Above News Title

लघुवित्त र मिटरब्याजीविरुद्ध काठमाडौँमा पीडितहरू आन्दोलित

लघुवित्त र मिटरब्याजीविरुद्ध काठमाडौँमा पीडितहरू आन्दोलित

काठमाडौँ — देशका विभिन्न जिल्लामा लघुवित्त संस्थाहरूले विपन्न किसानहरूलाई ठगी गरेको भन्दै त्यसविरुद्ध पीडितहरूको संघर्ष समितिले प्रदर्शन गरेको छ । मंगलबार देशभरका लघुवित्तका ऋणी तथा पीडितहरू माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा ५० जिल्लाका पीडित सहभागी भएको उनीहरुको दाबी छ । 

 लघुवित्त संस्थाविरुद्धको संघर्ष समिति, नेपालुको अगुवाइमा ९ बुँदे माग राख्दै लघुवित्त ऋणी तथा पीडितहरू आन्दोलित भएका हुन् ।

लघुवित्त संस्थाहरू खारेज गर्दै सरकारले आफ्ना समस्या समाधानका लागि पहल गरिदिनुपर्ने पनि उनीहरूले माग राखेका छन् । साथै विपन्न किसानहरूका ऋण मिनाहा गरिदिनुपर्ने उनीहरूले बताएका छन् । त्यसै गरी विपन्नहरूलाई बिनाब्याज ऋण उपलब्ध गराउनुपर्ने, लघुवित्त संस्थाहरू खारेज गर्नुपर्ने लगायतका ९ बुँदे योजनासहितका माग उनीहरूले अगाडि सारेका छन् । पछिल्लो समय देशका विभिन्न स्थानमा लघुवित्त संस्थाहरूले विपन्न किसानलाई ठगी गरेका समाचार आएका छन् ।

उनीहरुले ‘नव सामन्तीको रुपमा स्थापित लघुवित्त संस्थाहरु खारेज गर्नुपर्ने,समाजवादी अर्थतन्त्रको विकास गर’, लगायत लेखेका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रकाशित:

१२८५ दिन अगाडि

|

३० फागुन २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९