धनगढी : नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका पूर्व सांसद रेशमलाल चौधरीले बर्दिया निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि उनले वारेस नामामार्फत आइतबार उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको उममेदवारी दर्ता उनको प्रतिनिधि झग्गुप्रसाद चौधरीमार्फत भएको हो ।
२०७४ को निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा अत्याधिक बहुमतले बिजयी भएका उनलाई टीकापुर घटना मुद्दामा जिल्ला अदालत कैलाली र उच्च अदातल दिपायलले दोषी ठहर गरेपछि हाल जेल जीवन बिताउँदै आएका छन् । हाल सो मुद्दा सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको छ ।
उनी २०७४ मा चुनाव लडेको निर्वाचन क्षेत्र कैलाली–१ बाट हाल उनको पत्नी रञ्जिता श्रेष्ठ चौधरीले उम्मेदवारी दिएकी छिन् ।
प्रकाशित:
१४३७ दिन अगाडि
|
२३ असोज २०७९
२ दिन अगाडि
|
२९ भदौ २०८३
३ दिन अगाडि
|
२८ भदौ २०८३
१६ दिन अगाडि
|
१५ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
१८ दिन अगाडि
|
१३ भदौ २०८३
२३ दिन अगाडि
|
७ भदौ २०८३
३२ दिन अगाडि
|
२९ साउन २०८३
१४३५ दिन अगाडि
|
२५ असोज २०७९
१४७० दिन अगाडि
|
२१ भदौ २०७९
१४८० दिन अगाडि
|
१२ भदौ २०७९
१४३५ दिन अगाडि
|
२६ असोज २०७९
१३८४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४० दिन अगाडि
|
२० असोज २०७९
१३७३ दिन अगाडि
|
२७ मंसिर २०७९