Above News Title

सुर्खेतमा थारू नाच र मादल बजाउने प्रशिक्षण कार्यक्रम सम्पन्न  

सुर्खेतमा थारू नाच र मादल बजाउने प्रशिक्षण कार्यक्रम सम्पन्न  

थारू मादल बजाउने र नाच सिकाउने १० दिने प्रशिक्षणको कार्यक्रम वीरेन्द्रनगरमा जेठ १ मा सम्पन्न भएको छ । 

लखागिन थारू उत्थान मञ्च सुर्खेतको आयोजना र शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोग र राष्ट्रिय थारू कलाकार मञ्च सुर्खेतको सहकार्यमा  प्रशिक्षण कार्यक्रम भएको थियो । प्रशिक्षण कार्यक्रममा मादल सिक्ने युवाहरुमा २० जना र नाच सिक्ने युवतीमा २० जना रहेका थिए । 

समापन कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक धनबहादुर विष्टले आयातित संस्कृति हिन्दी, विदेशी संस्कृतिले हाम्रो संस्कृति हराउँदै गइरहेको अवस्थामा थारू समुदायको संस्कृतिको मौलिक लोकबाजा तथा नाच सिकाउनु निकै सह्रानीय कार्य भएको बताए । 

उनले थारू युवा पुस्ताले सिकेका मादल बजाउने सिप र नाचलाई व्यवहारमा लागू गर्नुपर्ने सुझावसमेत दिए । 
लखागिन थारू उत्थान मञ्चका अध्यक्ष मान बहादुर चौधरी पन्नाले प्रशिक्षण कार्यक्रममा सखिया नाचका विभिन्न पैयाका ताल, हरेक मौसम र खुशीमा नाचिने छोक्रा मादल र नाच, मघौटा मादल र नाच, डङ्गहा मादल र नाच सिकाउने विधिबारे प्रशिक्षण दिइएको बताए ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका २ नं का वडा सदस्य तथा कार्यपालिकाका सदस्य सरिता चौधरीले मादल र नाच प्रशिक्षणले नयाँ पुस्तामा पुस्तान्तरण हुने कुराले आफू निकै खुशी भएको बताइन् । 

कार्यक्रममा  वीनपा वडा नं २ का अर्का वडासदस्य रमेश चौधरी, मादल बजाउने प्रशिक्षक नरबहादुर चौधरी, लखागिन उत्थान मञ्च सुर्खेतका संरक्षक सनिसरा महतम, समाजसेवी टेकबहादुर चौधरी लगायतका वक्ताहरुले थारू नृत्य र मादल प्रशिक्षणको लोप हुन लागेको कला संस्कृति जागृत हुने विश्वास व्यक्त गर्दै थारूहरुको मौलिक पहिचान बचाउन सबैले साथ दिनु पर्नेमा जोड दिएका थिए । 
 
प्रकाशित:

१२२१ दिन अगाडि

|

४ जेठ २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४४० दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७५ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८४ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३९ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८९ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४५ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७७ दिन अगाडि

|

२७ मंसिर २०७९