Above News Title

कडा लक्षणको मौसमी ‘फ्लु’

कडा लक्षणको मौसमी ‘फ्लु’

काठमाडौँ — जोरपाटीकी २६ वर्षीया सुजाता राईलाई २ साताअघि ज्वरो आउने, घाँटी खसखस हुने, खोकी लाग्ने भयो । उनले घरमै बाफ लिने अनि झोल खानेकुरामा जोड दिइन् ।

१ हप्तामै ठिक भएकी पुनः सोही लक्षण देखिन थालेका छन् । जसमा खोकी झन् बढेको छ । राई भन्छिन्‚ ‘१ हप्तामा निको भएको थियो तर खोकी बढेको छ । यस्तो कडा खालको रुघाखोकी अनुभव गरेको थिइनँ ।लक्षण आउने जाने भइराखेको छ ।’

कोटेश्वरका ३२ वर्षीय राम आचार्यको स-परिवारलाई एक साताअघि फ्लुले सतायो । परिवारका ५ जना सदस्यलाई फरक-फरक खालको लक्षण देखिएको आचार्यले बताए ।‘योपालिको फ्लु कडा देखिएको छ ।निको हुन समय लागिरहेको छ,’ उनले भने ।

गत साता त्रिवि शिक्षण अस्पतालमा एक ३८ वर्षीय पुरुष सास फेर्न गाह्रो भएर अस्पताल भर्ना भए । ४ दिनअघि ज्वरो आउने, रुघाखोकी लाग्ने भएका उनलाई अक्सिजन लेभल घटेपछि अस्पताल ल्याइएको थियो ।जाँच गर्दा निमोनिया भएको पाइयो । अस्पतालका छातीरोग विशेषज्ञ डा. निरज बम भन्छन्‚ ‘फ्लुले कडा लक्षण गरेको बिरामी देखिरहेका छन् । ती पुरुषमा अरु समस्या नदेखिए पनि धेरै मद्यपान गर्ने देखियो । फ्लुका लक्षणलाई हेल्चक्र्याइँ गर्नुहुँदैन ।’ उनले मौसम परिवर्तनसँगै देखिएको फ्लुको बिरामीहरु बढ्न थालेको बताउँदै मौसम धुम्म भएसँगै वातावरणीय प्रदूषण पनि बढेकाले फ्लुका बिरामी बढ्दै जान सक्ने बताए ।

मौसम परिवर्तन भएसँगै फ्लु (इन्फ्लुएन्जा) का बिरामी देखिन थालेका छन् । धेरैले यो मौसमी रुघाखोकीको लक्षण कडा देखिएको बताएका छन् । खोकी लाग्ने, घाँटी दुख्ने, घाँटी खसखस हुने, ज्वरो आउने, नाकबाट पानी बग्ने/बन्द हुने, थकाइ, शरीर दुख्नेलगायत विभिन्न लक्षण फ्लुका हुन सक्छन् । फ्लुले सताएको बेला ज्येष्ठ नागरिक तथा बालबालिकामा वान्ता हुने तथा झाडापखाला हुने हुनसक्छ ।

यसले श्वासप्रश्वास प्रणालीमा संक्रमण गराउने भएकाले पीडितलाई भाइरल वा ब्याक्टेरियल निमोनिया (फाेक्सोको संक्रमण) सँगै अन्य संक्रमणको खतरासमेत हुने सम्भावना रहन्छ ।

चिकित्सकहरूका अनुसार मौसमी रुघाखोकीको लक्षण सामान्यतया एक सातामा आफैं हराएर जाने हुन्छ ।केहीलाई भने जटिल समस्या निम्त्याउन सक्छ । तर‚ अहिले यो लक्षण कडा देखिन थालेको छ अर्थात् लक्षण नै लम्बिएको देखिएको पाइएको छ ।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले हाल धेरैले लामो समयसम्म खोकी लागिराख्ने समस्या सुनाइरहेको बताए । उनले ३-४ वर्षअघि पनि यस्तै खालका कडा तथा लामो समयसम्म फ्लुका लक्षण देखिएको भन्दै पुनः दोहोरिएको बताए । उनले भने‚ ‘हप्ता वा १० दिनसम्म सामान्तया फ्लु निको हुन्छ तर अहिले थप केही हप्तासम्म लम्बिएको देखिन्छ । कसैलाई १ महिनासम्म पनि दुःख दिइरहेको भेटिएको छ ।’

उनका अनुसार धेरैमा ‘पोस्ट भाइरल कफ’ देखिएको अनुमान लगाउन सकिन्छ । यो भाइरल कफ इन्फ्लुएन्जा देखिसकेपछि हप्तौँसम्म लम्बिने खोकीलाई भनिएको हो । डा. पुनले धेरै लामो समयसम्म खोकी देखिरहेमा चिकित्सकको सल्लाह लिनुपर्ने सुझाउँछन् । भन्छन्‚ ‘कडा लक्षण नै देखिए पनि धेरै जना रुघाखोकीको बिरामी अस्पतालसम्म आइपुग्दैनन् । सम्भवतः क्लिनिकमा जान्छन् । कहिलेकाहीँ लामो समयसम्म खोकी लागिराखेमा सेकेन्डरी ब्याक्टेरियल इन्फेक्सन हुन सक्ने हुन्छ ।’ उनले रोगप्रतिरोधी क्षमता कमजोर भएका व्यक्ति, ज्येष्ठ नागरिक दीर्घरोगीलगायतलाई फ्लुले बढी जोखिम पुर्‍याउन सक्ने भन्दै चिकित्सकसँग परामर्श गरिरहनुपर्ने जनाए ।त्यसमा पनि छातीको समस्या भएका व्यक्ति चिकित्सकको निरन्तर सम्पर्कमा हुनु जरुरी रहेको उनको भनाइ छ । ‘मौसम परिवर्तन र वायु प्रदूषणको पनि हात होला । कोभिडपछि रोगप्रतिरोधी क्षमता कमजोर भएको पनि हुन सक्छ । लक्षण किन लम्बिएको भन्ने अध्ययन हुनुपर्ने देखिन्छ,’ उनले भने ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार मौसमी रुघाखोकीको भाइरस ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार प्रकारको हुने भए पनि मुख्य रूपमा महामारी भने ‘ए’ र ‘बी’ भाइरस बढी फैलिने गरेका छन्‚ जसले महामारी फैलाउन सक्छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले उपलब्ध गराएको तथ्यांकअनुसार जनवरीदेखि मार्चसम्म गरिएको १ हजार ८१० परीक्षणमा इन्फ्लुएन्जा ए (एचवानएनवान) २४ वटा, इन्फ्लुएन्जा ए (एच थ्री) २१४ वटा, एन्फ्लुएन्जा ए पोजिटिभ (उपप्रकार छुट्याउन बाँकी) १४ वटा र ३५ वटा इन्फ्लुएन्जा बीको नमुना पोजिटिभ पाइएका छन् । कडा लक्षण देखिएपछि र चिकित्सकले सुझाएपछि मात्र जाँच गराउने भएकाले प्रयोगशाला परीक्षणको नमुना कम देखिन्छ ।

छातीरोग विशेषज्ञ डा निरज बमले फ्लूको लक्षण भएका व्यक्तिमा तारन्तर ज्वरो आएमा, खकारमा रगत देखिएमा, छाती घ्यार-घ्यार भएमा, छाती बेस्सरी दुखेमा, साँस फेर्न गाह्रो भएमा, रिंगटा लागेमा, मांसपेशी धेरै दुखेमा अस्पताल जानुपर्ने बताउँछन्‚’ उनी भन्छन्‚ ‘ रिंगटा लागेमा अक्सिजन नाप्नुपर्छ । कोभिडपछि अक्सिमिटर प्राय सबैसँग नै छ । अक्सिन ९२ भन्दा कम भएमा त्यस्ता बिरामी अस्पताल आउनुपर्छ ।’ उनले विशेषगरी ज्येष्ठ नागरिक, दीर्घरोगी, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी, दमका बिरामी फ्लु लागेमा सचेत रहन आग्रह गरे ।

नेपालमा बर्सेनि कतिलाई फ्लु देखिन्छ भन्नेमा आधिकारिक तथ्यांक उपलब्ध छैन ।डब्लूएचओका अनुसार विश्वभर हरेक वर्ष मौसमी रुघाखोकीका ३० लाखदेखि ५० लाख केस पहिचान हुने गरेका छन् । तीमध्ये २ लाख ९० हजारदेखि ६ लाख ५० हजार जनासम्मको श्वासप्रश्वासका समस्या बढेर मृत्यु हुने तथ्यांकले देखाउँछन् । विशेषज्ञहरू फ्लुको जटिल खालका जोखिमबाट बच्न सबै उमेर समूहलाई इन्फ्लुएन्जाको वार्षिक खोप लगाउन सुझाव दिन्छन् । शतप्रतिशत खोपले सुरक्षा नदिए पनि जटिलता र अस्पताल भर्ना हुनबाट जोगाउन खोपले सहयोग गर्छ ।

प्रकाशित:

१२८३ दिन अगाडि

|

२ चैत २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९