अन्य नैसर्गिक अधिकार प्रदानकालागि आफुले सम्बन्धित निकायसँग समन्वयकारी भुमिका खेल्ने समेत प्रतिबद्धता जनाइन् ।
भूमिहीनलाई भूमिको व्यवस्था गर्न आफुले देशव्यापी अभियान चालेकाले सबै क्षेत्रमा क्रमबद्धरुपमा पूर्जा वितरण गरिने भन्दै उनले सबै भूमिहीनले धैय भएर आफ्नो अभियानमा साथ दिन आग्रह समेत गरिन्।
प्रकाशित:
११८९ दिन अगाडि
|
३ असार २०८०
५ दिन अगाडि
|
२९ भदौ २०८३
६ दिन अगाडि
|
२८ भदौ २०८३
१९ दिन अगाडि
|
१५ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२७ दिन अगाडि
|
७ भदौ २०८३
३६ दिन अगाडि
|
२९ साउन २०८३
१४३९ दिन अगाडि
|
२५ असोज २०७९
१४७४ दिन अगाडि
|
२१ भदौ २०७९
१४८३ दिन अगाडि
|
१२ भदौ २०७९
१४३८ दिन अगाडि
|
२६ असोज २०७९
१३८८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४४ दिन अगाडि
|
२० असोज २०७९
१३७६ दिन अगाडि
|
२७ मंसिर २०७९