Above News Title

राना थारू समुदायः दाउरा र उखु विवाहको बाधक

राना थारू समुदायः दाउरा र उखु विवाहको बाधक

अविनाश चौधरी

धनगढी उपमहानगरपालिका–१०, घुइयाघाटका ७० वर्षीय सालिकराम रानाको विवाह बुवाले मगनी गरिदिएकी सिट्ठादेवी रानासँग भएको थियो। भारतको मसानखामकी सिट्ठादेवीलाई लिन जन्ती लिएर जाँदा अर्को देश पुगेको अनुभूति सालिकरामलाई भएकै थिएन। 

उहाँले भन्नुभयो, “आवतजावत निर्बाध थियो। फरक देशमा पुगेको छुजस्तै लागेन। त्यसैले विवाह सम्बन्ध एकअर्को गाउँबीच भएजस्तो लाग्ने गर्दथ्यो।”

घुइयाघाटकै रामकिसन रानाको विवाह पनि भारतस्थित सरियापाराकी रामप्यारी रानासँग भएको हो। सानैमा मगनी भए पनि विवाह २०४१ सालमा भएको थियो। रामकिसनले भन्नुभयो, “त्यतिबेला यता वनजङ्गल पनि थियो। नदीनालामा माछा प्रशस्तै पाइन्थ्यो। वनजङ्गलमा काठ, दाउरा र नदीमा माछा पाइने गरेका कारण उनी दुलही बनेर आउन सजिलै तयार भइन्।” 

तीन दशकअघिसम्म नेपालका रानाथारू र भारतका रानाथारू समुदायबीच विवाह सम्बन्ध ओल्लोपल्लो छिमेकी गाउँका जस्तै थियो। भौगोलिक सीमाले फरकफरक देशका भनेर छुट्याए पनि उनीहरू त्यसको कुनै पनि परवाह नगरेर वैवाहिक सम्बन्धलाई दरिलो बनाएका थिए। उताबाट दुलही ल्याउने र यताबाट छोरीचेली दिने क्रम धूमधामसँग चलेको थियो। प्रत्येक राना गाउँका धेरै घरमा भारतीय चेली बुहारी बनेर आएका छन् तर अहिले दुई देशका रानाथारू समुदायबीच वैवाहिक सम्बन्ध विगतको जस्तो छैन, घटेको छ। 

पछिल्लो दुई/अढाई दशकयता पारिबाट दुलही ल्याउने र छोरी दिने कार्य ह्वात्तै घटेको सो समुदायका अगुवा बताउँछन्। घुइयाघाटका भलमन्सा चन्दर रानाका अनुसार अहिले आएर नेपाल र भारतका रानाबीच विवाह लगभग शून्यजस्तै भएको छ। पहिले त प्रायः सबै दुलही उतैबाट ल्याउने र छोरी पनि उतै दिने चलन थियो। अहिले त्यस्तो छैन। 

भलमन्सा रानाका अनुसार खाना पकाउन नेपालमा दाउरा नपाउने गरेका कारण भारतका युवती अचेल यता विवाह गर्न मान्दैनन्। त्यस्तै भारतमा विवाह गरेपछि उखु धेरै काट्नुपर्ने डरले यताका युवती उता विवाह गर्न मान्दैनन्। भारतमा उखु खेती बढी हुने गर्दछ। 

त्यहाँ दुधुवा नेसनल पार्क रहेका कारण काठ, दाउरा सजिलै प्राप्त हुने गर्दछ। नेपालमा भने राना समुदायको बसोबास रहेको धेरै ठाउँमा जङ्गल छैन। कतिपय स्थान सहरीकरणमा परिणत भइसकेको छ। पहिले यहाँ दाउरा पाइए पनि अहिले सहर/बजार बनेकाले खाना पकाउने दाउरा पाउन मुस्किल रहेको रामप्यारीको भनाइ छ। उहाँले भन्नुभयो, “ग्यास पनि महँगो भइसक्यो। हामी आउँदा दाउरा थियो, अहिले दाउरा नपाइने गरेकाले भारतका केटी यहाँ विवाह गर्न मान्दैनन्।”

स्थानीयका अनुसार भारतको वनकटी, सरियापारा, भुरा, सुँडा, छेदिया अग्लापट्टि, छेदिया पिछ्लापट्टि, पिपरौला, बजाही, ढकिया, बिरिया, नझोटा, मसानखाम, जेनङ्ग्रा, चन्दनचौकी, ढुस्कियालगायतका भारतीय गाउँसँग नेपालीको ‘रोटीबेटी’ सम्बन्ध छ। यी सबै भारतको सीमावर्ती गाउँ हुन्। यीलगायत विभिन्न गाउँबाट कैलाली, कञ्चनपुरका रानाथारूले विगतमा विवाह सम्बन्ध गाँस्दै आएका थिए। 

तर, अहिले शिक्षा र कानुनले पनि नेपाल र भारतका रानाथारूबीच विवाह सम्बन्धमा फरक पारेको धनगढी उपमहानगरपालिका–१०, जुगेडाका भलमन्सा भिख्खु रानाले बताउनुभयो। उहाँले भन्नुभयो, “अहिले दुवै देशको कानुन परिवर्तन भएको छ। उताबाट भित्र्याएका महिलालाई यहाँ नागरिकता प्राप्त गर्न त्यति समस्या छैन तर हाम्रोतिरबाट गएकालाई भारतमा धेरै समस्या छ।”

यहाँबाट विवाह गरेर भारत गएकालाई भारतीय नागरिक बन्न समस्या रहेकाले यहाँका युवती अचेल भारतमा विवाह गर्न नमान्ने गरेको रानाको भनाइ छ। उहाँले भन्नुभयो, “पहिले जेजस्तो भए पनि चेलीबेटी लेनदेन खुबै चल्यो, अहिले फाटफुटबाहेक छैन।”

७५ वर्षीय भलमन्सा भिख्खुले आफैँ पनि भारतको बलेरा गाउँबाट विवाह गर्नुभएको थियो तर उहाँकी श्रीमतीको २०/२५ वर्षअगाडि नै निधन भइसकेको छ। अहिले रानाथारू समुदायमा साक्षरता प्रतिशत बढ्दै गएको छ। यो समुदायका शिक्षित युवा आधुनिक जमानानुसार चल्न थालेका छन्। पछिल्ला पुस्ता शिक्षित बन्दै अन्तरजातीय विवाहसमेत गर्न थालेकाले भारतबाट बेहुली ल्याउने वा छोरी भारतमा दिने क्रम घटेको युवा रञ्जित रानाले बताउनुभयो। 

“अहिले हाम्रो समुदायका युवा कुनै भेदभाव नमानीकन यतै अन्तरजातीय विवाह गर्न थालेका छन्,” उहाँले भन्नुभयो। विगतमा राना समुदायका महिला पुरुषले आफ्नै समुदायभित्र मात्रै विवाह सम्बन्ध गाँस्नुपर्ने परम्परा थियो। नेपाल रानाथारू समाजका अनुसार कैलाली, कञ्चनपुरमा गरेर नेपालमा रानाथारूको जनसङ्ख्या तीन लाखभन्दा बढी छ। यो समुदायका युवाले अहिले गाउँमै, अर्को गाउँ वा अर्को जिल्लामा विवाह गर्ने क्रम बढेको छ।    

प्रकाशित:

१२८२ दिन अगाडि

|

३ चैत २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९