माननीय रेशम चौधरी टीकापुर घटनाको झुठा मुद्दामा डिल्लीबजार कारागारमा जेलजीवन बिताउन बाध्य छन् । उनले पत्नी रन्जिता श्रेष्ठ चौधरीलाई काराबारबाट जन्मदिनको शुभकामना दिएका छन् ।
(उनले दिएको शुभकामना जस्ताको तस्तै)
जन्मदिनको शुभकामना !!!
तन नभएपनी मन उतै छ। मेरो यस्तो चुनौतीपूर्ण जिन्दगीमा पनि रत्तिभर नआत्तिएर चुनौतीका साथ जिवनयात्रालाई अगाडि बढाउने अदम्य सहासकी प्रतिमुर्ति रन्जु तिमिलाई जन्मदिनको शुभकामना। मैले चाहेर पनि मेरा पन्च औँलाहरु तिम्रो निधारमा रातो टिकाको निम्ति टप्किएनन् तर मन बुझाउनुपर्छ मुटु,(म रन्जुलाई मुटु भन्छु)अहिलेपनी लाखौं नेपालीका सपुतहरुले आफ्ना अर्धाङ्गिनि संग जन्मदिनको शुभकामना आदानप्रदान गर्न पाएका छैनन। तिमी त झन ती लाखौं महिलाहरुको पनि अभिभावक हौ,आमा बनेपछी सन्तानको खुसिमा चित्त बुझाउनुपर्छ मुटु ! हरेस नखानु,मैले बाटो बिराएको छैन,अपराध गरेको छैन। म त महाभारतको एक पात्र अभिमन्यु बनाइएको मात्र हो जहाँ सयौं योद्धाहरुले एक बालकलाई बाण हानेर आफू बहादुर भएको प्रमाणीकरणका लागि प्रयत्न गर्छन्। त्यसैले हामी टाढा भएपनी हाम्रो निधार जोडिएकै छ,मन,मुटु मस्तिष्क अलगअलग भएपनी बिचार र यात्राको गन्तव्य एउटै छ। देशमा सहिदको भौतिक शरीर दोहन गरेर हामी होलि मनाउन सक्दैनौं,मेरो यो भावनालाई तिमिले कदर नै गर्छ्यौ भन्ने मलाई थाहा छ। साल फरक पर्न सक्ला मुटु, तर एक न एक दिन त तिम्रो निधारमा अवश्य पनि शुभकामनाको टिको लगाउने साइत जुर्ला नि। अवसर पनि यस्तो होस, हाम्रो बिजय संगै तिम्रो निधारमा शुभकामनाको टिको लगाउन पाँउ। लाख बर्ष बाँचे तिमी,यहि आशिष, यहि नै जन्मदिनको शुभकामना तिमीलाई।।।

प्रकाशित:
१२९३ दिन अगाडि
|
२२ फागुन २०७९
५ दिन अगाडि
|
२९ भदौ २०८३
६ दिन अगाडि
|
२८ भदौ २०८३
१९ दिन अगाडि
|
१५ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२७ दिन अगाडि
|
७ भदौ २०८३
३६ दिन अगाडि
|
२९ साउन २०८३
१४३९ दिन अगाडि
|
२५ असोज २०७९
१४७४ दिन अगाडि
|
२१ भदौ २०७९
१४८३ दिन अगाडि
|
१२ भदौ २०७९
१४३८ दिन अगाडि
|
२६ असोज २०७९
१३८८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४४ दिन अगाडि
|
२० असोज २०७९
१३७६ दिन अगाडि
|
२७ मंसिर २०७९